सामग्रीमा जानुहोस्

सन् २०२४ को बङ्गलादेश कोटा सुधार आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२४ को बङ्गलादेश कोटा सुधार आन्दोलन
बङ्गलादेशमा काेटा सुधार आन्दाेलनको भाग
सन् २०२४ को जुलाईमा ढाकाको शाहबागमा विद्यार्थीहरूको विरोध प्रदर्शन,
माथिदेखि घडीको सुईको दिशामा: विद्यार्थीहरूले गरेको विरोध प्रदर्शनमा प्रहरीको अवरोध, एकजना महिला विद्यार्थीको हातमा "कोटा नाकि मेधा? मेधा! मेधा!" लेखिएको एक पर्चा, एक जना पुरुष विद्यार्थीको घाँटीमा "भेङे फेलो कोटार ओई सिकल" लेखेर साङ्लोले घाँटीमा झुन्डाइएको एक बोर्ड।
मिति६ जुन २०२४ (2024-06-06) – चालु
(३ महिना, ३ हप्ता र ६ दिन)
स्थान
कारणबङ्गलादेशको उच्च अदालतले सन् २०१८ को सरकारी परिपत्रलाई गैरकानुनी घोषणा गर्दै सरकारी जागीरमा सन् २०१८ को कोटा प्रणाली पुनर्बहाल गरेको छ।
लक्ष्यअधिकांश:
बङ्गलादेशमा सबै सरकारी जागीरमा कोटाको सङ्ख्यामा कटौती
गुट:
कोटा प्रणालीको पूर्ण उन्मूलन
विधि
  • विरोध प्रदर्शन
  • सार्वजनिक प्रदर्शन
  • यातायात अवरोध
  • धर्ना
  • कब्जा
  • रेलमार्ग अवरोध
  • मुद्दा
  • नागरिक सङ्घर्ष
Statusचालु
  • बङ्गलादेशको सर्वोच्च अदालतको पुनरावेदन अदालतले १० जुलाईका दिन कोटा सम्बन्धि मुद्दाको सम्बन्धमा चार हप्तासम्मको अवधिलाई यथास्थिति को आदेश दियो।
  • बङ्गलादेश छात्र लिगका प्रदर्शनकारी विद्यार्थीहरूले दमन, सशस्त्र र हिंसात्मक आक्रमणको सामना गर्नुपऱ्यो।
  • आन्दोलनरत विद्यार्थीलाई तितरबितर पार्न प्रहरीले रबरको गोली, छर्रा, साउन्ड ग्रेनेड, अश्रुग्यास र लाठीचार्ज गर्‍यो।
  • सरकारले प्रायः सबै प्रकारका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरी उच्च माध्यमिक तहको परीक्षा स्थगित गर्‍यो।
  • सबै प्रकारका इन्टरनेट बन्द गरियो।
  • देशभर कर्फ्यु र सेना परिचालन।
नागरिक द्वन्द्वका पक्षहरू
नेतृत्व आंकडा
* सम्मिलित नेतृत्व
हाताहात र नोक्सानी

मृत्यु: १०५ जना[११] [१२][१३][१४]

घाइते: ११,०००+ जन[१५][१६]
मृत्यु: छात्र लिगका एक कार्यकर्ता

घाइते: छात्र लिगका केही कार्यकर्ता र प्रहरीहरू

[१७]
२५ जना पत्रकार घाइते[१८]

सन् २०२४ को बङ्गलादेश कोटा सुधार आन्दोलन बङ्गलादेशमा सबै प्रकारका सरकारी जागीरहरूमा कोटाको आधारमा गरिने भर्नाको वर्तमान प्रणालीमा सुधारको माग गर्दै थालिएको एक आन्दोलन हो।[१९] सन् २०२४ जुन ५ मा बङ्गलादेशको सर्वोच्च अदालतले महिलाका लागि १०, स्वतन्त्रता सेनानीका लागि ३० र जिल्लाका लागि १० प्रतिशतको कोटा खारेज गर्ने गरी जारी गरेको परिपत्रलाई गैरकानुनी ठहर गरेपछि विरोध प्रदर्शन सुरु हुँदा आन्दोलन चर्चामा आएको थियो। यो परिपत्र सन् २०१८ को बङ्गलादेश कोटा सुधार आन्दोलनको पृष्ठभूमिमा जारी गरिएको थियो।[२०]


अदालतको निर्णय पश्चात् यस निर्णयको विरुद्ध अनलाइन सक्रियता सुरु हुन थालेपछि अनलाइन मार्फत मानिसहरूले सन् २०१८ को जस्तै आन्दोलन थाल्न आह्वान गरेका थिए। जुन महिनाको सुरुवातमा मुख्य रूपमा राजधानी ढाकामा विरोध प्रदर्शन गरिएतापनि ईद-उल-अजहा र गर्मी विदाका प्रदर्शनलाई स्थगित गरिएको थियो। गर्मी विदा पश्चात् १ जुलाईबाट शान्तिपूर्ण प्रदर्शन पुनः थालिएको थियो। सरकारी विश्वविद्यालयका शिक्षकहरूले नयाँ निवृत्तभरण योजनाको विरोधमा हडताल गरेका थिए भने सोही दिनको कार्यक्रम पश्चात् विश्वविद्यालयहरूलाई अनिश्चितकालका लागि बन्द गराइएको थियो।

सुरुमा सभा र र्‍यालिमै आन्दोलन स्थिर रहेतापनि जुलाई १४ मा प्रधानमन्त्री शेख हसिनाले एक भाषणमा कोटा सुधारका प्रदर्शनकारीहरूलाई "राजाकारका नातिनातिनाहरू" को रूपमा वर्णन गरेकी थिइन्। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै आन्दोलनरत विद्यार्थीले प्रधानमन्त्रीको भाषणको खिल्ली उडाउँदै तपाईं को हो? म को हो? राजाकार, राजाकार; यो कसलाई भनिएको हो? कसलाई भनिएको हो? निरङ्कुशता, निरङ्कुशता र अधिकार खोज्न जाँदा म स्वयं आज राजाकर बने भनेर नारा लगाएका थिए। त्यसको अर्को दिन अर्थात् १५ जुलाईमा अवामी लिग र सरकारका विभिन्न अधिकारी र मन्त्रीहरूले प्रदर्शनकारी विद्यार्थीहरूलाई 'स्वतन्त्रता युद्धको भावना' नष्ट गरेको गम्भीर आरोप लगाएका थिए।[२१] सोही दिन सत्तारुढ अवामी लिगको विद्यार्थी सङ्गठन छात्र लिगको नेतृत्वमा देशका विभिन्न भागमा विद्यार्थी र प्रदर्शनकारीमाथि रड, लाठी, हकी स्टिक, चक्कु र बन्दुकले आक्रमण गरिएको थियो। सोही क्रममा प्रहरीले लाठी र रबरको गोलीले पनि आक्रमण गरेको थियो। प्रदर्शनकारीले उनीहरूमाथि इँट्टा प्रहार गर्नुका साथै दुई पक्षबीच झडप समेत भएको थियो।[२२] हजारौँ विद्यार्थी र प्रदर्शनकारीहरू घाइते हुँदा १०० भन्दा बढीको मृत्यु भएको थियो।

नेपालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जुलाई २० मा बंगलादेशमा भएको कोटा सुधार आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थी हत्याको विरोधमा र्‍याली निकालेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "কোটাবিরোধী ও শিক্ষকদের আন্দোলনে সমর্থন বিএনপির"প্রতিদিনের সংবাদ। सङ्ग्रह मिति २०२४-०७-१६ 
  2. "বৈষম্যবিরোধী ছাত্র আন্দোলনের প্রতি জামায়াতে ইসলামীর সমর্থন ঘোষণা"দৈনিক ইনকিলাব। १८ जुलाई २०२४। सङ्ग्रह मिति १८ जुलाई २०२४ 
  3. প্রতিনিধি, বিশেষ (२०२४-०७-१६)। "কোটা সংস্কার আন্দোলনকারীদের সমর্থন জি এম কাদেরের"প্রথম আলো (बंगाली भाषा)। सङ्ग्रह मिति २०२४-०७-१६ 
  4. প্রতিনিধি, বিশেষ (२०२४-०७-०५)। "কোটা ও পেনশনবিরোধী আন্দোলনে বাংলাদেশ জাসদের সমর্থন"প্রথম আলো (बंगाली भाषा)। सङ्ग्रह मिति २०२४-०७-१६ 
  5. "কোটা সংস্কারের দাবি ন্যায়সংগত : হেফাজতে ইসলাম"ঢাকা পোস্ট। १७ जुलाई २०२४। सङ्ग्रह मिति १७ जुलाई २०२४ 
  6. "কাল সারা দেশে বিক্ষোভ ডেকেছেন চরমোনাই পীর"বাংলা ট্রিবিউন (बंगाली भाषा)। सङ्ग्रह मिति २०२४-०७-१८ 
  7. প্রতিবেদক, নিজস্ব (१६ जुलाई २०२४)। "ঢাকা, চট্টগ্রাম, বগুড়া, গাজীপুর, রংপুর ও রাজশাহীতে বিজিবি মোতায়েন"প্রথম আলো (बंगाली भाषा)। सङ्ग्रह मिति १७ जुलाई २०२४ 
  8. রিপোর্ট, স্টার অনলাইন (२०२४-०७-१६)। "ছাত্রদের মতবিরোধ হলেই বাকবিতণ্ডা হয়, সে রকমই কিছু কিছু জায়গায় হচ্ছে: স্বরাষ্ট্রমন্ত্রী"ডেইলি স্টার। सङ्ग्रह मिति २०२४-०७-१६ 
  9. "যারা নিজেদের রাজাকার বলেছে তাদের শেষ দেখে ছাড়ব: ছাত্রলীগ সভাপতি"। ইনডিপেনডেন্ট টেলিভিশন। १५ जुलाई २०२४। सङ्ग्रह मिति १६ जुलाई २०२४ 
  10. ব্যুরো, রাজশাহী। "কোটা সংস্কার আন্দোলনকারীদের রুখে দেওয়ার ঘোষণা যুবলীগের"কালবেলা (बंगाली भाषा)। सङ्ग्रह मिति २०२४-०७-१६ 
  11. "বাংলাদেশে জারি কারফিউ, নামল সেনা! মৃতের সংখ্যা ছাড়াল १००, চলছে তুমুল খণ্ডযুদ্ধ"হিন্দুস্তান টাইমস (बंगाली भाषा)। २० जुलाई २०२४। सङ्ग्रह मिति २० जुलाई २०२४ 
  12. "রক্তক্ষয়ী সংঘর্ষে তিন জেলায় ६ জন নিহত"www.kalerkantho.com। দৈনিক কালের কণ্ঠ। जुलाई २०२४। सङ्ग्रह मिति १७ जुलाई २०२४ 
  13. "কোটা আন্দোলন: কোটা সংস্কারের আন্দোলনে সহিংসতায় সারা দেশে ছয় জন নিহত"বিবিসি বাংলা (बंगाली भाषा)। २०२४-०७-१६। सङ्ग्रह मिति २०२४-०७-१७ 
  14. "কোটা আন্দোলনে সারাদেশ এখন পর্যন্ত १२ জনের মৃত্যু খবর পাওয়া গেছে"dailyinqilab.com। দৈনিক ইনকিলাব। जुलाई २०२४। सङ्ग्रह मिति १८ जुलाई २०२४ 
  15. "আহত হয়ে বিভিন্ন হাসপাতালে ভর্তি কয়েকশ শিক্ষার্থী"বণিক বার্তা। सङ्ग्रह मिति १७ जुलाई २०२४ 
  16. "কোটা সংস্কার আন্দোলন: দেশজুড়ে বিক্ষোভ, সংঘর্ষ–গুলি, নিহত २७"প্রথম আলো (बङ्गाली भाषा)। १९ जुलाई २०२४। सङ्ग्रह मिति १९ जुलाई २०२४ 
  17. বিবিসি বাংলা (२०२४-०७-१८), রামপুরা রণক্ষেত্র, বিটিভি ভবনে আগুন, সবশেষ পরিস্থিতি।BBC Bangla, अन्तिम पहुँच २०२४-०७-१८ – YouTubeद्वारा। 
  18. "সাংবাদিকদের ওপর হামলায় সম্পাদক পরিষদের উদ্বেগ"দৈনিক সমকাল। सङ्ग्रह मिति १७ जुलाई २०२४ 
  19. "মুক্তিযোদ্ধা কোটা বাতিলের পরিপত্র অবৈধ: হাই কোর্টের রায়"বিডিনিউজ টোয়েন্টিফোর ডটকম। सङ्ग्रह मिति ११ जुलाई २०२४ 
  20. "২০১৮ সালের পরিপত্র অবৈধ : সরকারি চাকরিতে ৩০ শতাংশ মুক্তিযোদ্ধা কোটা বহাল"বাংলাদেশ সংবাদ সংস্থা। सङ्ग्रह मिति ११ जुलाई २०२४ 
  21. মাহমুদ, নাদিম (१८ जुलाई २०२४)। "শিক্ষার্থীদের পিটিয়ে 'মুক্তিযুদ্ধের চেতনা' রক্ষা হবে কি"দৈনিক প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति १८ जुलाई २०२४ 
  22. "কোটা সংস্কার আন্দোলনে কে এই অস্ত্রধারী?"দৈনিক সমকাল। सङ्ग्रह मिति १५ जुलाई २०२४