सामग्रीमा जानुहोस्

लमजुङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लमजुङबाट अनुप्रेषित)
लमजुङ
अन्नपुर्ण (दोश्रो) हिमालको दृश्य (७,९३९ मिटर)
अन्नपुर्ण (दोश्रो) हिमालको दृश्य (७,९३९ मिटर)
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो)को अवस्थिति
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो)
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ जिल्ला
सदरमुकामबेसीसहर
क्षेत्रफल
 • जम्मा१,६९२ किमी (६५३ वर्ग माइल)
उच्चतम उचाई
८,१६२ मिटर (२६७७८ फिट)
न्यूनतम उचाई
३८५ मिटर (१२६३ फिट)
जनसङ्ख्या
 (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[][]
 • जम्मा१६७,७२४
 • घनत्व९९/किमी (२६०/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार
भाषा
 • मुख्य भाषाहरूनेपाली, मगर, गुरुङ भाषा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६६
स्थानीय तहको संख्या
वेबसाइटwww.ddclamjung.gov.np

लमजुङ नेपालको सात प्रदेशहरू मध्येको गण्डकी प्रदेशका ११ वटा जिल्लाहरूमध्ये एक ऐतिहासिक महत्त्व रहेको जिल्ला हो ।[]

लमजुङ जिल्ला भौगोलिक रूपमा मध्य पहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्र सम्म फैलिएर रहेको छ । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्त्वपूर्णा यो जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । गुरुङ जातिको बाहुल्यता रहेको यस जिल्ला ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको हिसावले प्रमुख स्थानमा रहन्छ । नेपाललाई चिनाउने संस्कृति माध्यम लोक दोहोरी गीतको उदगम स्थल यस जिल्लालाई मानिन्छ । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ । राजनीतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई ५२ गाउँ विकास समिति, ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।[]

"लमजुङ" शब्द मगर भाषाबाट आएको मानिन्छ । यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ ।[]

राष्ट्रिय जनगणना २०६८ अनुसार लमजुङ जिल्लाको कूल जनसङ्ख्या १,६७,७२४ जना मध्ये पुरुष ७५,९१३ जना र महिला ९१,८११ रहेका छन । [][]

ऐतिहासिक पृष्ठभुमि

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरुङ तथा घले जातिको सामाजिक तथा राजनीतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन । जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ ।[]

सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ ।[]

इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लीइएको पाइन्छ । त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ ।[]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका गरि ८ वटा स्थानीय तहहरू रहेका छन्।[]

लमजुङ जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
बेसीसहर नगरपालिका बेसीसहर,उदीपुर,गाउँसहर,चण्डीस्थान, बाग्लुङपानी (३,४,७-९), बाँझाखेत, हिलेटक्सार (९) र चिती ११ बेसीसहर ३८,२३२ १२७.६४ ३००
मध्यनेपाल नगरपालिका जिता, तान्द्राङ टक्सार, रम्घा, सूर्यपाल,समीभञ्ज्याङ, बाँग्रे, भोर्लेटार, इशानेश्वरकरापुनेटा १० रम्घा २१,९७१ ११३.८६ १९०
राइनास नगरपालिका तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुङमोहोरियाकोट १० चक्रतीर्थ १७,४०२ ७१.९७ २४०
सुन्दरबजार नगरपालिका सुन्दरबजार, भोटेओडार, तार्कु, परेवाडाँडा, कुन्छा, चन्द्रेश्वर, दुराडाँडा, धुसेनीसिन्दुरे ११ सुन्दरबजार २७,०४३ ७२.०५ ३८०
क्व्होलासोथार गाउँपालिका बाग्लुङपानी(१,२,५,६), मालिङ, उत्तरकन्या, भुजुङ, पसगाउँ, भोजेगिलुङ मालिङ ७,९६० १७५.३७ ४५
दूधपोखरी गाउँपालिका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्कीगौँडा गौँडा ८,५९२ १५५.३३ ५५
दोर्दी गाउँपालिका हिलेटक्सार (१-८), भार्ते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनीबन्सार नौथर १६,०५० ३५०.९३ ४६
मर्स्याङ्दी गाउँपालिका घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, सिम्पानीभुलभुले भुलभुले १७,०८० ३५०.९३ ४९
लमजुङ जिल्लाका पूर्व गाविसहरूको नक्सा

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]
  • अक्षांश: २८ डिग्रि ३ मिनेट देखि २८ डिग्रि ३७ मिनेट उत्तर
  • देशान्तर: ८४ डिग्रि ११ मिनेट देखि ८४ डिग्रि ३८ मिनेट पूर्व
  • सिमाना: पूर्व- गोरखा, पश्चिम-कास्की, उत्तर-मनाङ र दक्षिण- तनहुँ
  • क्षेत्रफल: १६९२ वर्ग किलोमिटर
  • सबभन्दा होचोस्थान: ३८५ मिटर (रम्घा गाविस अन्तर्गतको दुईपिप्ले बगैंचा)
  • सबभन्दा अग्लोस्थान: ८,१६२ मिटर (मनास्लु हिमाल)[]

पश्चिम नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित लमजुङ जिल्ला १६९२ वर्ग किलोमिटरको भौगालिक क्षेत्रफल भित्र फैलिएको छ। समुद्र सतहबाट ३८५ मिटर उचाई देखि ८१६२ मिटर अग्लो मनास्लु हिमशिखर सम्मको धरातलीय उचाईले गर्दा यो जिल्लामा ठूलो पाइन्छ । अत्यन्त गर्मी हावापानीदेखि अतिठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो जिल्ला निकै प्रसिद्ध पनि छ ।[]

यहाँ प्रशस्त नदीनालाहरू बग्दछन् जसले लाखौं किलोवाट विद्युत उत्पादन गर्न सकिन्छ अर्कोतर्फ यस जिल्लामा नीरमसी, पाखनवेद, पाँचऔंले, चिर्राईतो, जटामसी, गुर्जो, सर्पगन्धा, यार्चागुम्वा, कुट्की, सुगन्धवाल आदि वहुउपयोगी र वहुमूल्य जडीवुटीहरू पाइन्छन् । हिमाली क्षेत्रमा अनेर्कौ वहुमूल्य पत्थरहरू पाइन्छन् । दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि ज्यादै सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्त्वका पर्यटकीय स्थलहरूले गर्दा यस जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुर्‍याउन मद्दत मिलेको छ । यस जिल्लामा यातायात तथा विद्युतीकरणको पनि राम्रो सुबिधा पुगेको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
  3. ३.० ३.१ "जिल्ला विकास समिति, लमजुङ (सांख्यिकीय रिपोर्टहरू)", जिल्ला विकास समिति, लमजुङ, http://www.ddclamjung.gov.np/index.php?option=com_content&view=article&id=79&Itemid=70। 
  4. "लमजुङ जिल्ला : परिचय" [स्थायी मृत कडी]
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ "जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, लमजुङ, http://www.ddclamjung.gov.np/index.php?option=com_content&view=article&id=78&Itemid=69। 
  6. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

जिल्ला विकास समिति, लमजुङ

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]