मनीष डाँगी
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | मनीष डाँगी | ||
जन्म मिति | १७ सेप्टेम्बर २००१ | ||
जन्म स्थान | काठमाडौँ, नेपाल | ||
उचाइ | १.७० मिटर | ||
खेल्ने स्थान(हरू) | आक्रमक अग्रपङ्क्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | मछिन्द्र | ||
युवा करियर | |||
सन् २०१७ | सिनहाङ | ||
सन् २०१८ | दङ्दुसान | ||
सन् २०१९ | दङ्दुसान सिनहाङ | ||
सन् २०२०–२०२१ | पोसान | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
सन् २०२१ | विराटनगर सिटी | ५ | (०) |
सन् २०२१– | मछिन्द्र | ||
अन्तर्राष्ट्रिय करियर‡ | |||
सन् २०२१– | नेपाल | ७ | (२) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १५:१५, २० सेप्टेम्बर २०२१ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:१५, २० सेप्टेम्बर २०२१ |
मनीष डाँगी (जन्म: वि.स २०५८ असोज १) एक नेपाली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी सहिद स्मारक ए डिभिजन लिग क्लब मच्छिन्द्र र नेपाल राष्ट्रिय टिमका लागि अग्रपङ्क्तिका रूपमा खेल्नेे गर्दछन्। उनीसँग कोरियाली नागरिकता लिने र कोरियामा व्यावसायिक फुटबल खेल जीवन सुरु गर्ने अवसर थियो तर उनले यसलाई अस्वीकार गर्दै नेपालका लागि खेल्ने निर्णय गरेका थिए। [१]
मनीष डाँगीले नेपालका लागि सन् २०१९ को साफ अन्डर १८ च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए। [२]उनले प्रतियोगितामा माल्दिभ्स विरुद्ध गोल गरेका थिए। [३] उनको गोल प्रतियोगितामा नेपालले गरेको एक मात्र गोल थियो। [४] उनले सन् २०२० एएफसी अन्डर १९ च्याम्पियनसिप छनोटमा पनि नेपालका लागि खेलेका थिए। [५]
सन् २०२१ मा नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकको रुपमा अब्दुल्लाह अल मुताइरीको आगमन पछि मनीष र धेरै अन्य युवा खेलाडीहरूसँग पहिलोपटक वरिष्ठ राष्ट्रिय टोली शिविरमा बोलाइएको थियो। मनीषले सन् २०२१ मे २ का दिन इराक विरुद्ध अन्तर्राष्ट्रिय खेल खेले जहाँ उनले आफ्नो पहिलो गोल गरेका थिए। [६] उनले सन् २०२१ को साफ च्याम्पियनसिपमा माल्दिभ्स विरुद्ध आफ्नो दोस्रो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
खेल जीवन तथ्याङ्क
[सम्पादन गर्नुहोस्]- अद्यावधिक १ अक्टोबर २०२१ मा खेलिएको खेलका अनुसार[७]
राष्ट्रिय टोली | वर्ष | उपस्थिति | गोलहरू |
---|---|---|---|
नेपाल | सन् २०२१ | ७ | २ |
जम्मा | ७ | २ |
अन्तर्राष्ट्रिय गोलहरू
[सम्पादन गर्नुहोस्]सि | मिति | स्थान | प्रतिद्वन्दी | अङ्क | परिणाम | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | २ मे २०२१ | अल फायहा रङ्गशाला, बसरा, इराक | इराक | २ –१ | २-६ | मैत्रीपूर्ण |
२. | १ अक्टोबर २०२१ | राष्ट्रिय फुटबल रङ्गशाला, माले, माल्दिभ्स | माल्दिभ्स | १-० | १-० | साफ च्याम्पियनसिप २०२१ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ 수정: 2021.03.11 21:57, 입력: 2021 03 11 21:57 (२०२१-०३-११), "머니스, 이대로 떠나야 하나", www.khan.co.kr (कोरियालीमा), अन्तिम पहुँच २०२१-१०-०१।
- ↑ "Nepal U19 International Manish Dangi Playing For Pocheon FC U18", GoalNepal, अन्तिम पहुँच २०२१-०५-३१।
- ↑ "Maldives share spoils with Nepal | Football | News |", the-AFC (en-GBमा), अन्तिम पहुँच २०२१-०५-३१।
- ↑ "SAFF U18 Championship2019", GoalNepal, अन्तिम पहुँच २०२१-०५-३१।
- ↑ "AFC U19 Championship Qualifiers 2020", GoalNepal, अन्तिम पहुँच २०२१-०५-३१।
- ↑ "Manish Dangi & Gautam Shrestha To Debut For Nepal", GoalNepal, अन्तिम पहुँच २०२१-०५-३१।
- ↑ "राष्ट्रिय फुटबल टोली तथ्याङ्क", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १ अक्टोबर २०२१।