सामग्रीमा जानुहोस्

बङ्गलादेश राष्ट्रियतावादी दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संस्थापकखालेदा जिया
महासचिवमिर्जा फखरुल इस्लाम आलमगीर
वर्तमान अध्यक्षतारेक रहमान
संस्थापकजियाउर रहमान
स्थापना१ सेप्टेम्बर १९७८ (४५ वर्ष पहिले) (१९७८-०९-01)
प्रमुख कार्यालय२८/१ नयाँ पल्टन, ढाका-१०००
विद्यार्थी सङ्गठनबङ्गलादेश राष्ट्रियतावादी छात्रदल
युवा सङ्गठनबङ्गलादेश राष्ट्रियतावादी युवदल
महिला शाखाबङ्गलादेश राष्ट्रियतावादी महिला दल
श्रमिक शाखाबङ्गलादेश राष्ट्रियतावादी श्रमिक दल
स्वेच्छासेवक शाखाबङ्गलादेश राष्ट्रियतावादी स्वेच्छासेवक दल
कृषक शाखाबङ्गलादेश राष्ट्रियतावादी कृषक दल
विचारधारापारम्परिक:[१] समसामयिक:
रक्षणशीलता (बङ्गलादेशी)
उदार अर्थनीति[२]
भारतीय विरोधी मनोभाव[२][३]
राजनीतिक स्थानदक्षिणपन्थी
धर्मइस्लाम[४][५]
अन्तर्राष्ट्रिय सम्बद्धताएसिया प्रशान्त लोकतान्त्रिक सङ्घ[६]
रङहरू  रातो
  हरियो
  नीलो (प्रचलित)
नारा"बङ्गलादेश जिन्दावाद"
राष्ट्रिय संसदमा आसन
० / ३५०
सहर निगम प्रमुख
० / १२
निर्वाचन चिह्न

धानको बाला
वेबसाइट
www.bnpbd.org

बङ्गलादेश राष्ट्रियतावादी दल (बङ्गाली: বাংলাদেশ জাতীয়তাবাদী দল)[७] बङ्गलादेशको प्रमुख मध्यदेखि दक्षिणपन्थी राजनीतिक दलहरूमध्ये एक हो। सन् १९७८ सेप्टेम्बर १ मा तत्कालीन राष्ट्रपति जियाउर रहमानले यस राजनीतिक दलको स्थापना गरेका थिए।[७] सन् १९७८ सेप्टेम्बर १ मा बङ्गलादेशका राष्ट्रपति जियाउर रहमानद्वारा राष्ट्रवादी विचारधारा भएका मानिसहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको यो दल पछि यसको कट्टर प्रतिद्वन्द्वी आवामी लिगका साथ बङ्गलादेशका दुई सबैभन्दा प्रभावशाली पार्टीहरूमध्ये एकको रूपमा उदाएको थियो। सन् अप्रिल ३० मा जियाउर रहमानले आफ्नो शासनलाई नागरिक केन्द्रीत बनाउनका १९ बुँदे कार्यक्रम सुरु गरेका थिए। जब जियाले राष्ट्रपतिपदका लागि उम्मेदवारी दिने निर्णय गरे तब उनको नेतृत्वमा राष्ट्रियतावादी गणतन्त्र दलको स्थापना भएको थियो। अब्दुस सत्तार यस दलका संयोजक थिए।[८]

"युद्धभूमिको स्वतन्त्रता सेनानीहरूको दल"को रूपमा चिनिएको बङ्गलादेश राष्ट्रियतावादी पार्टीको स्थापना जियाउर रहमानले सन् १९७८ को राष्ट्रपतीय चुनावपछि गरेका थिए भने सन् १९८१ मा उनको हत्या नभएसम्म उनले यसको नेतृत्वमा गरिरहेका थिए।[८] रहमानको हत्यापछि उनकी श्रीमती खालेदा जियाले पार्टीको नेतृत्व सन् २०१८ मा कारागार चलान हुनुअघिसम्म अध्यक्षता गरेकी थिइन्। त्यसयता रहमान र जियाका छोरा तारेक रहमानले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहँदा उनले यसको पार्टीको मामिला लन्डनबाट सञ्चालन गरिरहेका छन्।[९]

स्थापना पछि यस पार्टीले क्रमशः सन् १९७९ र १९८१ राष्ट्रपति चुनावका साथै सन् १९९१, १९९६ र २००१ को संसदीय चुनाव जितेको थियो।[१०][११][१२] अर्ध-राष्ट्रपतीय प्रणाली अन्तर्गत गठन भएका सरकारहरूको नेतृत्व जियाउर रहमानले गरेका थिए भने संसदीय गणतन्त्रहरूको नेतृत्व खालेदा जियाले गरिरहँदा उनी प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन्। सन् १९९६ जुन महिनामा सम्पन्न सातौँ संसदीय चुनावमा ११६ सिटका साथ देशको संसदीय निर्वाचन अन्तर्गत यो पार्टीले सबैभन्दा ठूलो विपक्षी पार्टीको रूपमा इतिहास कामय गरेको थियो।[१३] सन् २०१८ को संसदीय निर्वाचनपछि यस पार्टीका संसद सङ्ख्या ७ रहेको थियो भने सन् २०२४ मा सम्पन्न निर्वाचनमा यस पार्टीले चुनाव बहिस्कार गर्दै चुनावमा भाग लिएको थिएन।[१४][१५]

सन् १९९० मा निरङ्कुश इरशाद शासनविरुद्ध भएको विद्रोहमा यस पार्टीको विद्यार्थी सङ्गठन एउटा प्रेरक शक्ति बनिरहँदा उक्त शासनतन्त्रलाई पतन गराई बङ्गलादेशमा प्रजातन्त्रको पुनर्स्थापनाका लागि विद्यार्थी सङ्गठनले ठूलो भूमिका निर्वाह गरेको थियो। [१६] सन् १९८३ देखि पार्टीको अध्यक्षता सम्हालेकी खालेदा जिया बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री र पाकिस्तानकी बेनजीर भुट्टो पछि मुस्लिम बाहुल्य देशको दोस्रो महिला प्रधानमन्त्रीको रूपमा चुनिएकी थिइन्। खालेदा जिया पार्टीको अध्यक्षमा, तारिक रहमान वरिष्ठ उपाध्यक्षमा र मिर्जा फखरुल इस्लाम आलमगीर महासचिवमा निर्वाचित भएका थिए।

परराष्ट्रनीति[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रियतावादी दलको उद्देश्य यसको स्थापनाकालदेखिनै राष्ट्रिय एकता कायम गर्नु थियो। स्वतन्त्रतापछिको सरकारको भारतमैत्री विदेश नीतिका कारण बङ्गलादेश अन्तर्राष्ट्रिय क्षेत्रमा हिन्द–सोभियत मार्गतर्फ अघि बढिरहँदा बङ्गलादेशको अन्य विश्व शक्तिसँग सम्बन्ध त्यति राम्रो थिएन। राष्ट्रियतावादी दलले आफ्नो विदेश नीतिमा तटस्थता ल्याउने प्रयास गरिरहेको थियो। यस पार्टीले मुस्लिम विश्वका देशहरूसँग सम्बन्ध सुधार गर्न प्रमुख भूमिका खेलेको थियो।

राष्ट्रिय एकता[सम्पादन गर्नुहोस्]

राष्ट्रियतावादी दलको गठन गर्ने क्रममा देश विभिन्न भागहरूमा विभाजित थिए। यो विभाजनको आधार राजनीतिक विश्वास (बायाँ, दायाँ, मध्यन्थी), स्वतन्त्रता युद्धको पक्ष र विपक्षका शक्तिहरू मध्ये थियो। जसको फलस्वरूप विद्यार्थी, शिक्षक, बुद्धिजीवी, पेशाकर्मी, संस्कृतिकर्मी, सेना र प्रशासनसमेत विभाजित थिए। राष्ट्रियतावादी दलको स्थापनाको मुख्य आधार यी सबै मतभेदलाई बिर्सेर देशलाई अगाडि लैजानु थियो। जियाको कार्यकालमा शेख मुजिबुर रहमानको मृत्युपछि शेख हसिना पहिलो पटक अवामी लिगको अध्यक्षको रूपमा देश भित्रिएकी थिइन्। अखण्ड पाकिस्तानको समर्थक रहेको जमाएते इस्लामीले पनि यसै समयमा राजनीतिमा सक्रिय हुन थालेको थियो। स्वतन्त्रता युद्धपछि देशबाहिर रहेका कयौँ बुद्धिजीवी नेताहरू देशमा भित्रिएका थिए। शेख मुजिबुर रहमानको सरकारले स्वतन्त्रता युद्धको विरोध गर्ने सबै दल र व्यक्तिहरूका लागि आममाफीको घोषणा गरेपछि देश भित्रिने मानिसहरूको लर्को लागेको थियो। यद्यपि हत्या, बलात्कार, आगजनी र लुटपाटको प्रत्यक्ष आरोप लागेकाहरू यस आममाफी अन्तर्गत पर्दैन थिए। तथापि, उनीहरूविरुद्ध कुनै व्यापक र प्रभावकारी कदम चलाइएको थिएन।

छाया सङ्गठन[सम्पादन गर्नुहोस्]

सहयोगी सङ्गठन
  • बङ्गलादेश राष्ट्रियतावादी छात्र दल
  • बङ्गलादेश राष्ट्रियतावादी श्रमिक दल
अंश सङ्गठन
  • बङ्गलादेश राष्ट्रियतावादी युवदल
  • बङ्गलादेश राष्ट्रियतावादी स्वेच्छासेवक दल
  • बङ्गलादेश राष्ट्रियतावादी मुक्तियोद्धा दल
  • बङ्गलादेश राष्ट्रियतावादी कृषक दल
  • बङ्गलादेश राष्ट्रियतावादी मत्यजीवी दल
  • बङ्गलादेश राष्ट्रियतावादी ताँती दल
  • बङ्गलादेश राष्ट्रियतावादी ओलामा दल
  • राष्ट्रियतावादी सामाजिक साँस्कृतिक संस्था (जासास)
  • बङ्गलादेश राष्ट्रियतावादी महिला दला
पेशाजीवी सङ्गठन
  • राष्ट्रियतावादी ऐनजीवी फोरम
  • डक्टरस एसोसिएसन अफ बङ्गलादेश
  • एसोसिएसन अफ इन्जिनियर्स बङ्गलादेश
  • एग्रिकल्चरिस्ट एसोसिएसन अफ बङ्गलादेश [१७]
  • शिक्षक-कर्मचारी मोर्चा [१८]
  • शत नागरिक समिति

निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

राष्ट्रपतीय निर्वाचन/जनमत[सम्पादन गर्नुहोस्]

निर्वाचन उम्मेदवार कुल मत सङ्ख्या % नजिता
सन् १९७७ ("जनमत") जियाउर रहमान ३,३४,००,८७० ९८.९% निर्वाचितGreen tickY
सन् १९७८ १,५७,३३,८०७ ७६.६% निर्वाचितGreen tickY
सन् १९८१ अब्दुस सत्तार १,४२,०३,९५८ ६५.५% निर्वाचितGreen tickY

राष्ट्रिय संसद निर्वाचन[सम्पादन गर्नुहोस्]

संसद दल नेता मत % प्राप्त सिट +/– स्थान टिप्पणी
द्वितीय जियाउर रहमान ७९,३४,२३६ ४१.२%
२०७ / ३००
वृद्धि २०७ वृद्धि प्रथम सत्तापक्ष
तृतीय खालेदा जिया बहिस्कार
० / ३००
ह्रास २०७ संसदको बाहिर
चौँथो बहिस्कार
० / ३००
Steady संसदको बहिर
पाँचौँ १,०५,०७,५४९ ३०.४%
१४० / ३००
वृद्धि १४० वृद्धि प्रथम गठबन्धन सरकार
छैठौँ १,१७,७६,४८१ १००%
३०० / ३००
वृद्धि १६० Steady प्रथम सत्तापक्ष
सातौँ १,४२,५५,९८६ ३३.६%
११६ / ३००
ह्रास १८४ ह्रास द्वितीय प्रतिपक्ष दल
आठौँ २,३०,७४,७१४ ४१.४०%
२०० / ३००
वृद्धि ८४ वृद्धि प्रथम सत्तापक्ष
नवौँ २२,९६३,८३६ ३३.२०%
३० / ३००
ह्रास १७० ह्रास द्वितीय प्रतिपक्ष दल
दसौँ बहिस्कार
० / ३००
ह्रास ३० संसदको बाहिर
एघारौँ ८२,९४,३०६ ९.०८ %
६ / ३००
वृद्धि वृद्धि तृतीय प्रतिपक्ष दल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "বিএনপি", demo.asbict.com, मूलबाट २०२०-०६-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०६-०६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०८ मिति
  2. २.० २.१ Wohab, Abdul, ""Secularism" or "no-secularism"? A complex case of Bangladesh", tandfonline.com, अन्तिम पहुँच मे २७, २०२१ 
  3. "BNP raises its anti-India card again", Dhaka Tribune, अन्तिम पहुँच ६ मे २०१८ 
  4. "Why BNP's tirade against PM Hasina's India visit sounds hollow", The Daily Star: Bangladesh's Islamist opposition too seems to be on an overdrive to belittle Hasina whenever she is on a visit to India. But these high-pitch allegations ring hollow., ९ सेप्टेम्बर २०२२, मूलबाट ९ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२२ 
  5. Riaz, Ali (२००३), ""God Willing": The Politics and Ideology of Islamism in Bangladesh", Comparative Studies of South Asia, Africa and the Middle East 23 (1–2): 301–320, डिओआई:10.1215/1089201X-23-1-2-301 
  6. "BNP gets Asia Pacific Democrat Union's full membership"Prothom Alo English Desk (अङ्ग्रेजी भाषा)। १६ मार्च २०१९। सङ्ग्रह मिति डिसेम्बर २५, २०२२ 
  7. ७.० ७.१ "The Name of Party", Bangladesh Nationalist Party 
  8. ८.० ८.१ "রাজনৈতিক চরিত্র হারাচ্ছে বিএনপি!", Bangla Tribune (बङ्गालीमा), १८ फेब्रुअरी २०१६, अन्तिम पहुँच २१ मार्च २०२४ 
  9. "BNP to hold countrywide protest movement today condemning Nayapaltan clash, arrest of its leaders", The Business Standard (अङ्ग्रेजीमा), २०२२-१२-०८, मूलबाट ५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-०५, "The meeting was presided over by BNP acting chairman Tarique Rahman(...)Tarique and his wife Zubaida Rahman have been living in London since 2008." 
  10. "BANGLADESH: parliamentary elections Jatiya Sangsad, 1991", Inter-Parliamentary Union, मूलबाट ६ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१९ 
  11. "Opposition primed to win Bangladesh poll", UPI (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-०५ 
  12. "Bangladesh parliamentary Elections 1 October 2001: Final Report", EU Election Observation Mission, मूलबाट ८ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-२७ 
  13. "Begum Khaleda Zia -", Archives of Women's Political Communication (अङ्ग्रेजीमा), मूलबाट ५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-०५ 
  14. "www.ecs.gov.bd", मूलबाट २०१३-०७-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१२-१३ 
  15. "4 BNP MPs elect enter JS oath", The Daily Star, मूलबाट १ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  16. Siddiqui et al. 2010, पृष्ठ 324.
  17. "বিএনপি সমর্থিত কৃষিবিদদের সংগঠন"প্রথম আলো 
  18. "মাঠে নামবে বিএনপি সমর্থক পেশাজীবী সংগঠন"দৈনিক প্রথম আলো