राल्फा आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राल्फा (पुरारुप: राजा लाई फालौं) सरकारको बिरूद्ध बिरोध गर्न विभिन्न गीत र साहित्यहरू उत्पादन गर्ने नेपालको वामपन्थी सांस्कृतिक समूह थियो। राल्फा आन्दोलन रेडियो नेपालमा रोयल्टीको भुक्तानी नगरेकोले राजनैतिक रुपमा तटस्थ समूहका रूपमा शुरु भएको थियो, यो क्रमशः सांस्कृतिक आन्दोलनमा परिणत भयो। [१] उनीहरूले पञ्चायती व्यवस्थाको शासन बिरूद्ध विरोध गीत, कविता र उपन्यासहरू प्रस्तुत गरे। [२] [३]

इतिहास[सम्पादन गर्नुहोस्]

बि.सं २०२१-२०२३ रेडियो नेपालको कारण यो समूह जन्मिएको हो। विक्रम सम्वत् २०२४ साल सम्म रामेश र रायन रेडियोमा गाउँथे। साहित्यकार मञ्जुल रेडियोको कार्यक्रममा कविता वाचन गर्थे। त्यसबेला कविता पढे वापत पैसा पाइन्थ्यो ।

तर, रेडियोभित्रकै कसैले कीर्ते सही गरेर मञ्जुलको कविताको पारिश्रमिक रामेश र रायनले पनि गीत गाएको पैसा खाइदिएछ। पछि मिलाउला भन्दै रेडियो नेपालले टारिरहेको थियो । त्यो स्थितिमा उनीहरूले कीर्ते गर्ने विरुद्ध मुद्दा हाल्ने तयारी गरे । त्यस प्रकरणले रेडियो नेपालसँग झगडा जस्तो भयो । त्यहाँका ठूलाबडा रिसाएपछि उनीहरू फेरि रेडियो नेपालमा जाने स्थिति भएन । त्यसपछि एउटा समूह बनाएर अघि बढ्ने भनेर ‘राल्फा’ गठन गरे।[४]

उल्लेखनीय योगदानहरू[सम्पादन गर्नुहोस्]

रचना विधा रचनाकार
शिरीषको फूल उपन्यास पारिजात
छेकुडोल्मा उपन्यास मञ्जुल
गाउँ गाउँबाट उठ,

बस्ती बस्ती बाट उठ

गीत शब्द: श्याम तमोट

समूह गीत

एक जुगमा एक दिन गीत
आऊ मिलाऊँ हाम्रा हातहरु गीत
संघर्ष हो जीवन गीत
देश जनताको नाम हो. गीत

रोक्ने को हो दूरदर्शी विचारका धारा

गीत
सुनको बिहान..., गीत
गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन..., गीत
कोही त भने जहाजमा गीत
एउटा ,मरेर जान्छ, हामी हजारौ हुन्छौ गीत
नीलो जून, को एक [५] सांस्कृतिक विरोध कार्यक्रम बि.सं २०२५

सामाजिक महत्व[सम्पादन गर्नुहोस्]

राल्फाका गीतहरू नेपालमा विरोधको क्रममा समय-समयमा प्रयोग गरिन्छ। विक्रम सम्वत २०६२/६३ को जनआन्दोलनको क्रममा राल्फाको गीतहरू जुलुस- प्रदर्शनमा व्यापक प्रयोग भएको थियो। माओवादी द्वन्द (२०५२-६३) को समयमा सांस्कृतिक कार्यक्रमहरूमा राल्फाको गीतहरू व्यापक रूपमा प्रयोग भयो। [६] सरकारले समय समयमा राल्फाको गीतहरू प्रतिबन्ध गरेको थियो । [७] [८]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

नाम उपनाम
रामेश्वर श्रेष्ठ रामेश
हरिबहादुर श्रेष्ठ एरिम
मेघराज शर्मा नेपाल मञ्जुल
विष्णुकुमारी वाइवा पारिजात
गणेशकुमार राई गणेश रसिक [९]
नारायण भक्त श्रेष्ठ रायन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The left turn of music", अन्तिम पहुँच २०२१-०२-०५ 
  2. Anna (२०१८-०८-१०), "Ralpha: An Overview (translation)", Anna M Stirr, Ph.D., अन्तिम पहुँच २०२१-०२-०५ 
  3. "मञ्जुलकाे राल्फाकालीन 'सम्झनाका पाइलाहरू' सार्वजनिक", Setopati, अन्तिम पहुँच २०२१-०२-०५ 
  4. "राल्फाको यात्राः गरिब जनता झुम्मिन्थे, हुने-खाने तर्किन्थे", Online Khabar, अन्तिम पहुँच २०२१-०२-०५ 
  5. "रामेशका राल्फा यादहरु", अन्तिम पहुँच २०२१-०२-०५ 
  6. "राल्फाको यात्राः गरिब जनता झुम्मिन्थे, हुने-खाने तर्किन्थे", Online Khabar, अन्तिम पहुँच २०२१-०२-०५ 
  7. पाठ, नागरिक १२ फाल्गुन २०७५ ३४ मिनेट, "'त्यसो भए त राल्फा गलत थिए त ?'", अन्तिम पहुँच २०२१-०२-०५ 
  8. "राल्फासँग म", अन्तिम पहुँच २०२१-०२-०५ 
  9. Anna (२०१८-०८-१०), "Ralpha: An Overview (translation)", Anna M Stirr, Ph.D., अन्तिम पहुँच २०२१-०२-०५