मखमली (फूल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मखमली
Gomphrena globosa
"Purple Globe Amaranth"
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
G. globosa
वैज्ञानिक नाम
Gomphrena globosa
L.
मखमली फूलको गुच्छा

मखमली (वैज्ञानिक नाम: Gomphrena globosa)[१] फूल नेपालीहरू को लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो। मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रुप मा लिइन्छ| त्यसैले यस फुल को माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । संकृत मा रक्त मल्लिका भनिने यो फुल देख्नमा पनि सुन्दर भएको ले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहार मा पनि परेको थियो। त्यससमय मा यो यो नेपाल मा प्रसिद्ध रहेको र भारत मा अप्राप्य रहेको प्रतित हुन्छ। सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ। छुँदा घोच्ने यो फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याँउदा फूलको रंग मखमलको कपडाजस्तो देखिनु नै भएको अनुमान गर्न सकिन्छ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]


फूलहरूको पर्व[dead link]


  1. Linnaeus, C. von, 1753-05-01Species plantarum. index: 2007-07-21