दोहा न्युज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोहा न्युज
साइटको प्रकार
ब्लग
सर्जकसविना खत्री
ओमर छत्रीवाला
युआरएलआधिकारिक वेबसाइट
चालु भएको मितिमार्च २००९[१]
वर्तमान स्थितिचालू

दोहा न्यूज एक अनलाइन समाचार ब्लग हो जुन मार्च २००९ मा दुई अमेरिकी पत्रकार शबिना खत्री र उमर चत्रिवालाले सुरु गरेका थिए।[२] यो कतारमा आधारित छ र यसले पाठकहरूलाई घरेलु तथा अन्तर्राष्ट्रिय समाचारहरूको दैनिक रूपमा प्रदान गर्दछ। यसले कतारमा भिलागियो मलमा लागेको आगोका बारेमा समाचार प्रदान गर्ने पहिलो समाचार पत्र भएका कारण यसले मे २०१२ मा यसले व्यापक लोकप्रियता प्राप्त गरेको थियो।[३]

विकास इतिहास[सम्पादन गर्नुहोस्]

दोहा न्यूजकी संस्थापक शबिना खत्री, आफ्नो ब्लगिङ साथ अनुभवको बारेमा प्रस्तुत गर्दै

मार्च २००९ मा, शबिना खत्रीले टुइटरमा दोहा न्यूजको खाता सृजना गरेकी थिइन् [४] त्यसपछि उनी र उनका श्रीमान् ओमर चत्रीवाला एक छुट्टै स्वतन्त्र वेबसाइट सुरू गरेका थिए। यो कतारमा स्थापित एक पहिलो अङ्कीय समाचार पत्रिका पनि हो। यसको उद्देश्य एक सञ्चार माध्यम मञ्चको सृजना गर्नु हो जसमा श्रोताहरूलाई सञ्चार माध्यमको परम्परागत रूप भन्दा फरक तरिकाले समाचार तथा पल पलको खबर प्रदान गर्नु हो।[४]

दोहा न्यूजले विवादास्पद स्थानीय घटनाहरूको प्रसारण कारण चाँडै नै लोकप्रियता बढाएको थियो जुन सरकारले सञ्चालन गरेको कुनैपनि सञ्चार माध्यमहरूमा उल्लेख गरिएको थिएन। यसको उल्लेखनीय उदाहरण सन् २०१२ को भिलागियो मलमा लागेको आगलागीमा १९ व्यक्तिको मृत्यु भएको समाचारमा यसले आफ्नो संलग्नना व्यक्त गरेको थियो। यसले अग्नि पीडितको पहिचान जस्ता प्रमाणित तथ्याङ्क र तथ्यहरू प्राप्त गर्न र जारी गर्न सफल भएको थियो, जबकि अन्य अनलाइन सञ्चार माध्यम धेरै प्रकारहरूले अप्रमाणित सामग्रीहरूको समाचार बनाएका थिए।[४] यसले घटनाको दौरान आगन्तुकहरूमा ठूलो वृद्धि हासिल गरेको थियो जसमन एक दिनमा १०,००० आगन्तुकबाट बढेर १०,००,००० पुगेका थिए। यसको विपरित, परम्परागत सञ्चार माध्यमहरूले यसको घटनाको ढिलो र कम प्रसारणका लागि आलोचना खेपेका थिए।[५]

संयुक्त अरब इमिरेट्समा बसोबास गर्ने कतार निवासी मार्टे डलेल्भको बलात्कार र अभियोगमा केन्द्रित समाचारहरू वेबसाइटले प्रकाशित गरेर अर्को संवेदनशील विषयको पहिचान गरेको थियो। यो स्थानीय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको थिएन, तर दोहा न्यूजले यस मुद्दामा एक समाचार लेख प्रकाशित गरेपछि न्यु योर्क टाइम्स जस्ता अन्तर्राष्ट्रिय प्रकाशनहरूमा पनि यो समाचार देखा परेको थियो।[६] त्यस्तै अक्टोबर २०१३ मा लरेन प्याटरसनको हत्याको बारेमा समाचार प्रकाशन गर्ने यो सबैभन्दा उल्लेखनीय सञ्चार माध्यम बन्न सफल भएको थियो र यसको केही काम अन्तर्राष्ट्रिय पत्र पत्रिकाहरूमा पनि उद्धृत गरिएको थियो।[७][८]

सामग्रीहरू[सम्पादन गर्नुहोस्]

सामाजिक मुद्दाहरू जस्तै मदिरा सेवन र अन्य सांस्कृतिक समस्याहरू प्राय: आगन्तुक र टिप्पणीहरूको सर्तमा सर्वाधिक लोकप्रिय हुन्छन्।[४]

विवाद[सम्पादन गर्नुहोस्]

दोहा न्यूजले विगतका वर्षहरूमा विवादास्पद विषयहरूको प्रसारण गर्दै आइरहेको छ।[९] तथापि संस्थापक दम्पतीले सरकारले कुनै प्रतिरोधको अनुभव गरेका छैनन्। सरकारले विश्वसनीय जानकारी प्राप्त गर्न अवरोधहरू गरेको उनीहरूको दावी छ। फेब्रुअरी २०१३ मा, साइटलाई भिलागियो मलको आगलागीको अदालतको कार्यवाहीको बारेमा रिपोर्ट गर्नबाट बञ्चित गरिएको थियो। [९] सुनवाईको क्रममा न्यायाधीशलाई उपस्थित पत्रकारहरू मध्ये दोहा न्यूज पत्रकार छ कि भनेर सोधेका थिए। शबीना खत्री र अर्का पत्रकारले उनीहरू सञ्चार माध्यमका व्यक्तित्व भनेर पुष्टि गरे पछि न्यायाधीशले उनीहरूलाई सुनुवाईको बारेमा समाचार सार्वजनिक गर्नका लागि अनुरोध पेस गर्नु पर्ने कुरा बताएका थिए। खत्रीले निवेदन पेश गरेपछि न्यायाधीशले उनलाई दोहा न्यूज एक आधिकारिक सञ्चार माध्यम हो भनेर प्रमाणित गर्न आवश्यक रहेको जानकारी दिएका थिए।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Episode 28 Doha News (podcast)", दोहाहिट, २१ जुलाई २०१४, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १६ फेब्रुअरी २०१५ मिति
  2. "American Journalists’ Site Breaks News of Tragic Fire in Qatar", २९ मे २०१२, मूलबाट १६ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५ 
  3. "New media trumps the traditional", द पेनिन्सुला कतार, २९ मे २०१२, मूलबाट १८ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १८ फेब्रुअरी २०१५ मिति
  4. ४.० ४.१ ४.२ ४.३ "Doha News and the growth of online media in Qatar", दोहा सेन्टर फर मिडिया फ्रिडम, २१ फेब्रुअरी २०१३, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५ 
  5. Arab Media in a Turbulent World, द पेनिन्सुला पब्लिसिङ, २०१३, पृ: २८०। 
  6. Hickey, Dona (२०१४), Identity and Leadership in Virtual Communities: Establishing Credibility and Influence (Advances in Social Networking and Online Communities), आइजिआई ग्लोबल, पृ: २४३, आइएसबिएन 978-1466651500 
  7. "Qatari police make arrests in connection with murder of Briton", द गार्जिएन, १६ अक्टोबर २०१३, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५ 
  8. "Lauren Patterson murder: Mother forced to watch video re-enactment during appeal hearing for Qatari killer", इण्डिपेण्डेण्ट डटको डट युके, २७ नोभेम्बर २०१४, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५ 
  9. ९.० ९.१ ९.२ "News website prevented from covering Villaggio hearings", दोहा सेन्टर फर मिडिया फ्रिडम, १४ मार्च २०१३, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]