सामग्रीमा जानुहोस्

बङ्गलादेश अवामी लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अवामी लिगबाट अनुप्रेषित)
बङ्गलादेश आवामी लिग

বাংলাদেশ আওয়ামী লীগ
छोटो रूपAL
अध्यक्षशेख हसिना
महासचिववायदुल कादेर
संस्थापकहरूआब्दुल हामिद खान भासानी
यार मोहाम्मद खान
शामसुल हक
स्थापना23 जुन 1949 (७५ वर्ष पहिले) (1949-०६-23)
टुक्रिएकोमुस्लिम लिग
पूर्वकालीनआवामी मुस्लिम लिग
प्रमुख कार्यालयढाका
समाचारपत्रउत्तरन
सोच संयन्त्रअनुसन्धान र सूचना केन्द्र
विद्यार्थी सङ्गठनबङ्गलादेश छात्र लिग
युवा सङ्गठनआवामी जुबो लिग
महिला सङ्गठनमहिला आवामी लिग
कृषक शाखाकृषक लिग
व्यापार सङ्घ शाखाजातीय श्रमिक लिग
स्वयंसेवकक शाखाआवामी स्वेच्छासेवक लिग
सैन्य शाखारक्खी वाहिनी सन् १९७२
विचारधाराबङ्गाली राष्ट्रवादी
सामाजिक स्वतन्त्रतावादी[१]
अर्थनैतिक स्वतन्त्रतावादी[१]
राजनीतिक स्थानकेन्द्र[२][३][१]
राष्ट्रिय सम्बद्धतामहाजोट
रङहरू  हरियो
नाराजोय बाङ्ला (जय बङ्गला)
जातीय संसद
२२३ / ३५०
नगर परिषद्
९ / १२
राष्ट्रपति
१ / १
निर्वाचन चिह्न
AL party symbol
राजनीतिक दलको झन्डा
वेबसाइट
albd.org

बङ्गलादेश आवामी लिग (बङ्गाली: বাংলাদেশ আওয়ামী লীগ) जनप्रजातान्त्रिक बङ्गलादेशको एक ऐतिहासिक तथा वर्तमानमा सत्ताधारी राजनैतिक दल हो।[४] यस राजनैतिक दलको स्थापना सन् १९४९ जुन २३ का दिन पूर्व पाकिस्तानमा आवामी मुस्लिम लिगको नामबाट भएको थियो भने त्यसपछि यस दललाई निखिल पाकिस्तान आवामी लिग भनिन थालिएको थियो। सन् १९७० देखि यस राजनैतिक दलको चुनाव चिह्न डुङ्गा राखिएको थियो। बङ्गलादेश स्वतन्त्रता युद्धको धर्मनिरपेक्षवादी राजनैतिक विचारधारा दर्शाउन सन् १९५५ मा यस दलको नाम फेरबदल गरी "आवामी लिग" राखिएको थियो।

सन् १९४९ मा बङ्गाली राष्ट्रवादीहरू; आब्दुल हामिद खान भासानी, शओकत आली, यार मोहाम्मद खान र शमसुल हकद्वारा पूर्व बङ्गालको राजधानी ढाकामा अखिल पाकिस्तान आवामी मुस्लिम लिगको स्थापना गरिएको थियो भने त्यसपछि होसेन सहिद सोहरावार्दी पनि यस दल समावेश भएका थिए जो पछि पाकिस्तानका प्रधानमन्त्री बनेका थिए। पाकिस्तानमा मुस्लिम लिगको प्रभुत्व र सरकारलाई केन्द्रीकृत गर्नका लागि पाकिस्तान आवामी मुस्लिम लिगलाई बङ्गाली विकल्पको रूपमा स्थापना गरिएको थियो। यस राजनैतिक दलको स्थापना पश्चात् निकै चाँडै यसले पूर्व बङ्गालमा ठूलो लोकप्रियता हासिल गर्न सफल भएको थियो। पूर्व बङ्गालको नाम परिवर्तन गरी पूर्व पाकिस्तान बनाइए पछि आवामी लिगले अन्ततः पश्चिम पाकिस्तानको सेना र राजनीतिक प्रतिष्ठानहरू विरुद्ध सङ्घर्षमा बङ्गाली राष्ट्रवाद शक्तिको नेतृत्व गरेको थियो।[५]

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको नेतृत्वमा यस दलले पूर्व पाकिस्तानको स्वतन्त्रताका लागि गरिएको सङ्घर्षमा नेतृत्व गरेको थियो जसमा विभिन्न चरणहरूमा गरिएको जनआन्दोलन, सन् १९६६ को ६ बुँदे आन्दोलन र सन् १९७० को असहयोग आन्दोलन र सन् १९७१ को स्वतन्त्रता युद्ध समावेश छन्।

स्वतन्त्र बङ्गलादेशको उदय पश्चात् आवामी लिग सन् १९७१ को पहिलो जन निर्वाचन जित्न सफल भएको थियो तर शेख मुजिबुर रहमानको हत्या पश्चात् सन् १९७५ मा यस दललाई सत्ताबाट हटाइएको थियो। यस दललाई पछि राजनीतिक सीमाहरूमा सैन्य शासनद्वारा बाध्य बनाइएको थियो भने यस दलका कयौँ वरिष्ठ नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको थियो भने कयौँलाई कैद बनाइएको थियो। सन् १९९० मा प्रजातान्त्रको पुनःस्थापना पश्चात् आवामी लिग बङ्गलादेशी राजनीतिमा पुनः प्रमुख दलको रूपमा उदाएको थियो।

आवामी लिगका शीर्ष नेताहरूमध्ये ५ जना बङ्गलादेशका राष्ट्रपति र ४ जना बङ्गलादेशका प्रधानमन्त्री र एक जना पाकिस्तानका प्रधानमन्त्री बनेका छन्। बङ्गलादेशको वर्तमान प्रधानमन्त्री शेख हसिनाले सन् १९८१ देखि यस राजनैतिक दलको नेतृत्व गर्दै आएकी छिन् जो बङ्गलादेशका प्रथम राष्ट्रपति तथा राष्ट्रजनक शेख मुजिबुर रहमानकी छोरी हुन्।

आवामी लिगका राज्य नेताहरू, सन् १९४९-हाल[सम्पादन गर्नुहोस्]


बङ्गलादेशका राष्ट्रपति
नाम कार्यकाल
शेख मुजिबुर रहमान सन् १९७१–१९७२
आबु साइद चौधुरी सन् १९७२–१९७३
मोहाम्मद मोहाम्मदउल्लाह सन् १९७४–१९७५
शेख मुजिबुर रहमान सन् १९७५ (हत्या गरिएको)
खन्दोकार मोशताक आहमेद सन् १९७५ (पदबाट हटाइएको)
आबु सादात्त मोहाम्मद साइम सन् १९७५–१९७७
जिल्लुर रहमान सन् २००९–२०१३
आब्दुल हामिद सन् २०१३–हाल

बङ्गलादेशका उपराष्ट्रपतिहरू
नाम कार्यकाल टिप्पणी
साइद नुरुल इसलाम सन् १९७१–१९७२ बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा कामचलाउ सरकारका तत्कालीन राष्ट्रपति[६]

पाकिस्तानका प्रधानमन्त्रीहरू
नाम कार्यकाल
होसेन सहिद सोहरावार्दी सन् १९५६–१९५७

पूर्व पाकिस्तानका मुख्यमन्त्रीहरू
नाम कार्यकाल
आताउर रहमान खान सन् १९५६–१९५८

बङ्गलादेशका प्रधानमन्त्रीहरू
नाम कार्यकाल
ताजउद्दिन आहमेद सन् १९७१–१९७२
शेख मुजिबुर रहमान सन् १९७२–१९७५
मोहाम्मद मनसुर आली सन् १९७५
शेख हसिना सन् १९९६–२००१; सन् २००९–हाल

निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

राष्ट्रिय परिषद् निर्वाचन[सम्पादन गर्नुहोस्]

निर्वाचन राजनैतिक दलका अध्यक्ष मतहरू % सिट +/– स्थान सरकार टिप्पणी
सन् १९७० शेख मुजिबुर रहमान १,२९,३७,१६२ ३९.२%
१६० / ३००
वृद्धि १६० वृद्धि प्रथम प्रतिपक्ष सन् १९७० को आम निर्वाचन पश्चात् पश्चिम पाकिस्तानी सरकारले निर्वाचन जित्न सफल दललाई सत्ता हस्तान्तरण गरेको थिएन।

पूर्व पाकिस्तान परिषदीय निर्वाचन[सम्पादन गर्नुहोस्]

निर्वाचन मतहरू % सिट +/– स्थान सरकार टिप्पणी
सन् १९५४
१४३ / २३७
वृद्धि १४३ वृद्धि प्रथम सत्तापक्ष
सन् १९७० १,२९,३७,१६२ ७३.२%
२८८ / ३००
वृद्धि ४५ Steady प्रथम प्रतिपक्ष सत्ता हस्तान्तरण गरिएन

राष्ट्रिय संसद निर्वाचन[सम्पादन गर्नुहोस्]

निर्वाचन राजनैतिक दलका अध्यक्ष मतहरू % सिट +/– स्थान सरकार
सन् १९७३ शेख मुजिबुर रहमान १,३७,९८,७१७ ७३.२%
२९३ / ३००
वृद्धि १३३ वृद्धि प्रथम सत्तापक्ष
सन् १९७९ आसादुज्जामान खान ४७,३४,२७७ २४.४%
३९ / ३००
ह्रास १४५ ह्रास द्वितीय प्रतिपक्ष
सन् १९८६ शेख हसिना ७४,६२,१५७ २६.२%
७६ / ३००
वृद्धि ३७ Steady द्वितीय प्रतिपक्ष
सन् १९८८ रद्द
० / ३००
ह्रास ७६ अतिरिक्त संसदीय
सन् १९९१ १,०२,५९,८६६ ३०.१%
८८ / ३००
वृद्धि १२ वृद्धि द्वितीय प्रतिपक्ष
फेब्रुअरी १९९६ रद्द
० / ३००
ह्रास ८८ अतिरिक्त संसदीय
सन् १९९६
जुन
१,५८,८२,७९२ ३७.४%
१४६ / ३००
वृद्धि ५८ वृद्धि प्रथम सत्तापक्ष
सन् २००१ २,२३,१०,२७६ ४०.०२%
६२ / ३००
ह्रास ८४ ह्रास द्वितीय प्रतिपक्ष
सन् २००८ ३,३८,८७,४५१ ४९.०%
२३० / ३००
वृद्धि १६८ वृद्धि प्रथम सत्तापक्ष
सन् २०१४ ३,६१,७३,८८३ ७९.१४%
२३४ / ३००
वृद्धि Steady प्रथम सत्तापक्ष
सन् २०१८ ३,४१,३३,८२२ ७६.८८%
२५९ / ३००
वृद्धि २५ Steady प्रथम सत्तापक्ष

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Bangladesh election: Voters prepare to go to polls amid 'atmosphere of fear' for प्रतिपक्ष activists", The Independent, २३ डिसेम्बर २०१८, मूलबाट २८ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१९ 
  2. Bhattacharjee, Joyeeta (नोभेम्बर २०११), "Bangladesh: Political Trends and Key Players", Strategic Trends 1 (2): १, मूलबाट २८ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१९ 
  3. Nazneen, Sohela (२००९), "Bangladesh: Political Party Discourses on Women's Empowerment", South Asian Journal of Cancer 24: 44–52, मूलबाट २८ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१९ 
  4. "যাহা জয় বাংলা তাহাই জিন্দাবাদ!"প্রথম আলো। १८ जुलाई २०१४। 
  5. হারুন-অর-রশিদ। "বাংলাদেশ আওয়ামী লীগ"বাংলাপিডিয়া। सङ्ग्रह मिति २४ जुन २०१५ 
  6. Jivanta Schottli; Subrata K. Mitra; Siegried Wolf (२०१५), A Political and Economic Dictionary of South Asia, Routledge, पृ: १८७, आइएसबिएन 978-1-135-35576-0, मूलबाट २८ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जनवरी २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]