अनुसन्धान संस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अनुसन्धान संस्थान, अनुसन्धान केन्द्र, वा अनुसन्धान संस्था भनेको अनुसन्धान गर्नको लागि स्थापना गरिएको हुन्छ। अनुसन्धान संस्थानहरू आधारभूत अनुसन्धानमा मात्र विशेषज्ञता हाँसिल गरेका पनि हुन सक्छन् वा क्रियात्मक अनुसन्धान गर्न समेत उन्मुख भएका हुन सक्छन्। यो शब्दले प्राकृतिक विज्ञानमा हुने अनुसन्धानलाई मात्र विशेष रूपमा सङ्केत गरेपनि सामाजिक विज्ञानका क्षेत्रमा काम गर्ने पनि थुप्रै अनुसन्धान संस्थानहरू छन् जो समाजशास्त्रीयऐतिहासिक अनुसन्धान गर्ने उद्देश्यका साथ स्थापना गरिएका हुन्छन्।

प्रसिद्ध अनुसन्धान केन्द्रहरू[सम्पादन गर्नुहोस्]

मध्ययुगीन पुराना दिनहरूमा इस्लामी राष्ट्रहरूले आकाशमण्डलको अध्ययन गर्नका लागि खगोलीय अवलोकनकेन्द्र बनाए। सो क्रममा सबैभन्दा पहिलो ९औं शताब्दीमा बगदादमा एउटा अवलोकनकेन्द्र बन्यो जब अल-मामून त्यहाँका नेता थिए। सबैभन्दा प्रसिद्ध अवलोकनकेन्द्र भने १३औं शताब्दीमा मराघेहमा र १५औं शताब्दीमा उलुग बेग मा स्थापना भएका केन्द्रलाई मानिन्छ।[१]

केरला स्कूल अफ एस्ट्रोनमी एन्ड म्याथम्याटिक्स् भारतको केरलामा सङ्गमग्रामका माधवद्वारा स्थापित गणित र खगोल विज्ञानको विद्यालय थियो। यो विद्यालय १४औं र १६औं शताब्दीको बीचमा फस्टायो र विद्यालयको मौलिक आविष्कार नारायण भट्टथिरी (१५५९-१६३२) सँगै समाप्त भएको देखिन्छ। खगोलीय समस्याहरू समाधान गर्ने प्रयासमा यस स्कूलले स्वतन्त्र रूपमा धेरै महत्त्वपूर्ण गणितीय अवधारणाहरू पत्ता लगाएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]