अल अरब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल अरब
العرب
प्रकारदैनिक
ढाँचाइ-पत्रिका
प्रमुख सम्पादकअहमद अल रोमैही
सहयोगी सम्पादकमोहम्मद हजि
भाषाअरबी
मुख्यालयदोहा
वेबसाइटअल अरब
स्थापना६ मार्च १९७२; ५२ वर्ष पहिले (१९७२-०३-06)

अल अरब (अरबी: العرب‎) कतारको स्वतन्त्रता पछि प्रकाशन गरिएको अरबी भाषाको दैनिक पत्रिका थियो। यो १९७२ र १९९५ बीचमा छापिएको थियो र १८ नोभेम्बर २००७ मा दोहा, कतारमा आधारित ई-पत्रिकाको रूपमा पुन: सुरू गरिएको थियो।[१][२]

इतिहास तथा पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

अल अरब १९७२ मा स्थापित भएको थियो।[३] यो पत्रिका पहिलो पटक ६ मार्च १९७२ मा साप्ताहिक पत्रिका रूपमा प्रकाशित भएको थियो र यो कतारको स्वतन्त्रता पश्चात पहिलो अरबी प्रकाशन बनेको थियो।[४][५] यो पत्रिका देशको पहिलो राजनीतिक पत्रिका पनि हो।[६]

यस राष्ट्रिय दैनिकका संस्थापक तथा पहिलो सम्पादक प्रमुख कतारी बौद्धिक व्यक्तित्व अब्दुल्ला हुसेन नेम्मा हुन्।[७] उनी कतारी पत्रकारहरूको "प्रमुख" भनेर चिनिन्थे।[४] यसका प्रकाशक दार अल ओरोबा थिए।[७] अल अरब २२ फेब्रुअरी १९७४ मा एक विस्तृत पत्र दैनिकको रूपमा रूपान्तरण गरिएको थियो। यो सन् १९९५ मा बन्द भएको थियो।[८] पत्रिकाको अनुमति पत्र नेम्माको परिवारले तत्कालीन विदेश मन्त्री हमाद बिन जासिम अल थानीलाई १९९० को दशकमा बेचेका थिए।[८]

यो १८ नोभेम्बर २००७ मा अनलाइन पत्रिकाको रूपमा पुनः सुरुवात गरिएको थियो।[९] यस राष्ट्रिय दैनिकका स्थापनाको लागि योगदान पुर्‍याउने अब्दुलाजीज अल-महमूदलाई सम्पादक-प्रमुखको रूपमा नाम नियुक्त गरिएको थियो[१०] र उनले नोभेम्बर २००९ सम्म यस पदमा रहि सेवा प्रदान गरेका थिए। अहमद अल रोमौहि पत्रिकाका सम्पादक प्रमुख थिए भने उनका सहायक मोहम्मद हाजी थिए।[११][१२]

राजनीतिक वृक्ष तथा सामग्रीहरू[सम्पादन गर्नुहोस्]

अल अरबको दुबै आफ्नो पहिलो र दोस्रो अवधिमा एक स्वतन्त्र राजनीतिक वृक्ष थियो।[४][१३] तथापि बीबीसीले यसलाई सरकारी समर्थक पत्रिकाको रूपमा वर्णन गरेको थियो। [१४]

सन् २००९ मा, साउदी अरबका उपन्यासकार तथा नारीवादी लेखिका र अल अरबका योगदानकर्ता समर अल मोगरेनले उनको लेखका कारण मृत्युदण्डको धम्कीको सामना गर्नु परेको थियो जसमा उनले साउदी धर्मगुरू मोहम्मद अल अरिफीलाइ बदनाम गरेको र इराकी अयातुल्ला सिस्तानीलाई "एक अविश्वासी" भनेर सम्बोधन गरेकोमा आलोचना खेपेकी थिइन्।[१५] अगष्ट २०१३ मा, फैसल अल मारजोकीले दैनिकमा एक लेख प्रकाशित गर्दै कतार सङ्ग्रहालय प्राधिकरणका अधिकारीहरूलाई शक्ति दुरुपयोग गरेको आरोप लगाएका थिए।[१६] उक्त आलोचनाले प्राधिकरणका अध्यक्ष शैखा अल मायासा अल थानीलाई पनि अप्रत्यक्ष रूपमा निशाना बनाएको थियो र कतारी अधिकारीहरूले त्यसमा प्रतिक्रिया जनाएका थिए।[१६]

गतिविधि[सम्पादन गर्नुहोस्]

यस राष्ट्रिय दैनिकले मार्च २०१३ मा विद्यालय ओलम्पिक कार्यक्रमहरूका लागि एक सञ्चार माध्यम प्रायोजकहरू मध्ये एकको रूपमा सेवा प्रदान गरेको थियो।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "جريدة العرب", विकिम्यापिया, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  2. "جريدة قطرية", वर्ल्ड प्रेस, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  3. The Middle East and North Africa 2004, टेलर र फ्राङ्काइस समूह; साइकोलोजी प्रेस, ३० अक्टोबर २००३, पृ: ९५४, आइएसबिएन 978-1-85743-184-1, अन्तिम पहुँच २४ डिसेम्बर २०१६ 
  4. ४.० ४.१ ४.२ Mohamed M. Arafa (१९९४), "Qatar", in Yahya R. Kamalipour; Hamid Mowlana, Mass Media in the Middle East: A Comprehensive Handbook, Westport, CT: Greenwood Press, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३  – via Questia (सदस्यता आवश्यक)
  5. William A. Rugh (२००४), Arab Mass Media: Newspapers, Radio, and Television in Arab Politics, Greenwood Publishing Group, पृ: ६०, आइएसबिएन 978-0-275-98212-6, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१४ 
  6. "قطر للصحافة والإعلام والتلفزيون والراديو والصحف", प्रेस रेफेरेन्स, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१४ 
  7. ७.० ७.१ "معلومات عنا", अरबी वाणिज्य, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २२ अगस्ट २०१४ मिति
  8. ८.० ८.१ "Al Jazeera Website Director to Quit; Start New Newspaper", विकिलिक्स, दोहा, २ मार्च २००६, मूलबाट २१ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  9. "अब्दुलाजीज अल महमदको जीवनी", ह्वारटन विश्वविद्यालय, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  10. "अब्दुलाजीव अल महमोद", फोर्ब्स सहयोगी, मूलबाट १६ जुन २०१२-मा सङ्ग्रहित। 
  11. "UAE journalists in Qatar pressured to quit", अल जजिरा, ९ मार्च २०१४, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१४ 
  12. १२.० १२.१ "Al Arab Newspaper named as media sponsor for SOP", कतार ओलम्पिक समिति, १२ मार्च २०१३, मूलबाट ३ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  13. "कतारी समाचार पत्र", अरबु, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  14. "Qatar profile", BBC, २६ जुलाई २०१३, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  15. "Al Arab newspaper condemns death threats", कतार लिभिङ, २००९, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१४ 
  16. १६.० १६.१ "QMA threatens legal action over controversial newspaper column", दोहा न्युज, अगस्ट २०१३, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २८ अगस्ट २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]