फलादेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फलादेश जन्म समयको आधारमा राशिहरूको भाव निर्धाण गरेर र अन्य जानकारीको आधारमा गरिने ब्यक्तिको भविष्यवाणी हो। अरूको भविश्यवाणी गर्ने व्यक्तिलाई ज्योतिष भनिन्छ। कुनै एउटा ग्रहको फलादेश गर्दा अरू सबै ग्रहहरूसँगको सम्बन्धलाई केलाएर मात्र गरिन्छ। ग्रहहरू गतिशील भएकाले आफ्नै भावमा फेला नपर्न पनि सक्छन्।

जानकारीको लागि मात्र तर अपूर्ण कुन्डलि। कुन्डलिका मुख्य भागहरू देखाईएको छ

फलादेशको तरिका[सम्पादन गर्नुहोस्]

चित्रमा १ लेखिएको कोठालाई लग्न भनिन्छ। लग्न जहिले पनि त्यही कोठा हो। १ लेखेको घर प्रथम भाव भयो जसको राशी मेश हो । यो ब्यक्तिको कुन्डलिको चित्रमा प्रथम भावमै १ (मेष जनाउने) भएपनि, त्यो अरु कुनै ब्यक्तिको भए १२ पनि हुनसक्थ्यो, अर्थात मीन राशि। प्रथम भावबाट घडीको उल्टो दिशातिर अन्य भावहरू गन्दै लगिन्छ। चित्रमा भाव र राशि सन्योगबश एउटै अङ्क परेका छन्। कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम भावहरूलाई केन्द्र भनिन्छ। पहिलो भावबाट कुण्डलीवाला व्यक्तिको निजी चरित्र अनुमान गरिन्छ। चौँथो भावबाट मातृपक्ष, शरीर आदि, सातौँ भावबाट पति/पत्‍नी, कुटुम्भ र दशम भावबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। द्वितीय भावले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। षष्ठम भावबाट स्वास्थ, रोग आदि, अष्टम भावबाट आयु र द्वादश भावबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ। जस्तो कि चित्रमा चौथो भावमा बुध आएर बसेको छ जुन मिथुन राशिको भाव हो, जसको स्वामी बुध नै हुन्छ।यसरी प्रत्यक ग्रहका घर र तिनमा बसेका अरु ग्रह र यिनै कुरा हेरेर भविश्य अनुमान गरिन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

[[श्रेणी:ज्यो

तिष]]