अध्यागमन विभाग (नेपाल)
स्वरूप
निकाय विवरण | |
---|---|
अधिकार क्षेत्र | नेपाल सरकार |
प्रधान कार्यालय | कालिकास्थान, काठमाडौँ |
निकाय कार्यकारी | |
वेबसाइट | अध्यागमन विभाग |
अध्यागमन विभाग नेपालको भिसा (प्रवेशाज्ञा) सम्बन्धी कार्य गर्ने सरकारी निकाय हो। विदेशी र नेपाली पासपोर्ट (राहदानी) भएका नागरिकलाई नेपाल र विदेश
भिसाका प्रकार
[सम्पादन गर्नुहोस्]- १. पर्यटक भिसा (प्रवेशाज्ञा)
नेपाल सरकारले बिदेशी नागरिकलाई नेपाल भ्रमण गर्ने प्रयोजनका लागि वर्षमा बढिमा १५० दिनसम्म बस्न मिल्ने गरी पर्यटक भिसा (प्रवेशाज्ञा) जारी गरेको छ।
- २. गैर-पर्यटक भिसा (प्रवेशाज्ञा)
नेपालमा लामो समयसम्म बस्न चाहानेका लागि यो भिसा (प्रवेशाज्ञा)को प्रकार प्रयोगमा ल्याएको हो। यसका धेरै प्रकारहरू रहेका छन्।
- नाता भिसा (प्रवेशाज्ञा)
- अध्ययन भिसा (प्रवेशाज्ञा)
- विवाह भिसा (प्रवेशाज्ञा)
- गैर-आवासीय नेपाली भिसा (प्रवेशाज्ञा)
- व्यापार भिसा (प्रवेशाज्ञा)
- कुटनीति भिसा (प्रवेशाज्ञा)
- आवासीय भिसा (प्रवेशाज्ञा)
ध्येय
[सम्पादन गर्नुहोस्]- अध्यागमन नियमन प्रक्रियाद्वारा राज्यको सुरक्षा प्रणालीलाई सहयोग पुर्याउने ।
- उत्कृष्टताको केन्द्रको रूपमा व्यवस्थापनलाई स्थापित गरी निष्पक्ष र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने ।
- सेवाग्राहीलाई उच्चतम सन्तुष्टि प्रत्याभूति गर्न पारदर्शी र प्रभावकारी पद्धति स्थापनाका साथै कागज बिहिन (Paperless Immigration) अध्यागमन निर्माण गर्ने ।
दीर्घकालिन सोच
[सम्पादन गर्नुहोस्]अध्यागमन नियमन र पर्यटन प्रबर्धन बीच कुशल संयोजन: सूचना प्रविधियुक्त अत्युत्तम व्यवस्थापनमा पारदर्शी र व्यावसायिक अध्यागमन
कार्यहरू
[सम्पादन गर्नुहोस्]- १. पर्यटक भिसा (प्रवेशाज्ञा) जारी, नवीकरण तथा अस्वीकृत गर्ने;
- २. गैर-पर्यटक भिसा (प्रवेशाज्ञा) जारी, परिवर्तन, नविकरण गर्ने;
- ३. शंकास्पद राहदानी, भिसा आदि देखिएमा कानुन बमोजिम कारवाहीका लागि पेश गर्ने;
- ४. पदयात्राको लागि तोकिएको क्षेत्रमा अनुमति–पत्र जारी गर्न आवश्यक प्रक्रिया पुरा गरी निर्देशक समक्ष पेश गरी निणर्य भए अनुरुप जारी गर्ने;
- ५. बिभिन्न नाकामा रहेका शाखा कार्यालयमार्फत आगमन र प्रस्थान अनुमति प्रदान गर्ने;
- ६. बिभिन्न नाकामा रहेका शाखा कार्यालयमार्फत तत्काल आगमन भिसा (प्रवेशाज्ञा) दिने;
विभाग अन्तर्गतका कार्यालयहरू
[सम्पादन गर्नुहोस्]- अध्यागमन कार्यालय, भैरहवा
- अध्यागमन कार्यालय, पशुपतिनगर
- अध्यागमन कार्यालय, काँकरभिट्टा
- अध्यागमन कार्यालय, विराटनगर
- अध्यागमन कार्यालय, रसुवागढी, रसुवा
- अध्यागमन कार्यालय, कोदारी
- अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
- अध्यागमन कार्यालय, बीरगंज
- अध्यागमन कार्यालय, बेलहिया
- अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा
- अध्यागमन कार्यालय, पोखरा
- अध्यागमन कार्यालय, जमुनाहा
- अध्यागमन कार्यालय, मोहना
- अध्यागमन कार्यालय, गड्डाचौकी
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- अध्यागमन विभाग वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-१३ मिति