अञ्जली पाटिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अञ्जली पाटिल
अञ्जली पाटिल
जन्म (1987-09-26) २६ सेप्टेम्बर १९८७ (उमेर ३६)
नाशिक, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०११ - वर्तमान

अञ्जली पाटिल (जन्म: २६ सेप्टेम्बर १९८७) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी हिन्दी चलचित्रहरूको साथसाथै मराठी, तेलुगु, मलयालम, कन्नड, सिंहली तथा अङ्ग्रेजी चलचित्रहरू पनि गरिसकेकी छिन्। उनले आफ्नो अभिनय यात्राको सुरुवात सन् २०११ मा एक हिन्दी चलचित्र 'दिल्ली इन ए डे'बाट गरेकी थिइन्। उक्त चलचित्रमा उनी रोहिणी नामक महिलाको भूमिका पुरा गरेकी थिइन्। उनलाई पहिलो पुरस्कार सन् २०१४ मा एक तेलुलु चलचित्र 'ना बंगारु तल्ली'को लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भएको थियो।

निजी जीवन[सम्पादन गर्नुहोस्]

अञ्जली पाटिलको जन्म एक मराठी परिवारमा भएको थियो र उनी नासिकमा हुर्केकी हुन्। उनले चौध वर्षको उमेरमा अभिनय गर्ने निश्चय गरेकी थिइन्। यस कारण उनको माता-पिताले उनलाई अभिनयको शिक्षाको लागि सावित्रीबाई फुले पुणे विद्यापीठ पठाएका थिए।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hungama, Bollywood (३० अक्टोबर २०१२), "Introducing Anjali Patil: Prakash Jha's Naxal firebrand - Bollywood Hungama", अन्तिम पहुँच १३ अक्टोबर २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]