अगस्ति तारा
स्वरूप
अगस्ति वा कनोपस कराइना तारामण्डलको सबैभन्दा चम्किलो तारा हो र अन्य पृथ्वीबाट देखिने ताराहरु भन्दा अर्को सबभन्दा चम्किलो तारा हो। यो F श्रेणीको तारा हो र यसको रंग सेतो वा पहेंलो-सेतो छ। यसको पृथ्वीबाट प्रतीत हुने चम्किलोपन (वा "सापेक्ष कान्तिमान") -०.७२ म्याग्निट्यूड छ जबकि यसको भित्री चम्किलोपन (वा "निरपेक्ष कान्तिमान") -५.५३ नापिन्छ। यो पृथ्वीबाट लगभग ३१० प्रकाश-वर्षको दूरीमा छ।
अन्य भाषामा
[सम्पादन गर्नुहोस्]अगस्तिलाई अङ्ग्रेजीमा "कनोपस" (Canopus) र अरबी र फारसीमा "सोहेल" (ur) भन्दछन्।
विवरण
[सम्पादन गर्नुहोस्]अगस्ति एक दानव तारा हो। यसको द्रव्यमान (पिण्ड)(mass) हाम्रो सूर्यको द्रव्यमानभन्दा ८.५ गुणा छ र यसको व्यास (डाइमीटर) सौर व्यासभन्दा ६५ गुणा छ। यसको सतही तापमान ७,३५० क्याल्भिन छ। यसको प्रकाश भयंकर छ - हाम्रो सूर्यबाट १३,६०० गुणा अधिक।
सांस्कृतिक प्रसंग
[सम्पादन गर्नुहोस्]- अगस्तिको नाम अगस्त्य ऋषिमा राखिएको छ किनभनें मानिन्छका यस ताराहरूको अध्ययन गर्ने वाला उनी पहिला ऋषि थिए र उनी पहिला संस्कृत विद्वान थिए जसने यसलाई देखे। खगोलीय गोलामा ताराहरु युगहरुका साथ-साथ हल्लिन्छन् र कुनै स्थानबाट कहिले त हेर्न सकिन्छ र कहिले सकिंदैन। वर्तमान युगमा अगस्ति तारा बिस्तारै उत्तर तिर जाँदैछ। अनुमान लगाइन्छ कि यो विन्ध्याचल पर्वतहरूमा लगभग सन् ५,२०० ईसापूर्वमा र दिल्ली वा कुरुक्षेत्रका आसपासका इलाकामा सन् ३,१०० ई॰पू॰मा नैं देखिन शुरू भयो। यसबाट केही मानिस अनुमान लाउँछन् ऋषि अगस्त्य विन्ध्य पर्वतहरूलाई पार गरेर दक्षिण भारतमा सन् ४,००० ई॰पू॰का छेउछाउमा देखियो होला।[१]
- मध्यकालमा जब पञ्चतन्त्रको अनुवाद फारसीमा गरिएको त त्यसको दुइ नामहरूबाट जानिन्थ्यो - "कलीला-ओ-दम्ना" (ur, कलीला र दम्ना दुइ पात्रहरुका नाम थिए) र "अनवार-ए-सोहेली" (ur, अर्थ: अगस्तिको प्रकाश)।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Folklore and Astronomy: Agastya a sage and a star, K.D. Abhyankar, Current Science, Vol. 89, No. 12, 25 December 2005
विकिमिडिया कमन्समा अगस्ति तारा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।