मुस्लिम लिग (पाकिस्तान)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुस्लिम लिग

مسلم لیگ (उर्दु)
মুসলিম লীগ (बङ्गाली)
ऐतिहासिक नेताहरू(हरू)मोहम्मद अली जिनाह
लियाकत अली खान
चौधरी खालिकुज्जमान
ख्वाजा नाजिमुद्दीन
फतिमा जिनाह
संसदीय सचिवमहमुद हुसेन
स्थापना१५ डिसेम्बर १९४७
विघटन२७ अक्टोबर १९५८
पूर्वकालीनअखिल भारतीय मुस्लिम लिग
अग्रकालीनपाकिस्तान मुस्लिम लिग
अवामी लिग
प्रमुख कार्यालयकराची
समाचारपत्रडाउन
विचारधारापाकिस्तानी राष्ट्रवाद
इस्लामी आधुनिकतावाद[१]
पूँजीवाद
गुट:
इस्लामी समाजवाद[२]
राजनीतिक स्थानबिग टेन्ट
रङहरू     हरियो
राजनीतिक दलको झन्डा

मुस्लिम लिग (उर्दु: مسلم لیگ) अखिल भारतीय मुस्लिम लिगका मूल उत्तराधिकारी थियोे जसले पाकिस्तान आन्दोलनको नेतृत्व गर्दै एक स्वतन्त्र राष्ट्र प्राप्त गरेको थियो। देशका पाँच पूर्व प्रधानमन्त्रीहरू लियाकत अली खान, ख्वाजा नाजिमुद्दीन, मोहम्मद अली बगुडा, चौधरी मोहम्मद अलीइब्राहिम इस्माइल चुन्दरीगर यस पार्टीसँग सम्बद्ध छन्। सन् १९५५ को संविधान सभाको चुनावमा मुस्लिम लिगलाई संयुक्त मोर्चा भनिने राजनीतिक गठबन्धनले पराजित गरेको थियो। यद्यपि, प्रधानमन्त्री चौधरी मोहम्मद अली र प्रधानमन्त्री चुन्दरीगरलाई अल्पमतको सरकारको नेतृत्व गर्न नियुक्त गरिएको थियो। सन् १९५८ मा पाकिस्तानी सेनाका प्रधानसेनापति मोहम्मद अयुब खानले सैन्य कानुनको घोषणा गरेपछि पार्टी भङ्ग भएको थियो।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

जिनाह र मुस्लिम लिगका संस्थापकहरू

पाकिस्तानमा अखिल भारतीय मुस्लिम लिगका अध्यक्ष मोहम्मद अली जिनाह नयाँ देशको गभर्नर जनरल बनेका थिए भने मुस्लिम लिगका महासचिव लियाकत अली खान प्रधानमन्त्री बनेका थिए। सन् १९४७ को डिसेम्बरमा अखिल भारतीय मुस्लिम लिगको विघटन गरिएको थियो र यसको उत्तराधिकारी मुस्लिम लिग र इन्डियन युनियन मुस्लिम लिग थिए। जिनाहले १७ डिसेम्बरमा मुस्लिम लिगको अध्यक्ष पदबाट राजीनामा दिएका थिए र दुई मुस्लिम लिगले क्रमशः मुस्लिम लिग (पाकिस्तान)को अध्यक्षको रूपमा चौधरी खालिकुज्जमान र इन्डियन युनियन मुस्लिम लिगको अध्यक्षको रूपमा मोहम्मद इस्माइललाई निर्वाचित गरेका थिए।

दलको विघटन[सम्पादन गर्नुहोस्]

जिनाहको निधन सेप्टेम्बर १९४८ मा भएको थियो र लियाकतको अक्टोबर १९५१ मा हत्या गरिएको थियो। यसका दुई वरिष्ठ नेताहरूबाट नभएपछि, लिग बिस्तारै विघटन हुन थालेको थियो। सन् १९५३ सम्ममा लिग भित्रको मतभेदले विभिन्न राजनीतिक दलको गठन गरेको थियो। लियाकतको उत्तराधिकारी ख्वाजा नाजिमुद्दीन, एक बङ्गाली थिए, जसलाई अप्रिल १९५३ मा पदबाट हटाइएको थियो। पाकिस्तान दङ्गाको चपेटामा परेको थियो र मे १९५५ मा भएको पहिलो राष्ट्रिय चुनावमा (अप्रत्यक्ष मतदानको प्रणालीद्वारा आयोजित) लिग भारी रूपमा पराजित भएको थियो।

अक्टोबर १९५८ मा, सेनाले सत्ता कब्जा गरेको थियो र मुहम्मद अयुब खानको सैनिक कानुन अन्तर्गतको शासनले सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको थियो जसका कारण दलको विघटन भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Atheist Fundamentalists", The Times of India 
  2. Paracha, Nadeem F. (२१ फेब्रुअरी २०१३), "Islamic Socialism: A history from left to right", dawn.com, अन्तिम पहुँच २१ नोभेम्बर २०२० 
  3. "The Muslim League | Islamopedia Online", मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१३