ब्रह्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सनातन हिन्दू समाजमा आध्यात्मिक जानकारी दिने मूल पुस्तकहरू संस्कृत भाषामा भएका र संस्कृत भाषाको अध्यन अध्यापन सिमित रहेकाले नेपाली जन जीवनमा आध्यात्मिक जानकारीपनि सिमित बनेको छ। नेपाली भाषामा प्रकाशित आध्यात्मिक लेख रचनाहरूमापनि धेरै संस्कृत सब्दहरूका प्रयोग र घुमाउरा वाक्यहरूका कारण सामान्य लेख पढ गर्नेले सहजै बुझ्न सक्ने स्थिति छैन। ब्रह्म र ब्रह्मा सब्दको अर्थ फरक हो भन्ने कुरा अधिकांस मानिसहरूमा जानकारी पुगेको छैन। अझ इश्वर एक हो कि अनेक भन्ने कुरा त अन्योल मै परेको छ। साथै वेदको अध्ययन, व्याख्यान र कर्मकाण्ड खास जाति वर्गमा मात्र सिमित भन्ने मान्यताले अन्य समुदायमा यस बारे चासोपनि कमै छ। फल स्वरूप धर्म संस्कृति बारे अन्धबिश्वास र अनास्था कम हुन सकेको छैन। यसै कारणले सहज नेपाली भाषामा यस्ता जानकारी आदान प्रदान सहज होस् भनि यो लेखन सुरु गरिएको हो।

ब्रह्म[सम्पादन गर्नुहोस्]

हिन्दू दर्सन अनुसार ब्रह्म नै सारा जगतको सार रपरम सत्य हो।उ नै दुनियाको आत्मा हो। विश्वको उत्पत्ति ब्रह्म बाटै भएको, उसैमा आधारित रहने र अन्तमा उसैमा बिलिन हुने हुँदा समस्त विश्वको कारण नै हो। उ अद्वितीय छ। उ स्वयम् परम ज्ञानी भएकाले प्रकाशको स्रोत झैं उज्यालो छ। उ निराकार, अनन्त नित्य र शाश्वत छ। ब्रह्म सर्वशक्तिमान र सर्वब्यापी छ।

श्रृष्टिको कारक तत्वलाई सहज भाषामा प्रकृति भनेर बुझने गरिन्छ। प्रकृतिको क्रियाकलाप सञ्चालन गर्ने र समस्त भूतहरूमा स्थित आत्मतत्वको श्रोतलाई परीचालन गर्न एकमात्र परमतत्वको अस्तित्व स्विकार गरीएको छ। त्यसै परम तत्वलाई ब्रह्म वा परब्रह्म(परमात्मा लगायत कैयो नाम दिइएका छन। अतः विश्व ब्रह्माण्डको श्रृष्टि, पालन र संहार उपक्रम सञ्चालनको समस्त प्रबन्धकर्ता यही अदृश्य परमतत्व हुन आउंंछ। अध्ययनका क्रममा यस परमतत्व ब्रह्मलाई परम प्रकृति भन्दा बुझन सहज हुनेछ। ब्रह्मको कार्य सम्पादनको माध्यम शक्तिलाई माया शक्ति नाम दिइएको छ। माया शक्तिले आवश्यकता अनुसार इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिमा विभक्त भई अदृश्य रूपमा ब्रह्मको कार्य सम्पादन गराउदछन।

सामान्य श्रृष्टि सञ्चालनको अवस्थामा यो ब्रह्मका् स्थिति : भूत, भविश्य र वर्तमान तिनै अवस्थामा ससर्वत्र र समस्तमा अप।िहार्य रूपले व्याप्त रहेको हुन्छ। सदा सत, चित र आनन्दमा एकात्म्य रूपले व्याप्त रहेको हुन्छ। आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ।

प्रलयको अन्ध अवस्थामाः निज नाम, रूप र उपाधी विहीन भएर पूर्ण ससुप्त रहेको हुन्छ हामीले हिरण्यगर्भ भन्ने गरेको एउटै पिण्डाकारमा सर्व व्याप्त भएर अवस्थित हुन्छ तर ठीक समयमा जागा भएर क्रियाशिल हुनपर्ने आफनो कर्तव्य प्रति अविच्छिन्न रूपले सचेष्ट वनि रहेको अवस्था हुन्छ उसको अन्तरमा माया शक्तिका तिनवटै रूप सञ्चित भएर भरीपूर्ण र अक्षत रहेको हुन्छ यी शक्तिहरूले प्रलय अवस्थाको अन्तबाट शुन्य समय पार गरी पुनश्र्रृष्टिमा फड्को मार्ने वेला लाई चनाखो भइ पर्खिरहेका हुन्छन् यतिखेर यी बाहेक अरु दर्शक साक्षी विद्यमान हुदैनन्

पुनश्र्रृष्टि प्रारम्भको अवस्थामा ः शुन्य समय पार गर्नासाथ यो कारका तत्त्व ब्रह्मको श्रृष्टि, स्थिति एवम लयको सञ्चालन चक्र सामान्य अवस्थामा आएर पुनः गतिशिल हुन्छ र पहिले जस्तै : भूत, भविश्य र वर्तमान तिनै अवस्थामा सर्वत्र र समस्तमा अपरिहार्य रूपले व्याप्त रहन्छ, सदा सत, चित र आनन्दमा एकात्म्य रूपले व्याप्त रहन्छ, आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ।

परब्रह्म[सम्पादन गर्नुहोस्]

बह्मकै निर्गुण र असीम रूप नै परब्रह्म वा परम-ब्रह्म हो। वास्तवमा अनन्त सत्य, अनन्त चित र अनन्त आनन्दपूर्ण तत्त्व भएको हुँदा विद्वानहरूले "नेति-नेति" भन्दै उसके गुणको व्याख्या पुरा गर्न नसकी अन्त गर्ने गर्दछन्। अद्वैत वेदान्तमा उसैलाई परमात्मा भनिएको छ। 'ब्रह्म सत्यम जगन मिथ्या,जिवो ब्रम्हैव ना परः' ब्रहम मात्र सत्य हो र बाकि सवै मिथ्या हो। त्यहि ब्रह्म नै जगतको नियन्ता हो।

अपरब्रह्म[सम्पादन गर्नुहोस्]

ब्रह्मको अनन्त शुभ गुण युक्त रूप नै अपरब्रह्म हो। उ पूज्य भएकाले उसलाई ईश्वर मानिएको हो। अद्वैत वेदान्तका अनुसार मान्छेले मन र बुद्धिका लगाएर उसलाई चिन्ने अभ्यास गर्दै गएमा मायाका प्रभावले उही ब्रह्म ईश्वर बन्दछ।

ब्रह्मा[सम्पादन गर्नुहोस्]

ब्रह्मा हिन्दू धर्मका एक प्रमुख देवता मानिएका छन्। हिन्दुहरूका तीन प्रमुख देवताहरू (ब्रह्मा, विष्णु, महेश) मद्धे यी एक हुन्। ब्रह्मालाई सृष्टि का रचयिता भानिन्छ। पुराणक अनुसार यीनका चार मुख भएकाले चतुर्मुख नामलेपनि प्रसिद्ध छन्। प्रमुख देवता मद्धेका भएरपनि इनको पूजा त्यति धेरै भएको पाइदैन। राजस्थानको पुष्कर नामक स्थानमा इनको एक प्रमुख मन्दिर रहेको छ। पुराणानुसार इनको निवास ब्रह्मलोक हो।