रासपुतिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रासपुतिन
१९१६ मा रासपुटिन
जन्म(१८६९-०१-२१)२१ जनवरी १८६९
पोक्रोभ्स्कोय साइबेरिया,रसियन प्रान्त
मृत्यु३० सेप्टेम्बर १९१६ (४८ वर्ष)
सेन्ट पेटेर्सबुर्ग, रसियन प्रान्त
मृत्युको कारणहत्या
राष्ट्रियतारसियन
अन्य नाममाटो मान्छे
कालो मान्छे
पेशाभविष्यवाणी वक्ता
चिनारीको कारणअलौकिक व्यक्तित्व
गृहनगरपोक्रोभ्स्कोय
उपाधिग्रिगोरी पिता
सन्तानतीन जना
मातापिताऐफिम रासपुटिन Efim Rasputin
अन्ना पर्सुकोभ्

ग्रिगोरी रासपुटिन (Grigori Yefimovich Rasputin) (रुसी: Григорий Ефимович Распутин [ɡrʲɪˈɡorʲɪj jɪˈfʲiməvʲɪtɕ rɐˈsputʲɪn])जसको जन्म १८६९ जनवरी २१ मा भएको थियो। उनी एक भविष्यवाणी गर्ने अलौकिक क्षमताका व्याक्तित्व थिए। भने उनी रसियाको ठुलो पादरी समेत थिए।

उनी उननाइसौ शताब्दीका रहस्यमयवादी व्याक्तित्व थिए।उनले छोए पछि रोगीहरू जाति हुन्थे र मर्छ भनेकाहरू बाच्थे।त्यसैले उनी भित्र एक अद्भुत र अलौकिक शक्ति थियो भन्न सकिन्छ। उनले प्रथम विश्व युद्व रोक्न समेत ठुलो प्रयत्न र तपस्या गरेका थिए। तर उनका षड्यन्त्रकारीहरूले उक्त कुरा सफल हुन दिएनन्।

राजदरबारसँगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

तत्कालीन समयमा जार शासक निकोलस द्वितीयका छोरा अलेक्सिसलाई हिमोफिलिया नामक रोग लागेको थियो।त्यतिबेला उक्त रोग निको नहुने रोगका रूपमा थियो ।तर उनले रोग निको पारे।त्यस बेला राजाले खुसी भएर उनलाई दरबारमा राम्रो स्थान दिए। १६ जुलाई १९०७ मा प्रथम पटक उनी दरबारमा प्रवेश गरे।त्यस पछि उनी राजपरिवारको मुख्य सल्लाहकारका रूपमा काम गरेर बसे।घरिघरि संकट झेलिरहेका जारका निम्ति रासपुटिन अन्तिम आशाको केन्द्रबा रूपमा रहेका थिए।

हत्याको प्रयासहरू[सम्पादन गर्नुहोस्]

एक दिन दरबारबाट रासपुटिन घर फर्कने समयमा पाँच जना व्याक्तिले उनलाई गोलि प्रहार गरे तर गोलीले उनलाई लागेन त्यस पश्चात् उल्तै उनले पाँच जनालाई कुटेका थिए। यस्तै आफ्नै घरमा बिरामी भएको नाटक गरेर एक महिलाले उनी माथि चक्कु प्रहार गरे तर उनको मृत्यु भएन।बरू त्यस महिलालाई उनले यति नराम्रो आँखाले हेरेकि त्यस पश्चात् त्यस महिलाको बोली फर्किएन।

हत्या[सम्पादन गर्नुहोस्]

मृत रासपुटिन

३० डिसेम्बर १९१६ मा युसोपोभले उनको हत्या गरेका थिए।युसोपोभ उनका एक षड्यन्त्रकारी थिए।उनलाई उक्त दिन युसोपोभले आफ्नो घरमा भोजकालागि दाकि खानामा विष मिसायर खुवाए।तर उनको स्वास्थ्यमा कुनै समस्या नआएपछि अन्तमा गोलि प्रहार गरे।र दोस्रो पटकको प्रयासमा उनको हत्या गर्न सलरफल भए।

स्रोतहरू[सम्पादन गर्नुहोस्]