अध्यागमन विभाग (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपाल
गृह मन्त्रालय
अध्यागमन विभाग
निकाय विवरण
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयकालिकास्थान, काठमाडौँ
निकाय कार्यकारी
वेबसाइटअध्यागमन विभाग

अध्यागमन विभाग नेपालको भिसा (प्रवेशाज्ञा) सम्बन्धी कार्य गर्ने सरकारी निकाय हो। विदेशी पासपोर्ट (राहदानी) भएका नागरिकलाई नेपालमा बस्ने अनुमति दिनु नै यस निकायको प्रमुख कार्य हो। यस विभागद्वारा सेवाग्राहीको माग र नियमानुसारका भिसाहरू जारी गर्दै आइरहेको छ।

 भिसाका प्रकार [सम्पादन गर्नुहोस्]

  • १. पर्यटक भिसा (प्रवेशाज्ञा)

नेपाल सरकारले बिदेशी नागरिकलाई नेपाल भ्रमण गर्ने प्रयोजनका लागि वर्षमा बढिमा १५० दिनसम्म बस्न मिल्ने गरी पर्यटक भिसा (प्रवेशाज्ञा) जारी गरेको छ।

  • २. गैर-पर्यटक भिसा (प्रवेशाज्ञा)

नेपालमा लामो समयसम्म बस्न चाहानेका लागि यो भिसा (प्रवेशाज्ञा)को प्रकार प्रयोगमा ल्याएको हो। यसका धेरै प्रकारहरू रहेका छन्।

  • नाता भिसा (प्रवेशाज्ञा)
  • अध्ययन भिसा (प्रवेशाज्ञा)
  • विवाह भिसा (प्रवेशाज्ञा)
  • गैर-आवासीय नेपाली भिसा (प्रवेशाज्ञा)
  • व्यापार भिसा (प्रवेशाज्ञा)
  • कुटनीति भिसा (प्रवेशाज्ञा)
  • आवासीय भिसा (प्रवेशाज्ञा)

ध्येय[सम्पादन गर्नुहोस्]

  • अध्यागमन नियमन प्रक्रियाद्वारा राज्यको सुरक्षा प्रणालीलाई सहयोग पुर्याउने ।
  • उत्कृष्टताको केन्द्रको रूपमा व्यवस्थापनलाई स्थापित गरी निष्पक्ष र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने ।
  • सेवाग्राहीलाई उच्चतम सन्तुष्टि प्रत्याभूति गर्न पारदर्शी र प्रभावकारी पद्धति स्थापनाका साथै कागज बिहिन (Paperless Immigration) अध्यागमन निर्माण गर्ने ।

दीर्घकालिन सोच[सम्पादन गर्नुहोस्]

अध्यागमन नियमन र पर्यटन प्रबर्धन बीच कुशल संयोजन: सूचना प्रविधियुक्त अत्युत्तम व्यवस्थापनमा पारदर्शी र व्यावसायिक अध्यागमन

कार्यहरू[सम्पादन गर्नुहोस्]

  • १. पर्यटक भिसा (प्रवेशाज्ञा) जारी, नवीकरण तथा अस्वीकृत गर्ने;
  • २. गैर-पर्यटक भिसा (प्रवेशाज्ञा) जारी, परिवर्तन, नविकरण गर्ने;
  • ३. शंकास्पद राहदानी, भिसा आदि देखिएमा कानुन बमोजिम कारवाहीका लागि पेश गर्ने;
  • ४. पदयात्राको लागि तोकिएको क्षेत्रमा अनुमति–पत्र जारी गर्न आवश्यक प्रक्रिया पुरा गरी निर्देशक समक्ष पेश गरी निणर्य भए अनुरुप जारी गर्ने;
  • ५. बिभिन्न नाकामा रहेका शाखा कार्यालयमार्फत आगमन र प्रस्थान अनुमति प्रदान गर्ने;
  • ६. बिभिन्न नाकामा रहेका शाखा कार्यालयमार्फत तत्काल आगमन भिसा (प्रवेशाज्ञा) दिने;

विभाग अन्तर्गतका कार्यालयहरू[सम्पादन गर्नुहोस्]

  • अध्यागमन कार्यालय, भैरहवा
  • अध्यागमन कार्यालय, पशुपतिनगर
  • अध्यागमन कार्यालय, काँकरभिट्टा
  • अध्यागमन कार्यालय, विराटनगर
  • अध्यागमन कार्यालय, रसुवागढी, रसुवा
  • अध्यागमन कार्यालय, कोदारी
  • अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
  • अध्यागमन कार्यालय, बीरगंज
  • अध्यागमन कार्यालय, बेलहिया
  • अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा
  • अध्यागमन कार्यालय, पोखरा
  • अध्यागमन कार्यालय, जमुनाहा
  • अध्यागमन कार्यालय, मोहना
  • अध्यागमन कार्यालय, गड्डाचौकी

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]