सामग्रीमा जानुहोस्

बिमा कुमारी दुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिमा कुमारी दुरा
चित्र:Bima Kumari Dura with Norma Blackstock.jpg
सन् २००९ मा नेपालको संगीत संग्रहालयमा नोर्मा ब्ल्याकस्टक (बायाँ) सँग दुरा (दायाँ)।
जन्मबिमा कुमारी दुरा[]
लमजुङ, नेपाल
वासस्थानअमेरिका

बिमा कुमारी दुरा नेपाली लोकगायिका हुन सन् १९९० र २००० को दशकमा उनले नेपाली लोक दोहोरीको क्षेत्रमा ख्याति कमाउनु भएको थियो।[] [] []

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]
चित्र:Bima Kumari Dura Young.jpg
बिमा कुमारी दुरा

लमजुङको दुराडाँडा तुर्लुङकोट भाँगुमा जन्मिनुभएकी गायिका दुरामा सानैदेखि गायनमा रुचि थियो। गाउँघरमा मेलापात, उकाली–ओराली भञ्ज्याङ, चौतारी गर्दैगर्दा उहाँ गीत गुनगुनाउनुहुन्थ्यो। वनपाखा, मेलापात नै उहाँका गीत गाउने प्रेरणा हुन्।

त्यसैले त गाउँघर, वनपाखा, मेलापात, उकाली, ओराली, माया, प्रेम, मिलन, विछोडका साथै नारी वेदना र संवेदनाका भाव छताछुल्ल पोखिएका हुन्छन्, उहाँले गाएका गीतहरुमा। र त उहाँले गाएका थुप्रै गीत आज पनि ताजै छन्। सबैका हृदयमा छन्।

साङ्गितिक जीवन

[सम्पादन गर्नुहोस्]
चित्र:Bima Kumari Dura And Girija Prasad Koirala.jpg
गिरीजा प्रसाद कोइराला (बायाँ) बीमा कुमारी दुरा (दायाँ) लाई सम्मान गर्दै

हजारौँ लोकप्रिय गीतका शब्दमा आफ्नो ‘कोकिल श्वर’ले प्राण भर्नुभएकी गायिका दुराले २०४६ सालमा पहिलो गीत रेकर्ड गर्नुभएको थियो।

‘बिसं २०४६ सालमा उनको पहिलो गीत छोरीको जुनी रेकर्ड भएको हो। त्यपछि छुट्यो माया जाल लगायतको गीत रेकर्ड भई प्रसारण भएसंगै उनी चर्चामा आउनुभएको थियो।

सांगीतिक क्षेत्रमा उनले थुप्रै सम्मान र पुरस्कारहरु पाउनुभएको थियो।[]

चर्चित गितहरू

[सम्पादन गर्नुहोस्]
  • आँधिखोला उर्लेर आयो
  • बनको काफल बनकै लाई
  • श्रीनगर बतासे डाँडैमा
  • भरिया दाईले बिसाउने भारी
  • जापान टोकियो
  1. "‘मखमली’ आवाजकी धनी बिमाकुमारी दुरा", Ujyaalo Online, अप्रिल १७, २०२१, अन्तिम पहुँच २०२४-०७-३० 
  2. "सधैंलाई नेपाल छाड्दै बीमाकुमारीले भनिन्- म जस्तो रोएर कोही हिंड्नु नपरोस्", Online Khabar, मे २०२२, अन्तिम पहुँच जुलाई ३०, २०२४ 
  3. "सहकारीबाट ठगिइन् लोकगायिका बिमाकुमारी दुरा", Nepal Live, मे २०१९, अन्तिम पहुँच जुलाई ३०, २०२४ 
  4. "'सहर सोचजस्तै भएन'", Nagarik News, अन्तिम पहुँच २०२४-०७-३० 
  5. "चार लोकदोहोरी गायिका : पहिलो गीत कसरी रेकर्ड गरे ?", डिसेम्बर २०२१, अन्तिम पहुँच २०२४-०७-३०