अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन
Organisation internationale de normalisation
सङ्क्षिप्त नामआइएसओ
गठन२३ फेब्रुअरी १९४७; ७७ वर्ष पहिले (१९४७-०२-23)
प्रकारगैर-सरकारी सङ्गठन
लक्ष्यअन्तर्राष्ट्रिय मानक विकास
प्रधान कार्यालयजेनेभा स्विट्जरल्यान्ड
सदस्यता
१७० सदस्यहरू
आधिकारिक भाषाहरू
  • अङ्ग्रेजी
  • फ्रान्सेली
  • रुसी[१]
अध्यक्ष
उलरिका फ्राङ्के
वेबसाइटwww.iso.org Edit this at Wikidata
[२]

अन्तर्राष्ट्रिय मानकीकरणका सङ्गठन वा (आइएसओ) एक स्वतन्त्र, गैर-सरकारी, अन्तर्राष्ट्रिय मानक विकास सङ्गठन हो जुन सदस्य देशहरूको राष्ट्रिय मानक सङ्गठनका प्रतिनिधिहरू मिलेर बनेको छ।[३] सदस्यता आवश्यकताहरू आइएसओ विधानको अनुच्छेद ३ उल्लेखित छ।[४]

आइएसओ २३ फेब्रुअरी १९४७ मा स्थापित भएको थियो, र (जनवरी २०२४ सम्म) यसले २५,००० भन्दा बढी अन्तर्राष्ट्रिय मानकहरू प्रकाशित गरेको छ जसले प्रविधि र उत्पादनका लगभग सबै पक्षहरूलाई समेटेको छ। यसमा ८०० भन्दा बढी प्राविधिक समितिहरू र उपसमितिहरू छन् जसले मानक विकासको हेरचाह गर्दछ।[५]

सङ्गठनले प्राविधिक र गैर-प्राविधिक क्षेत्रहरूमा अन्तर्राष्ट्रिय मानकहरू विकास र प्रकाशित गर्दछ, जसमा उत्पादित उत्पादनहरू र प्रविधिदेखि खाद्य सुरक्षा, यातायात, सूचना प्रविधि, कृषि र स्वास्थ्य सेवासम्मका सबै चीजहरू समावेश छन्।[६][७][८][९] विद्युतीय र इलेक्ट्रोनिक इन्जिनियरिङ जस्ता अधिक विशिष्ट विषयहरू यसको सट्टा अन्तर्राष्ट्रिय इलेक्ट्रोटेक्निकल आयोगद्वारा नियन्त्रण गरिन्छ।[१०] यसको प्रधान कार्यालय स्विट्जरल्यान्डको जेनेभामा अवस्थित छ।[६] आइएसओका तीन आधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्रान्सेलीरुसी हुन्।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

प्रागमा भवनलाई चिह्नित गर्ने पट्टिका जहाँ आइएसओको पूर्ववर्ती, आइएसए, स्थापना गरिएको थियो।

सन् १९२६ मा राष्ट्रिय मानकीकरण सङ्घहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएसए)को रूपमा स्थापना भएको यस संस्थाले मुख्यतया मेकानिकल इन्जिनियरिङमा ध्यान केन्द्रित गरेको थियो। सन् १९४२ मा दोस्रो विश्वयुद्धको समयमा आइएसए लाई निलम्बित गरिएको थियो तर युद्ध पछि, आइएसएलाई हालै गठन गरिएको संयुक्त राष्ट्र मानक समन्वय समिति (युएनएससिसी)ले एक नयाँ विश्वव्यापी मानक निकाय गठन गर्ने प्रस्तावको साथ सम्पर्क गरेको थियो।[११]

अक्टोबर १९४६ मा, २५ देशका आइएसए र युएनएससिसी प्रतिनिधिहरू लन्डनमा भेला भएका थिए र मानकीकरणका लागि अन्तर्राष्ट्रिय सङ्गठन सिर्जना गर्ने कार्यदलमा सामेल हुन सहमत भएका थिए। यस संस्थाले आधिकारिक रूपमा २३ फेब्रुअरी १९४७ मा काम सुरु गरेको थियो।[१२][१३]

आइएसओ मानकहरू मूल रूपमा आइएसओ सिफारिशहरू (आइएसओ/आर)को रूपमा चिनिन्थ्यो, उदाहरणका लागि, "आइएसओ १" सन् १९५१ मा "आइएसओ/आर १" को रूपमा जारी गरिएको थियो।[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "How to use the ISO Catalogue", ISO.org, मूलबाट ४ अक्टोबर २००७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ४ अक्टोबर २००७ मिति
  2. "ISO members", International Organization for Standardization, मूलबाट २४ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२० 
  3. "ISO Membership Manual", ISO (अङ्ग्रेजीमा), मूलबाट १० अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०२२ 
  4. ISO Statutes (EN, FR, RUमा) (20th संस्करण), Geneva: International Organization for Standardization, २०२२, आइएसबिएन 978-92-67-02040-2, मूलबाट ३१ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०२२ 
  5. "ISO – About us", ISO (अङ्ग्रेजीमा), मूलबाट ५ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०२-१७ 
  6. ६.० ६.१ "About ISO", ISO, मूलबाट १७ फेब्रुअरी २०२३-मा सङ्ग्रहित। 
  7. "New 'net zero' standards could transform the climate – unless they're derailed", The Washington Post, मूलबाट २ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०२२ 
  8. "Health sector standards", ISO (अङ्ग्रेजीमा), २०२३-०४-०६, अन्तिम पहुँच २०२४-०१-२८ 
  9. "Transport sector standards", ISO (अङ्ग्रेजीमा), २०२३-०१-२०, अन्तिम पहुँच २०२४-०१-२८ 
  10. Editors of Encyclopedia Britannica. 3 June 2021. "International Organization for Standardization". वेब्याक मेसिन अभिलेखिकरण १२ अप्रिल २०२२ मिति. Encyclopedia Britannica. Retrieved 2022-04-26.
  11. "A Brief History of ISO", University of Pittsburgh, मूलबाट २७ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१४ 
  12. Friendship among equals – Recollections from ISO's first fifty years, International Organization for Standardization, १९९७, पृ: 15–18, आइएसबिएन 92-67-10260-5, मूलबाट २६ अक्टोबर २०१२-मा सङ्ग्रहित। 
  13. Yates, JoAnne; Murphy, Craig N. (२००६), "From setting national standards to coordinating international standards: The formation of the ISO", Business and Economic History On-Line 4, मूलबाट २७ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०२१ 
  14. Tranchard, Sandrine (२०१७-०२-२३), "ISO celebrates 70 years", ISO, मूलबाट २० अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०८-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]