कुपिन्डे दह
स्वरूप
कुपिन्डे दह | |
---|---|
स्थान | सल्यान, नेपाल |
निर्देशाङ्क | २८°४१′उ॰ ८२°०५′पू॰ / २८.६८३°N ८२.०८३°Eनिर्देशाङ्कहरू: २८°४१′उ॰ ८२°०५′पू॰ / २८.६८३°N ८२.०८३°E |
प्रकार | सफा पानीको ताल |
प्रवाहित राष्ट्रहरू | नेपाल |
अधिकतम लम्बाइ | १.२ किमी (०.७५ माइल)[१] |
अधिकतम चौडाइ | ३५० मी (१,१५० फिट)[१] |
सतहको क्षेत्रफल | २३.५३ हेक्टर (५८.१ एकड)[२] |
औसत गहिराइ | ६९ मी (२२६ फिट)[१] |
सतह उचाइ | १,१२० मी (३,६७० फिट) |
कुपिन्डे दह नेपालको सल्यान[३] जिल्लामा अवस्थित एक ताल हो। यो दह जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किलोमिटर पश्चिममा अवस्थित छ। मनोरम र आकर्षक कुपिन्डे दहको क्षेत्रफल एकिन नाप नभएता पनि स्थानीयहरूका अनुसार यो दह ५८ एकड क्षेत्रफलमा फैलिएको दावी रहेको छ।[४] प्रत्येक वर्ष यो दहसँगै जोडिएर रहेको मन्दिरमा पूजापाठ गर्न छिमेकी जिल्लाका भक्तजनहरू आउने गर्छन्।[५] यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन मेला लाग्ने गरेको छ।[६] यो दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी याममा रङ्ग परिवर्तन गर्ने गरेको विश्वास गरिन्छ।[१]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ "मौसमपिच्छे रंग बदल्ने त्यो ‘अद्भूत’ ताल", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-०७।
- ↑ "मौसमपिच्छे रंग बदल्ने सल्यान जिल्लाको अद्भूत दह कुपिण्डे", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-०७।
- ↑ "घुम्न आउनुस है रङ बदलिरहने कुपिन्डे दह फेरि पछुतो होला नि", कामना डेली (नेपालीमा), २०१९-०६-२६, अन्तिम पहुँच २०२१-१०-०७।
- ↑ "कर्णालीका २१ पर्यटकीय गन्तव्य : कुन ठाउँमा कसरी पुग्ने?", कर्णालीरैबार (नेपालीमा), १७ कार्तिक २०७५, शनिबार १४:१३, अन्तिम पहुँच २०२१-१०-०७। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०७ मिति
- ↑ "दोस्रो ‘रारा’ सल्यानको ‘कुपिन्डे दह’मा पर्यटकको घुइचो", फरककोण (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-०७।
- ↑ "अहा ! सल्यानको बेग्लै संसार (फोटो कथा)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-०७।