अप्पोटा निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अप्पोटा निगम
व्यवसाय प्रकार
निगम
उद्योगखेल प्रकाशन
विज्ञापन
भुक्तानी
स्थापित१२ डिसेम्बर २०११
केन्द्रीय कार्यालयहानोइ, भियतनाम
उत्पादनहरूगामोटा - खेल प्रकाशक
अप्पोटा एक्स
अप्पोटा ई-वालेट
पेहब
गेमहब: मोबाइल खेल मिडिया पोर्टल
एलएनवाई - अप्पोटा पात्रो अनुप्रयोग
अप्पोटा कार्ड
अप्पोटा प्रतिवेदन
वाइफाइ चुवा
कर्मचारी सङ्ख्या
३०० - ३५०
वेबसाइटhttps://appota.com/

अप्पोटा निगम भियतनामको एक मोबाइल अनुप्रयोग सेवा प्रदायक हो जो तीन व्यावसायिक सेवाहरू जस्तै खेल प्रकाशन, विज्ञापन र भुक्तानीमा आधारित छ।[१] हालैको एक तथ्याङ्क अनुसार कम्पनीका ५ करोड ५० लाख प्रयोगकर्ताहरू र ५० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन् जसले गर्दा अप्पोटा विश्वका शीर्ष ३ खेल प्रकाशकहरू मध्ये एक बनेको छ। गूगललाई यसको मोबाइल विज्ञापन विनिमय मञ्चद्वारा सहायता गर्ने एसियामा केवल चार कम्पनीहरू मध्ये एक पनि हो। कम्पनीले सन् २०१२ मा भियतनामको सबैभन्दा अधिक विघटनकारी कम्पनी सहित प्रमुख सुरूवाति पुरस्कारहरू प्राप्त गरेको थियो।[२] अप्पोटाको उदेश्य भनेको दक्षिण पूर्वी एसियामै सबैभन्दा ठूलो मनोरञ्जन पारिस्थितिक प्रणाली बन्नु हो।

अप्पोटा समूहको स्वामित्वमा ३ वटा सहायक कम्पनीहरू रहेका छन्: गामोटा (गेम प्रकाशन कम्पनी), एड्सोटा (विज्ञापन कम्पनी) र अप्पोटा पे (भुक्तानी समाधान कम्पनी)। अप्पोटाको मुख्यालय हनोईमा रहेको छ र यसको व्यापार हो चि मिन्ह सहर, इन्डोनेशिया, र सिङ्गापुर सम्म विस्तार भएको छ।[३] यसले फेसबुक, गूगल, मोब भिस्टा, परफेक्ट वल्ड, काकोवा टक, सुपर इभिल मेगाकोर्प, एप्स फ्लायर र इन्टरटेन्मेण्ट जस्ता विश्व प्रसिद्ध कम्पनीहरूसँग सहकार्य गरेको छ। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

११/१२/२०११, अप्पोटा निगमको स्थापना ।

०७/२०१२', संस्थापक संस्थाबाट विघटनकारी कम्पनीको रूपमा पुरस्कृत।

२६/०१/२०१३, “भियतनामको अधिक सम्भावित टेक स्टार्टअप पुरस्कारद्वारा पुरस्कृत”[४][५]

०३/२०१३, पहिलो अन्तर्राष्ट्रिय कार्यलय सिङ्गापुरमा स्थापित।

०४/२०१३, हो चि मिन्ह सहर र इन्डोनेशियामा व्यापार प्रतिनिधि कार्यालयहरूको स्थापना।

०४/२०१४, गेमहबको सुरूवात, (मोबाइलमा खेल खेल्नेहरूको लागि एक विशेष खेलकुद पोर्टल)।

१२/२०१४, भियतनाम र दक्षिण एसियामा गरी २ करोड २० लाख प्रयोगकर्ताहरू अप्पोटाको मञ्चमा भित्र्याउन सफल।

०९/२०१५, अप्पोटा भुक्तानीलाई, एड्सोटाको रूपमा परिचित गराइयो।

सन् २०१६, आफ्नो नारालाई "परिवर्तनको लागि प्रविधि"मा बदल्यो।

१०/२०१७, एड्सोटा, भियतनामको आधिकारिक फेसबुक आयोग बन्यो।[६]

०३/२०१८, अप्पोटाले वाईफाई चुवाको पुरा अधिग्रहणको घोषणा गर्‍यो।[७]

०२/२०१९, अप्पोटाले आफ्नो नारा “इण्टरटेन्मेण्ट इकोसिस्टम”मा बदल्यो[८]

लक्ष्य[सम्पादन गर्नुहोस्]

इण्टरनेट र मोबाइल जडान सबैभन्दा छिटो बढ्दो र सबैभन्दा नयाँ प्रविधिहरू मध्ये हो। विकासोन्मुख देशहरूमा विश्वभरको सम्पूर्ण नयाँ स्तरको जडान सेवा दिइएको हुन्छ जहाँ मानिसहरूले ती अवसरहरूको प्रयोग पहिला कहिल्यै पनि प्रयोग गर्न पाएका थिएनन्। अप्पोटाले मोबाइल इण्टरनेट प्रबिधिहरूको क्षमतामा विश्वास गर्दछ। यसले अवसरहरू सिर्जना गर्न र विकासोन्मुख राष्ट्रहरूमा मानिसहरूको जीवन र अनुभवहरू सुधार गर्न मोबाइल मञ्च बनाउनको लागि कामना गर्दछ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. ".com - Con đường dẫn tới thành công" (भियतनामीमा), अन्तिम पहुँच २०१७-०५-३१ 
  2. "अप्पोटा: भियतनामको विघटनकारी कम्पनी", अन्तिम पहुँच ११ जेठ २०७६ 
  3. "सम्पर्क पृष्ठ", आधिकारिक वेबसाइटबाट (अङ्ग्रेजीमामा), अन्तिम पहुँच २०१७-०५-३१ 
  4. "अप्पोटाले अधिक सम्भावित टेक स्टार्टअप पुरस्कार जितेको छ", e27 (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-१२-१९ 
  5. "एफआई डट सिओ: विजेताहरूलाई बधाई छ", द फाउण्डर इन्सटिच्युट, अन्तिम पहुँच २०१६-१२-१९ 
  6. "एड्सोटा भियतनामको आधिकारिक फेसबुक खेल आयोगA", भिएन इकोनोमिक्स डटकम, अन्तिम पहुँच २०१९-०३-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०१ मिति
  7. News, भियतनाम नेट, "Appota tuyên bố hoàn tất mua lại ứng dụng WiFi Chùa", भियतनाम नेट (भियतनामीमा), अन्तिम पहुँच २०१९-०३-०५ 
  8. Ictnews, ""Thoát xác" mobile, Appota chuyển hướng sang công ty công nghệ giải trí - ICTNEWS", आइ सिटि न्युज डटभिएन (भियतनामीमा), अन्तिम पहुँच २०१९-०३-०५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट