लालुपाते फूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लालुपाते फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
E. pulcherrima
वैज्ञानिक नाम
Euphorbia pulcherrima
Willd. ex Klotzsch

विवरण र फैलावट[सम्पादन गर्नुहोस्]

लालुपाते फूल(अङ्ग्रेजी: Poinsettia वा noche buena), एक प्रकारको फूल फुल्ने वनस्पति हो। यसको वैज्ञानिक नाम Euphorbia pulcherrima हो । [१] लालुपाते फूल पश्चिमी देशहरूको संस्कृतिमा र ब्यवशायको दृष्टिकोणले एउटा महत्त्वपूर्ण बनस्पति हो । यो झाडि वा सानो रुखको आकार भएको मेक्सिको र मध्य अमेरिकी माहाद्विपमा ब्यापक रूपमा पाइने Spurge परिवार को बनस्पति मध्येको एउटा जाति हो । यसको पाकृतिक फैलावटको क्षेत्र र मेक्सिको मध्य अमेरिका माहाद्विपमा प्रशान्त माहासागरको तटवर्ती ईलाकाका मध्यम उचाईका क्षेत्रहरू हुन जुन दक्षिणमा चियापासग्वाटेमाला सम्म फैलिएका छन । लालुपाते फूल उक्त ईलाकाका तट भन्दा टाडाका भित्री भागहरूमा उष्ण तथा वर्षका केही ऋतुमा सुख्खा रहने भुभागका बनहरूमा समेत प्राकृतिक रूपमा पाईनछन । नेपालमा पनि काठमाण्डौं उपत्यका र वरिपरिको पाहाडि इलाकामा जता ततै देखिन्छन ।

फूल वा पात ?[सम्पादन गर्नुहोस्]

लालुपातेका वास्तविक फूल साना साना सामान्य किसिम का हुन्छन तर वास्तविक फूलहरूलाई घेरेर राखेका फूल जस्ता देखिने प्रयापत्र (bract) हरूले यसलाई फूलको गौरव दिएका हुन्छन । यि प्रयापत्रहरु परिवर्तित पातहरु हुन जसको विकासकोलागि लालुपाते लाई प्रकाशावधि (photoperiodism) को जरुरी हुन्छ , यानी यीनीहरूको पातको रंग परिवर्तन हुनको लागि अँध्यारो चाहिन्छ (हरेक दिन १२ घण्टाको अँध्यारो नबिराई कम्तिमा ५ दिन सम्म ) । साथसाथै चम्किलो रंगको विकाश हुनको लागि भने यसलाई दिनमा प्रशस्त प्रकाश चाहिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

यो फूल अमेरिकामा भित्राउने काम मेक्सिकोकोलागि पहिलो मेक्सिकोकोलागि अमेरिकी राजदूत Joel Roberts Poinset [२]ले सन् १८२५ गरेका थिए जसको कारण यसको चलन चल्तिको अङ्ग्रेजी नाम Poinsettia राखियो । यो फूलका १०० भन्दा बडि खेति गरिने प्रजातिहरू छन् ।

यो फूल पश्चिमी देशहरूमा, विशेष गरी अमेरिकामा क्रिसमस फूलको रूपमा प्रयोग गर्ने गरिएकोले यसको ठूलो कारोवार हुने गरेको छ । सन् १९०० मा जर्मनीबाट अमेरिका बसाईँ सरेर आएका Albert Ecke ले शुरुमा दुधको र बगैंचाको काम थाले । यो फूल देखेर उनी अति चकित भए र पछि बाटाको छेउका साना पसलहरूबाट यो फूल बेच्न थाले । उनका छोरा Paul Ecke ले यो फूलको कलमी को नयाँ तरिकाको विकाश गरे । तर Ecke परिवारको तेश्रो सन्तति Paul Ecke Jr. ले मात्र यो फूल र क्रिसमस को सम्बन्धलाई जोडे र यो व्यवशायलाई सोहि अनुरुप अगाडि बडाए । हुर्केका फूलहरूलाई उनले शुरुमा रेल मार्फत ग्राहकहरूमा पुरयाउँथे र पछि साना साना काटिएका हाँगाका टुक्राहरु हवाईजहाज मार्फत पठाउन थाले । सन् १९९० सम्म Ecke परिवारको लालुपाते फूलको व्यवसायमा एककाधिकार जस्तै थियो , उनिहरूले कलमी सम्बन्धि को एक गोप्य प्रविधिले गर्दा उनिहरुका फूलहरु अरु भन्दा ठूला, कस्सिएका र चम्किला हुने गर्दथे र बजारमा अरुले प्रतिस्पर्धा गर्न सक्दैनथे । उनको गोप्य पद्दति दुई किसिमा प्रजातिको कलमी मिसाएर लालुपातेको विकाश गर्ने थियो जसले गर्दा उनका फूल ठूला, कस्सिला र चम्किला देखिन्थे । यो पद्दति सन् १९९० मा एक विश्व विद्यालयका अनुसन्धानकर्ताले पत्ता लगाए र प्रकाशित गरी दिए । त्यस पछि यो व्यवसायमा प्रतिस्पर्धा बड्यो, विषेश गरी दक्षिण अमेरिकाको सस्तो श्रमको प्रयोग हुन थाल्यो । Eric परिवारको व्यवसाय जसको नेतृत्व Paul Ecke त्रितीय ले गर्छन , अमेरिकामा लालुपाते को उत्पादन बन्द गर्ने निधो गरे । तर सन् २००८ सम्म पनि आन्तरिक बजारको ७० प्रतिशत र अन्तराष्ट्रिय बजारको ५० प्रतिशत व्यवशाय Ecke परिवार कै हाथ मा छ ।

खेति[सम्पादन गर्नुहोस्]

हलेण्ड को डेन बोमे मा गरिएको लालुपातेको खेति
लालुपातेको नजिकैबाट खिचेको फोटो (Euphorbia pulcherrima)

प्राकृतिक रूपमा पाईने क्षेत्रहरु बाहेक लालुपातेको खेति घर वा छाप्रा भित्र गरिन्छ जहाँ विहानीको राम्रो घाम र दिउँसो गर्मीको बेला छहारी भएको वातावरण उपलब्छ हुन्छ । AustraliaMalta जस्ता उप-उष्णदेशीय क्षेत्रमा लालुपातेको खेति प्रशस्त गरिन्छन ।

यदि राम्रो सँग ध्यान दिने हो भने लालुपाते किनेर ल्याएको गमलाको फूल मरे पछि पनि फेरि फूल फूलाउन सकिन्छ । रातो थुँगा हरूलाई काट्नु पर्छ र जाडो समयको अन्तिम तुषारो पछि घर बाहिर निकाल्नु पर्छ । शरद ऋतुमा तुषारो भन्दा पहिलै फेरि भित्र सार्नु पर्छ जुन ठाउँमा राति कुनै किसिमको उज्यालो हुनु हुँदैन । फूलको विकासको लागि शरद ऋतुमा घर भित्र लगभन २ महिनाको हरेक रात, लामो रातको अविरल अँध्यारो चाहिन्छ । यदि राति बिच बिचमा उज्यालो परे फूल उत्पादनमा बाधा आउँछ । सिँचाई गर्दा बचेको पानी सजिलै बगेर जानु पर्छ । लालुपातेलाई भिजेको माटो चाहिन्छ तर पानी जमेको खण्डमा बोटलाई हानी हुन्छ ।

रोग हरु[सम्पादन गर्नुहोस्]

मुख्य लेख : लालुपातेका रोगहरु लालुपाते लाई विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छन । धेरैजसो फंगी द्वारा लागिने रोग हुन्छन तर ब्याक्टेरिया वा परजीवी द्वारा लाग्ने रोग पनि हुन्छन ।

उद्धरण[सम्पादन गर्नुहोस्]

  1. "poinsettia entry", Dictionary.com, अन्तिम पहुँच १५ डिसेम्बर २०१२ 
  2. Bussell, Gene (Dec २००९), "Get Ready for Holiday Flowers", Souther Living 44 (12): ८८।  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)

ग्यालरी[सम्पादन गर्नुहोस्]


बाहिरी लिँकहरु[सम्पादन गर्नुहोस्]