आजैलझाडा उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आजैलझाडा
আগৈলঝাড়া
उपजिल्ला
आजैलझाडा is located in बङ्गलादेश
आजैलझाडा
आजैलझाडा
बाङ्लादेशको नक्शामा आजैलझाडा उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°५८′उ॰ ९०°९′पू॰ / २२.९६७°N ९०.१५०°E / 22.967; 90.150निर्देशाङ्कहरू: २२°५८′उ॰ ९०°९′पू॰ / २२.९६७°N ९०.१५०°E / 22.967; 90.150
देश बङ्गलादेश
विभागबरिशाल विभाग
जिल्लाबरिशाल जिल्ला
क्षेत्रफल
 • जम्मा१६१.८२ किमी (६२.४८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१४७,३४३
 • घनत्व९१०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआजैलझाडा उपजिल्लाको आधिकारिक नक्शा

आजैलझाडा (बङ्गाली: আগৈলঝাড়া) बङ्गलादेशको बरिशाल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला बरिशाल विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

आजैलझाडा उपजिल्ला २२°५४' देखि २३°०३' उत्तर अक्षांश र ९०°०३' देखि ९०°१३' पूर्वी देशान्तरणमा अवस्थित छ। आजैलझाडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५५.४७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई गौरन्दी उपजिल्लाले उत्तर र पूर्व, उजिरपुर उपजिल्लाले दक्षिण र कोटालिपाडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। गौर, नान्दा नदी, धोपार पारेर बिल आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १५५६६१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७८१९३ छ भने महिलाको जनसङ्ख्या ७७४६८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८२९९५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६८५६६, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३९२०, इसाई धर्मवलम्बीको जनसङ्ख्या १२७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५३ रहेको छ। यस उपजिल्लाका ९१.८४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ४.८२% ले पोखरी, १.०८% ले टुटी र २.२६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।[३] यस उपजिल्लाको कुल घरहरू मध्ये ५.६४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा ४ उपजिल्ला स्वास्थ्य संस्था, ७ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, तोरी, पानको पात लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, मेवा, खरबुजा, नरिवल, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, पानको पात, कटहर लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तील र अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४५ माछापालन केन्द्र, १५ कुखुरापालन केन्द्र र ४० दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय आजैलझाडा थानाको स्थापना सन् १६ जुन १९८१ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ५ सङ्घ परिषद्,८४ मौजा/महल्ला र ९५ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; जैला सङ्घ परिषद्, बाकाल सङ्घ परिषद्, रत्नपूर सङ्घ परिषद्, बागधा सङ्घ परिषद् र राजिहार सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ५९.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६३.१% छ भने महिलाको साक्षरता दर ५५.४%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; शहीद आब्दुर रब सेरनियावात डिग्री क्याम्प (सन् १९७२), आजैलझारा क्याम्पस, कवीन्द क्याम्पस (संस्कृत क्याम्प), भेगाई हालदार पाबलिक एकाडेमी (सन् १९१९), जैला माध्यमिक विद्यालय (सन् १८९३), बागधा माध्यमिक विद्यालय (सन् १९२२), बाहादुरपुर माध्यमिक विद्यालय (सन् १९२४), आजैलझारा उच्च विद्यालय, जोबारपाड थ्रिस्टान मिशनारि विद्यालय, घोडार पाड थ्रिस्टार मिशनारि विद्यालय, पूर्व सुजनकाठि सरकारी प्राथमिक विद्यालय आदि।[५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১২ মার্চ ২০১৫), "এক নজরে আগৈলঝাড়া", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৪ এপ্রিল ২০১৪-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०४ मिति
  2. "आजैलझाडा उपजिल्ल", बाङ्लापिडिया, अन्तिम पहुँच २०१९-०८-०६ 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-११-१० 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 
  5. "ASKAR KALIBARI SECONDARY SCHOOL ASKAR KALIBARI SECONDARY SCHOOL", www.barisalboard.gov.bd, अन्तिम पहुँच २०१७-०४-१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]