मयल (वनस्पति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मयल [१]
मयलको फल र रूख
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
P. pashia
वैज्ञानिक नाम
Pyrus pashia
Linnaeus, 1758
मेहलको फूल

मयल एक पहाडी वनस्पति तथा फल हो। यसलाई ठाउँ अनुसार र भाषा अनुसार फरक फरक नाम दिएको पाइन्छ। यसळाई कतै मेल, मेहेल, मिहाल, इत्यादि भनेको पाईएको छ। मयलको सानो बुटालाई नास्पातीको कलमी गर्न उपयोगमा ल्याईन्छ। यसको पात नास्पतिको जस्तै तर सानो हुन्छ। मेहलको हाँगामा काँडाहरू हुन्छन्। मेहलको फल काँचो छँदा नास्पतिकै रंगको हुन्छ। पाके पछि मेहलको फल कालो हुन्छ। यसको दानाको आकार लिची जत्रै हुन्छ। यसको फल देख्दा त नखाएको मान्छेलाई घिन लाग्दो भए पनि खाए मिठो हुन्छ। पहाड तिर मेहलको काँचो फललाई केरा पकाए जस्तै पकाईन्छ। पकाई सके पछि फलहरूलाई निचोरेर रस बनाईन्छ। त्यो रसलाई "भुटन" भनिन्छ। भुटन तमाखु खानेहरूले तमाखु मस्ने (हल्का भिँजाउने) काममा ल्याउछन्। भुटन धेरै बिमारीको ओखतीको लागि पनि प्रयोग गरिन्छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत शब्दकोष'- नेपाल प्रज्ञा प्रतिष्ठान

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]