अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विभिन्न समूह मा प्रजातिहरु को प्रतिशततालाई 2007 को IUCN रातो सूची मा यस प्रकार सूचीबद्ध गरिएको छ      गंभीर रूपमा लुप्तप्राय,       लुप्तप्राय, वा     असुरक्षित
संरक्षण स्थिति
विलुप्त हुने सम्भावना
विलुप्त

विलुप्त
जंगलबाट विलुप्त

संकटग्रस्त

गंभीर रूपले विलुप्तप्राय
विलुप्तप्राय
असुरक्षित
संकटग्रस्त

कम जोखिम

संरक्षणमाथि निर्भर
संकटासन्न
खतरादेखि बाहिर

यो पनि हेर्नुहोस्

विश्व संरक्षण संघ
IUCN रातो सूचि

संकटग्रस्त जातिहरुको IUCN रातो सूची जसलाई IUCN रातो सूची या रेड डाटा सूची (अङ्ग्रेजी: IUCN Red List) पनि भनिन्छ, सन् १९६३ मा गठित विश्व-भरका वनस्पति तथा जनावर हरुको जाति को संरक्षण स्थिति को सब भन्दा व्यापक तालिका हो। अंतर्राष्ट्रीय प्रकृति संरक्षण संघ (IUCN) विश्व-स्तर मा विभिन्न जातिहरुको संरक्षण-स्थिति प्रति निगरानी राखने सर्वोच्च संगठन हो। क्षेत्रीय रातो सूचिहरु को एक शृंखला विश्व का विभिन्न देशहरु तथा संगठनहरु द्वारा कुनै एक राजनीतिक प्रबंधन एकाई को अन्तर्गत जातिहरु को लोप हुने जोखिम को आंकलन गरेर, तैयार पारिन्छन।[१]

श्रेणिहरु[सम्पादन गर्ने]

अ॰प्र॰स॰स॰ (आईयूसीएन) को रातो सूची मा हर जीव जाति लाई नौ मध्ये एक श्रेणी मा राखिन्छ । यो श्रेणीकरण उनीहरुको कुल आबादी, आबादीमा गिरावटको दर, भौगोलिक विस्तारण को क्षेत्र तथा उनीहरुको क्षेत्र (मानवीय गतिविधिहरु द्वारा) खुम्चिएको हद को आधारमा गरिन्छ।[२] यी श्रेणिहरु यस प्रकार छन :

  • विलुप्त (Extinct या EX) – जातिका कुनै पनि जीवित सदस्य बचेका छैनन
  • वन-विलुप्त (Extinct in the Wild वा EW) – जाति वन बाट पूर्णतः खतम भई सकेका छन र उनीहरुका बचेका सदस्यहरु केवल चिडियाघर वा आफ्ना मूल निवास स्थान बाट अलग कुनै कृत्रिम निवास स्थान मा मात्र जीवित छन्
  • घोर-संकटग्रस्त (Critically Endangered या CR) – जाति को वन बाट लोप हुने घोर खतरा बनेको छ
  • संकटग्रस्त (Endangered या EN) –जाति को वन बाट लोप हुने खतरा बनेको छ
  • असुरक्षित (Vulnerable या VU) – जाति को वन बाट संकटग्रस्त हुन जाने संभावना छ
  • संकट-निकट (Near Threatened या NT) – जाति को निटक भविष्य मा संकटग्रस्त हुन जाने संभावना छ
  • संकटमुक्त (Least Concern या LC) – जातिलाई बहुत कम खतरा छ - ठूलो सँख्यामा र विस्तृत क्षेत्रमा पाईने जाति
  • आंकडाहरुको अभाव (Data Deficient या DD) – जातिको बारेमा आंकडाहरुको कमी द्वारा उसको संरक्षण स्थिति तथा संकट को अनुमान लगाउन सकिँदैन
  • अनाकलित (Not Evaluated या NE) – जाति को संरक्षण स्थिति लाई अ॰प्र॰स॰स॰ को संरक्षण मानदण्डमा आँकन गरिएको छैन


बाहिरी लिँकहरु[सम्पादन गर्ने]


सन्दर्भ[सम्पादन गर्ने]

  1. Accidental Chef: An Insider's View of Professional Cooking, Chef Charles Oppman, pp. 251, AuthorHouse, 2011, ISBN 978-1-4634-1471-9, ... This led to the creation of the International Union for Conservation of Nature (IUCN) in 1948. In 1963, the IUCN created its Red List of Threatened Species. The red list is the world's most comprehensive inventory of the global conservation status of plant and animal species ...
  2. [ http://www.iucn.org/about/work/programmes/species/our_work/the_iucn_red_list About the IUCN Red List], 2012-09-05, IUCN, Accessed 2012-09-05