अब्हा
अब्हा أَبْـهَـا | |
---|---|
![]() | |
निर्देशाङ्क: १८°१३′१″उ॰ ४२°३०′१९″पू॰ / १८.२१६९४°N ४२.५०५२८°Eनिर्देशाङ्कहरू: १८°१३′१″उ॰ ४२°३०′१९″पू॰ / १८.२१६९४°N ४२.५०५२८°E | |
देश | ![]() |
राज्य | असिर प्रान्त |
जिल्ला | हिमालको पुल
कुहिरोको शहर
|
सरकार | |
• राजकुमार | फैसल बिन खालिड बिन अब्दुल अजिज अल साउद |
• उप-राजकुमार | टुर्की बिन तलाल बिन अब्दुल अजिज अल साउद |
उन्नतांश | २२७० मिटर (७,४५० फिट) |
जनसङ्ख्या (२०१०) | |
• जम्मा | ७८१,२०६[१] |
समय क्षेत्र | युटिसी+३ (पूर्वी अफ्रिकी समय) |
• ग्रीष्म (डिएसटी) | युटिसी+३ (पूर्वी अफ्रिकी समय) |
अब्हा (अरबी: أَبْـهَـا, Abhā) साउदी अरबको असिर प्रान्तको राजधानी हो। यो समुद्र सतहबाट २,२७० मिटर (७,४५० फिट) माथि रहेकोे छ जो दक्षिण-पश्चिमी साउदी अरबको असिर राष्ट्रिय निकुञ्जको उर्वर पहाडमा अवस्थित छ। अब्हाको शीतल र रमणीय वातावरणले यो क्षेत्र पर्यटकहरूको लागि एक लोकप्रिय पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ।
इतिहास[सम्पादन गर्ने]
अब्हा प्रथम विश्वयुद्ध सम्म राजकुमार आशेर इब्न अदेका लागि राजधानी शहर थियो जुन अटोमन साम्राज्यको नियन्त्रण रहेको थियो । सन् १९१८ मा, असिरका राजकुमार, य्याया बिन हसुन अल अडेका नाती इब्न आइड, अब्हाको पूर्ण स्वतन्त्रतासँग विजयी भए आफ्नो परिवारको सिंहासनमा फर्किएका थिए । १९२० मा, असिरलाई साउदी अरब को एकीकरण को समयमा इखवान जनजातीहरूले कब्जा गरेका थिए । यहाँ थुप्रै ऐतिहासिक स्थानहरू जस्तै किल्ला र अन्य थुप्रै मनैलोभ्याउने स्थानहरू रहेका छन् ।
यातायात[सम्पादन गर्ने]
जेदाह र अब्हा जोड्ने एक तटिय सडक १९९७ मा पूरा भएको थियो । साप्टोको बस स्टेशन साउदी अरब भित्रै अन्य गन्तव्यहरूमा जोडिएको छ ।
अब्हा क्षेत्रीय विमानस्थल,(अरबी: مَـطَـار أَبْـهَـا, अब्हाको मुख्य विमानस्थल हो । यसले अरु छिमेकी मुलुकहरूसँग आफ्नो हवाई सुबिधालाई मध्यनजर गर्दै यसले यमनको सनाह, इजिप्टको कायरो, कतारको दोहा र संयुक्त अरब इमिरेट्सको दुबै र साथै साउदी अरब भित्रै अन्य गन्तव्यसम्म यात्रुहरूलाई ल्याउने र लैजाले गर्दछ । डच-डिजाइनमा आधारित अब्हा विमानस्थलको निर्माण सन् १९७५ को मध्यमा सुरु भयो र उडानहरू १९७७ मा सुरु भएको थियो । यो विमानस्थल निर्माण गर्नुअधि, त्यहाँका सेनाहरुद्वरा आन्तरिक वा घरेलु उडान सञ्चालन गर्दथे ।[स्रोत नखुलेको]
उल्लेखनिय भवनहरू[सम्पादन गर्ने]
अब्हा शहर चार चौथाईमा बनेको छ, त्यसमध्य सबैभन्दा ठूला किल्लाहरु हुन् । हिलटप किल्लाहरू शहरको एक विशेष विशेषता हो । १९२७ मा बनाइएको साडा दरवार, हाल स्थानीय सङ्ग्रहालय र घरेलू सामानहरू प्रदर्शित गर्ने एक सङ्ग्रहालय बनेको छ । अब्हामा अन्य उल्लेखनीय भवनहरु अब्हाको ठुलो मस्जिद, अल-ताहि रेस्टुरेन्ट, अब्हा दरवार होटेल र सद ताल नजिक रहेकोे फर्न पार्क शामिल छ । शहरको १.५ किमी दक्षिणपश्चिमी क्षेत्रमा नयाँ अब्हा पाँच-तारे होटल ताल नजिकै भर्खरै निर्माण भएको छ । साउदीमा दैनिक पत्रिका अल वाट प्रिन्ट प्रेसको प्रमुख कार्यलय, यहीँ अब्हामा अवस्थित छ ।
शिक्षा[सम्पादन गर्ने]
राजा खालिड विश्वविद्यालय अब्हामा एक सार्वजनिक विश्वविद्यालय हो । यस विश्वविद्यालय १९९९ मा इस्लाम अध्यापन गराइने, इमाम मुहम्मद बिन सउद विश्वविद्यालय र दक्षिणमा रहेकोे राजा साउद विश्वविद्यालयहरूलाई सामायोजन गरी स्थापित गरिएको थियो ।
भूगोल र जलवायु[सम्पादन गर्ने]
अब्हा समुद्र स्तरबाट २२७० मिटर (७४४८ फिट) माथि असिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । अब्हा जबल सादामा रहेकोे अल-हिजज पर्वतको पश्चिमी किनारमा अवस्थित छ जसलाई साउदी अरबमा उच्चतम चोटि भएको दावी गर्दै आएका छन् ।
अब्हाको मौसम हलुका चिसो छ र यस शहरमा रहेकोे उच्च स्थानको प्रभाले यहाँको मौसम चिसो बनेको हो । शहरको मौसम सामान्यतया वर्षभरि हलुका हुन्छ, वर्षको समयमा कहिलेकाहीँ तापमान ३५ डिग्री सेल्सियस (९५.० फरेन्हाइट) सम्म पुग्दछ । प्रति वर्ष वर्षातको समयमा फेब्रुअरी र अप्रिलको बिच २७८ मिलिमिटर (११ इन्च) पानी पर्ने गरेको छ र जुलाई र अगस्तमा हालुका वर्ष हुने गरेको छ ।
२५ अगस्त, १९८३ मा सबैभन्दा उच्च ४० डिग्री सेल्सियस अथवा १०४ फरेन्हाइट तापमान रेकर्ड गरिएको थियो । जबकि डिसेम्बर २९, १८७३ मै सबैभन्दा निम्न तापमान -२ डिग्री सेल्सियस अथवा २८ फरेन्हाइट रेकर्ड गरिएको थियो ।
अब्हा, साउदी अरब (१९८५–२०१०)को मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
अधिकतम °से (°फे) रेकर्ड | २७٫२ (८१) |
२७٫४ (८१) |
२८٫५ (८३) |
३१٫२ (८८) |
३३٫३ (९२) |
३४٫८ (९५) |
३४٫० (९३) |
३४٫० (९३) |
३३٫७ (९३) |
३०٫० (८६) |
२७٫३ (८१) |
२५٫६ (७८) |
३४٫८ (९५) |
अधिकतम °से (°फे) औसत | १९٫६ (६७) |
२१٫१ (७०) |
२३٫० (७३) |
२५٫२ (७७) |
२८٫६ (८३) |
३०٫९ (८८) |
३०٫५ (८७) |
३०٫५ (८७) |
२९٫५ (८५) |
२६٫० (७९) |
२३٫० (७३) |
२०٫७ (६९) |
२५٫७ (७८) |
दैनिक औसत °से (°फे) | १३٫३ (५६) |
१४٫९ (५९) |
१६٫८ (६२) |
१८٫६ (६५) |
२१٫३ (७०) |
२३٫५ (७४) |
२३٫२ (७४) |
२२٫८ (७३) |
२२٫२ (७२) |
१८٫७ (६६) |
१५٫८ (६०) |
१३٫९ (५७) |
१८٫८ (६६) |
न्यूनतम °से (°फे) औसत | ७٫७ (४६) |
९٫४ (४९) |
११٫१ (५२) |
१२٫७ (५५) |
१४٫८ (५९) |
१६٫५ (६२) |
१७٫१ (६३) |
१६٫७ (६२) |
१४٫९ (५९) |
११٫६ (५३) |
८٫९ (४८) |
७٫३ (४५) |
१२٫४ (५४) |
न्यूनतम °से (°फे) रेकर्ड | ०٫० (३२) |
१٫२ (३४) |
३٫० (३७) |
६٫५ (४४) |
१०٫० (५०) |
११٫६ (५३) |
९٫३ (४९) |
१०٫४ (५१) |
१०٫२ (५०) |
६٫२ (४३) |
२٫४ (३६) |
१٫० (३४) |
०٫० (३२) |
औसत हिउँ/वर्षा मीमी (इञ्च) | १७٫८ (०٫७) |
१४٫२ (०٫५६) |
४७٫२ (१٫८६) |
४७٫९ (१٫८९) |
२४٫४ (०٫९६) |
७٫५ (०٫३) |
१६٫६ (०٫६५) |
२४٫४ (०٫९६) |
४٫७ (०٫१९) |
३٫० (०٫१२) |
५٫१ (०٫२) |
४٫८ (०٫१९) |
२१७٫६ (८٫५७) |
हिमपात/वर्षा दैनिक औसत | ३٫७ | ४٫१ | ६٫५ | १०٫२ | ७٫८ | ३٫९ | ७٫३ | १०٫५ | २٫२ | १٫८ | २٫० | २٫५ | ६२٫५ |
औसत आर्द्रता (%) | ७० | ६७ | ६२ | ६० | ५० | ३९ | ४५ | ५१ | ३८ | ४२ | ६० | ६६ | ५४ |
मासिक औसत सौर्य प्रकाश अवधि | २६६٫६ | २६५٫६ | २९४٫५ | २८२٫० | २८८٫३ | २७६٫० | २३२٫५ | २३८٫७ | २७३٫० | २९१٫४ | २७३٫० | २६६٫६ | ३,२४८٫२ |
दैनिक औसत सौर्य प्रकाश अवधि | ८٫६ | ९٫४ | ९٫५ | ९٫४ | ९٫३ | ९٫२ | ७٫५ | ७٫७ | ९٫१ | ९٫४ | ९٫१ | ८٫६ | ८٫९ |
स्रोत #१: Jeddah Regional Climate Center[२] | |||||||||||||
स्रोत #२: Deutscher Wetterdienst (sun, 2001–2008)[३] |
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "साउदी अरब: सबैभन्दा ठूलो शहर र तिनीहरूको जनसङ्ख्याको तथ्याङ्क", World Gazetteer, मूलबाट १८ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अगस्ट २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑
"अब्हाको जलवायुको तथ्याङ्क", जेदाह क्षेत्रीय मौसम केन्द्र, मूलबाट मार्च ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २४, २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Klimatafel von Abha / Saudi-Arabien", Baseline climate means (1961-1990) from stations all over the world (Germanमा), Deutscher Wetterdienst, अन्तिम पहुँच जनवरी २६, २०१६।
बाह्य कडीहरू[सम्पादन गर्ने]
अब्हासँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
अब्हा विकियात्रामा यात्रा सहयोगी