गोपाल ठाकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोपाल ठाकुर

बारा, कचोर्वा निवासी गोपाल ठाकुर समानुपातिक तर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयवाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर ठाकुर एमाले संगठित सदस्य र केन्द्रीय सांस्कृतिक विभागका समेत सदस्य हुनुहुन्छ। जातिगत विभेद र प्रजातन्त्रका लागि विद्यार्थी अवस्था (२०३६ साल) देखि नै राजनीतिमा संलग्न रहँदै आएका ठाकुरले एमाले सम्बद्ध किसान सङ्घ (बारा)को सचिबको जिम्मेदारी बहन गरिसक्नुभएको छ। राजनीतिक यात्राका क्रममा उहाँले २०४१ सालमा राजकाज मुद्दा अन्तर्गत सात महिना जेल जीवन बिताउनुभएको छ। राजनीति बाहेक उहाँको पेशा पत्रकारिता हो। सभासद गोपाल ठाकुरले रेडियो नेपालमा १३ वर्ष काम गरिसक्नुभएको छ। यसका साथै उहाँले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा भाषा विज्ञान प्राध्यापन समेत गर्नुभएको छ। संसदीय चुनावहरूमा भाग नलिएका ठाकुरको रुचि अध्ययन, अनुसन्धानमा छ। पार्टीप्रतिको निष्ठा र लगनशीलताले आफूलाई संविधानसभा सम्म पुर्‍याएको आकलन गर्ने ४७ वर्षीय गोपाल ठाकुरले संविधानसभामा भाषा, संस्कृति, संगीत र श्रमजीवी पत्रकारको पक्षमा वकालत गर्ने अठोट गर्नुभएको छ। अब बन्ने संविधानले सबैलाई समेट्न सक्नुपर्ने र मुलुकलाई अग्रगामी दिशा दिनुपर्ने उहाँको विचार छ।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]