अवनीनाथ मुखार्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
अवनीनाथ मुखार्जी
অবনীনাথ মুখার্জি
Abani Mukherji.jpg
जन्म(१८९१-०६-०३)३ जुन १८९१
जावालपुर, बेलायती भारत (हाल मध्य प्रदेश, भारत)
मृत्यु२८ अक्टोबर १९३७(१९३७-१०-२८) (४६ वर्ष)
मस्को, रूस, सोभियत सङ्घ
पेशाक्रान्तिकारी

अवनीनाथ मुखार्जी (बङ्गाली: অবনীনাথ মুখার্জি) वा अवनी मुखार्जी, भारतीय उपमहाद्वीपका एक कम्युनिष्ट र क्रान्तिकारी थिए। उनी सन् १९२० अक्टोबर १७ मा तासखन्देमा भारतीय कम्युनिष्ट पार्टीका संस्थापक थिए।

जन्म[सम्पादन गर्ने]

अवनीनाथ मुखार्जीको जन्म भारतको मध्य प्रदेशको जब्बलपुरमा सन् १८९१ जुन ३ का दिन भएको थियो। उनको मूल निवास बाङ्लादेशको खुल्नामा रहेको छ।

स्वदेशी आन्दोलन[सम्पादन गर्ने]

बेलायती सरकारले कुख्यात कार्लाइल फतवा जारी गर्दै विद्यार्थी आन्दोलनलाई प्रतिबन्धित गर्‍यो, तब किशोरी अवनीनाथ सन् १९०५ मा त्यसको विरुद्धमा सार्वजनिक सभामा उपस्थित भएका थिए।[१] जसको फलस्वरूप विद्यालयका अधिकारीहरूले उनलाई सजाय दिए जसकारण उनी विद्यालयबाट भागेर जमालपुर रेल मजदुरको हड्तालमा सामेल भएका थिए। कलिलो उमेरमा उनको सखाराम गणेश देउस्कर एक अनुभवी कम्युनिष्ट व्यक्तितवसँग भेट भएको थियो।[२] अवनीका बुबाले उनलाई राजनीतिबाट टाढा अहमदाबादको टेक्सटाइल प्रशिक्षण संस्थानमा पढ्न पठाए। सन् १९१४ मा उनको र बाघ जितिनसँग भटवार्तामा, जतिनको सुझावमा एक ठाउँमा जागिर खाए भने पछि उनी जापान र अन्य एसियाली देशहरूमा सशस्त्र क्रान्तिकारीहरूसँग भेटवार्ता गर्न जापानको यात्रा गरेका थिए।[३]

क्रान्ति प्रयासहरू[सम्पादन गर्ने]

जापानको राजधानी टोकियोमा उनले रासबिहारी बासु र उनका समकक्ष वेसीसँग चिनियाँ क्रान्तिका नेता सुन याट सेनसँग भेटवार्ता गरेका थिए।[४] गदर क्रान्तिकारी भगवान सिङ, अवनी र रासबिहारीले अस्थायी क्रान्ति समितिको गठन गरेका थिए। जर्मन राजदूतलाई भेट्न जाने क्रममा क्रान्तिकारीहरूको नाम भएको एक पुस्तक सहित अवनीनाथ पेनाङ प्रहरी द्वारा समातिएका थिए। १९१७ मा जब उनलाई सिङ्गापुरमा कैदी गरियो तब उनी केही जर्मन युद्धका कैदीहरूसँग भाग्न सफल भएका थिए।[५] त्यहाँबाट भागेपछि उनले सुमात्राको रबार बगैँचामा काम गरे र गुप्तरूपमा इण्डोनेसियाको कम्युनिष्ट पार्टीका सदस्यहरूसँग सम्पर्कमा आएका थिए। मानवेन्द्रनाथ रायका अनुसार उनी रूसी क्रान्तिको बारेमा अध्ययन गर्नुका साथै कम्युनिष्ट विचारधारा प्रति आकर्षित भएका थिए।

समाजतन्त्रको बाटो[सम्पादन गर्ने]

त्यसपछि नक्कली राहदानीको सहयोगमा शाहीको उपनाममा अवनीनाथ हल्याण्ड तथा जर्मनी प्रस्थान गरेका थिए। उनी क्रान्तिकारी भूपेन्द्रनाथ दत्त, वीरेन चट्टोपाध्याय र मानवेन्द्रनाथ रायसँग परिचित थिए। उनीहरूको मुख्य कार्य क्रान्तिकारी बाहेकका सबै भारतीय क्रान्तिकारीहरूसँग कम्युनिष्ट विचारको प्रकाशमा र राष्ट्रवादी र कम्युनिष्ट युरोपका सबै भारतीय क्रान्तिकारीहरूको साथमा क्रान्तिकारी सङ्गठनको निर्माण गर्नु थियो। यस समयमा बेलायती सरकारको खुफिया विभाग रूसमा आएको थियो।


कम्युनिष्ट पार्टीको स्थापना[सम्पादन गर्ने]

सन् १९२० अक्टोबर १ मा ताश्कन्दमा ८ सदस्यहरू सहित कम्युनिष्ट पार्टी गठन गरियो, जसमध्ये एक अवनिनाथ र उनकी श्रीमती रोजा फिटिङ्गफ थिए। उनले १९२० मा रूसी रोजा फिटिङ्सफसँग विवाह गरेका थिए। त्यसपछि अवनीले मानवेन्द्रनाथ रायलाई तेस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियको दोस्रो काङ्ग्रेसमा मेक्सिकोको कम्युनिष्ट पार्टीको प्रतिनिधिको रूपमा साथ दिएका थिए। सन् १२२२ मा उनी रूसमा भारतीय महासङ्घका लागि सम्पादक हुँदै सोही वर्ष उनले रूसी विदेश मन्त्रीसँग भारतको स्वतन्त्रताको बारेमा वार्ता गरेका थिए।[६][७]

मृत्यु[सम्पादन गर्ने]

अवनीनाथा मुखर्जीको मृत्यु रहस्यमय र सदाका लागि विवादास्पद बनेको छ। उनको हत्या बुखारीनसँग घनिष्ट सम्बन्ध रहेको र रूसी गुप्तचरको निर्देशनमा उनको हत्या गरिएको छ भन्ने अनुमान गरिएको छ।[८]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

सन् १९२० मा रूसमा हुँदा मुखार्जीले रोजा फिटिङ्गोभलाई भेटे जो उनी त्यतिबेला लेनिनको निजी सचिव लिडिया फोतिभाको सहायक थिएन्। रोजा फिटिङ्गोफ एक रूसी यहूदी महिला थिइन जो १९१८ मा कम्युनिष्ट पार्टीमा सामेल भएकी थिइन्। रोजा र मुखार्जीको विवहा सन् १९२० मा भएको थियो जसमो दुई सन्तानहरू थिए। उनीहरू छोराको नाम गोरा थियो जो एक युद्धमा मृत्यु भएको थियो भने छोरीको नाम माया थियो।[९][१०]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Did Moscow play fraud on Marx?–I: Pre-1957 Left perspective on 1857 वेब्याक मेसिन अभिलेखिकरण २० जनवरी २००८ मिति by Professor Devendra Swarup at organiser.org (accessed 13 January 2008)
  2. Buddhadeva Bhattacharya, Origins of the Revolutionary Socialist Party (accessed 16 January 2008)
  3. Ralhan, O.P. (ed.). Encyclopaedia of Political Parties - India - Pakistan - Bangladesh - National - Regional - Local. Vol. 13. Revolutionary Movements (1930-1946). New Dehli: Anmol Publications, 1997. p. 116
  4. V. I. Lenin to N. I. Bukharin, note dated 14 November 1921 वेब्याक मेसिन अभिलेखिकरण २० जनवरी २००८ मिति at cddc.vt.edu (accessed 13 January 2008)
  5. India: The 1857 Revolt And Its Historiography: An Overview वेब्याक मेसिन अभिलेखिकरण २० जनवरी २००८ मिति by Biswamoy Pati at politicalaffairs.net (accessed 13 January 2008)
  6. "CHNN, No 13, Autumn 2002: Features", मूलबाट २० जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २००८ 
  7. Ralhan, O.P. (ed.). Encyclopaedia of Political Parties - India - Pakistan - Bangladesh - National - Regional - Local. Vol. 13. Revolutionary Movements (1930-1946). New Dehli: Anmol Publications, 1997. p. 118
  8. "Organiser - Content", मूलबाट २० जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २००८ 
  9. "Organiser - Content", मूलबाट २० जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २००८ 
  10. Goutam Chattapadhyaya (१९९२), Samajtantrer Agniparikkha o Bharater Communist Andolan (Bengali), Kolkata: Pustak Bipani, पृ: 76, आइएसबिएन 81-85471-11-8