रमेश रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रमेश रिजाल

२०४८ र २०५१ सालको संसदीय निर्वाचनमा पर्सा क्षेत्र नं.४बाट विजयी रमेश रिजाल संविधानसभामा पर्सा ५बाट निर्वाचित सभासद हुनुहुन्छ। २०१५ सालमा संसदका उम्मेदवार रहनुभएका आफ्ना बुबाबाट प्रेरित रिजाल विद्यार्थी अवस्थाबाट नै राजनीतिमा संलग्न हुनुभएको हो। ५३ वर्षीय रिजालले नेपाली काङ्ग्रेस पर्सा जिल्ला सचिव र उपाध्यक्षका रूपका काम गर्नुका साथै पार्टी केन्द्रीय सदस्यको जिम्मेदारी समेत वहन गरिसक्नुभएको छ। राजनीतिक संघर्षका क्रममा २०२९, २०३० र २०३६ सालमा गरी उहाँले तीन वर्ष जेल जीवन बिताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रका स्नातक रिजाल एक छोरा, एक छोरीका पिता हुनुहुन्छ। उहाँ राजनीति बाहेक व्यापार र हेल्थ असिस्टेन्ट सम्बन्धी तालीममा प्रत्यक्ष-अप्रत्यक्ष सम्बद्ध रहँदै आउनुभएको छ। मीठो खाना खानु र संगीत सुन्नु उहाँको सोख हो। लोकतन्त्र प्रतिको आफ्नो आस्था, प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको विश्वास र जनतासँगको निकट सम्बन्धले आफूलाई संविधानसभामा विजयी बनाएको उहाँको आकलन छ। लोकतन्त्रको विकल्प छैन भन्ने धारणा राख्‍ने रमेश रिजाल संविधानसभामा लोकतन्त्रको संस्थागत विकास, सङ्घीयता र राज्यको पुनः संरचनाका मुद्दाहरू प्रमुखतासाथ उठाउने बताउनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]