अवतार (२००९ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अवतार
निर्देशकजेम्स क्यामरुन
लेखकजेम्स क्यामरुन
निर्माताजेम्स क्यामरुन तथा जोन लान्डाउ
मुख्य कलाकारसाम वार्थिंगटन
जोए सोल्दाना
स्टेफन लांग
मिचेल रोडरिगेज
सिगोउरने विभर
छायाङ्कनमौरु फिओरे
सम्पादनजेम्स क्यामरुन,जोन रेफोउ तथा स्टेफन रिभकिन
सङ्गीतजेम्स हर्नर
वितरक
कम्पनीहरू
वितरकट्वेन्टिथ सेन्चुरी फक्स
प्रदर्शन मिति
२००९ डिसेम्बर १० - लण्डन तथा २००९ डिसेम्बर १८ अमेरिका
अवधि
१६२ मिनेट[२]
१७१ मिनेट (पुन:प्रदर्शित)
१७८ मिनेट (कलेक्टर एडिसन)
देशसंयुक्त राज्य अमेरिका[१]
भाषाअङ्ग्रेजी
बजेट$२३७ मिलियन
बक्स अफिस$२,७८,२२,७५,१७२

अवतार (२००९) एक अमेरिकी चलचित्र हो । काल्पनिक विज्ञानको कथामा आधारित यस चलचित्रका निर्देशक तथा लेखक जेम्स क्यामरुन हुन् । यस चलचित्रमा क्यामरुनको भूमिका सह–उत्पादक तथा सह–सम्पादकको रूपमा पनि रहेको छ । अवतार चलचित्रमा सैम वर्थिङटन, जोय सल्डन, स्टेफल लङ, माइकल रोड्रिगज, जोयल डेभिम मुर्रे, ग्लोभिन रिब्सी र सिगर्नी विभर आदिको मूख्य भूमिका रहेको छ । २२औं शताब्दिको मध्यतिरको समयलाई कल्पना गरेर यो चलचित्र तयार गरिएको छ । यस चलचित्रको कथामा मानिसहरु ‘उनोब्टनियम’ नामको बहुमुल्य खनिज उत्खलन गर्नको लागि ‘पान्डोरा’ ग्रहमा जाने प्रयासलाई देखाइएको छ । पान्डोरामा ‘नाभी’ आदिबासीहरूको बसोबास हुन्छ । खनिज खोज्न जाने मानिसहरूलाई त्यहाँका नाभी आदिबासीबाट खतरा भएको हुन्छ । जेनेटिकल इञ्जिनियरिङद्वारा तयार एक नाभिको शरिरलाई पृथ्वीमा रहेको अर्को मानिसको मष्तिस्कले नियन्त्रण गर्ने गरिन्छ । यसरी पान्डोरामा रहेको आदिवासीहरु सँग घुलमिल हुनको लागि उनीहरूकै स्वरुप (अवतार) मा नाभिको विकास गर्नुसँग नै यस चलचित्रको शिर्षक जोडिएको छ ।

अवतारको निर्माणको लागि सन् १९९४ देखि नै जेम्स क्यामरुनले कथा लेखेका थिए । अवतार फिल्म तयार गर्नको लागि आवश्यक प्रविधिको विकास त्यसबेला भइसकेको थिएन भन्छन् निर्देशक क्यामरुन । चलचित्रको मूल मर्म तथा कथा वस्तु प्रस्तुत गर्ने प्रविधि अभाव भएपछि धकेलिएको अवतारको ठोस निर्माण कार्य सन् २००५ को हिउँददेखि मात्र सुरु भयो । चलचित्रमा आवश्यक स्क्रिनप्ले र काल्पनीक संसारका लागि तयारी २००६ को सुरुवात तिर गरियो । अवतारको खुद निर्माण बजेट २३ करोड ७० लाख अमेरिकी डलर रहेको थियो । १५ करोड डलर प्रवद्र्धन खर्च सहित चलचित्रको लगानी २३ करोड ८० लाख देखि ३१ करोड डलर जति पुग्यो । अवतारलाई सामान्य हलको पर्दादेखि थ्रीडी पर्दा र यसका विभिन्न स्तरमा प्रदर्शन गरिएको थियो । फोरडी परीक्षणको लागि दक्षिण कोरियाका हलहरु रोजिएको थियो । स्मरण रहोस : पछि यो चलचित्रको स्पेशल इफेक्ट भर्सन नेपालमा पनि पर्दशन गरिएको थियो । अवतारको प्रिमियर सो लन्डनमा डिसेम्बर १०, २००९ मा गरियो । लगत्तै अन्तराष्ट्रिय हलहरूमा डिसेम्बर १६ देखि र अमेरिका तथा क्यानडाका हलहरूमा डिसेम्बर १८ देखि प्रर्दशन सुरु भयो । चलचित्रमा प्रयोग भएका भिजुअल इफेक्टको उच्चत्तम स्तरले समिक्षकको राम्रो प्रतिक्रिया पायो । हलहरूमा चलचित्र प्रदर्शन हुँदा यसले बक्स अफिसका कैयौँ रेकर्डहरु तोड्दै आफूलाई सर्वाधिक कमाउने हलिउड फिल्ममा उभ्यायो । अमेरिका र क्यानडामा पनि यसले ‘टाइटानिक’ (१९९७ इ) को बाह्र वर्षे रेकर्ड उछिन्दै सर्वाधिक कमाउने चलचित्र हुन पुग्यो (टाइटानिक चलचित्र पनि क्यामरुनले नै निर्देशन गरेका थिए) । २ अर्ब डलर भन्दा बढि कमाई गर्न पहिलो चलचित्रको रूपमा पनि टाइटानिक दर्ता हुन पुग्यो । ‘सर्वोत्कृष्ट चलचित्र’ र ‘सर्वोत्कृष्ट निर्देशक’ सहित ९ विधाको लागि अवतार अस्कर अवार्ड (एकेडेमी अवार्ड) मा छनोट भयो । अतः ‘सर्वोत्कृष्ट कला निर्देशन’, ‘सर्वोत्कृष्ट छायाङ्कन’ र ‘बेस्ट भिजुअल इफेक्ट’ मा गरी ३ विधामा अवतारले अस्कर अवार्ड पायो । चलचित्रको ‘ब्लु-रे’ डिस्कको बिक्रीले पनि उच्च बिक्रीको रेकर्ड कायम गर्यो । चलचित्रको सफलता पछि क्यामरुनले अवतारको ३ शृङ्खला बनाउने गरी ट्वेन्टिथ सेन्चुरी फक्ससँग सम्झौतामा हस्ताक्षर गरें ।

कलकार[सम्पादन गर्नुहोस्]

साम वार्थिंगटन
जोए सोल्दाना
स्टेफन लांग
मिचेल रोडरिगेज
सिगोउरने विभर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Avatar", BFI, अन्तिम पहुँच २० जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १६ जुलाई २०१३ मिति
  2. "BBFC rating and classification details for Avatar", डिसेम्बर ७, २००९, अन्तिम पहुँच अगस्ट २६, २०१०, "Feature Film. Classified 07 December 2009. Run Time 161m 35s" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]