सीमा शर्मा शाह
सीमा शर्मा शाह | |
---|---|
जन्म | सन् १९६६ भारतको वनारसस्थित सिद्धेश्वर गल्ली |
राष्ट्रियता | नेपाली |
शिक्षा | विद्यावारिधि |
पेशा | प्रिन्टिङ मेकिङ छापाचित्र |
चिनारीको कारण | छापाचित्र |
गृहनगर | डल्लु आवास काठमाडौं, नेपाल |
जीवनसाथी | उमाशंकर शाह |
डा.सीमा शर्मा शाह नेपाली ललितकला क्षेत्रमा परिचित नाम हो । समसामयिक नेपाली चित्रकलामा डा. शर्माले आफ्नै शैली र सीपमा कला रचना गर्दै आएकी छन् । नेपालमा कला विषयमा पिएचडी गर्ने कलाकारका रूपमा परिचित डा. शर्मा छापाचित्रणमा दख्खल राख्छिन् ।[१] उनले बनाएका छापाचित्रणमा नेपाली संस्कृति र सम्पदाको इतिहासलाई उतारेका पाइन्छ ।
सन् १९९० को दशकदेखि शर्माका कलामा नेपाली संस्कृति र सम्पदाको प्रयोग बिम्बात्मकरूपमा भएको पाइन्छ । जुन समसामयिक नेपाली कलामा मूलधारका रूपमा स्थापित हुन पुग्यो ।
उनको जन्म सन् १९६६ मा भारतको वनारसस्थित सिद्धेश्वर गल्लीमा भएको हो । बुबा ओमप्रकाश शर्मा र आमा कुशुम शर्माका सुपुत्री डा. शर्मा सानैदेखि कलामा रुचि राख्थिन्। सन् १९९५ मा मधेश प्रदेश जनकपुर निवासी कलाकार उमाशंकर शाहसँग विवाह भयो । वनारसका साडी व्यापारीकी छोरी सीमा र जनकपुरका उमाशंकर शाह एउटै कलेजका सहपाठी थिए ।[२]
कलायात्रा
[सम्पादन गर्नुहोस्]सानैदेखि कलामा गहिरो अभिरुचि राख्ने डा. शर्माले बिएफए चित्रकलामा सन् १९८८ (२०४५ साल) मा वनारस हिन्दू विश्वविद्यालयबाट गरिन् । सोही विश्वविद्यालयबाट प्रिन्टिङ मेकिङ विषयमा गोल्ड मेडलसहित ०४७ सालमा एमएफए सकिन् । उनले सन् १९९८ (०५५ साल) मा सोही विश्वविद्यालयबाट प्रिन्टिङ मेकिङ (छापाचित्र) मा विद्यावारिधि गरिन् ।
डा.शर्माले सन १९९० मा एमएफएको अध्ययन सकेपछि वनारस हिन्दू विश्वविद्यालयमा तीन वर्ष जति अध्यापन कार्यमा लागिन् । विवाहपछि उनी काठमाडौं आइन् । उनका पति उमाशंकर पनि कलाकारितामै सक्रिय भएकाले कलायात्रालाई सहज ढंगले अगाडि बढाइन् । काठमाडौं आएको केही समयपछि दुवैजनाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पस भोटाहिटीमा चित्रकला विषयको अध्यापनमा सक्रिय भइन् । [३]
सम्मान तथा पुरस्कार
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]