एट्लेटिको म्याड्रिड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आत्लेतिको माद्रिदबाट अनुप्रेषित)
आत्लेतिको दे माद्रिद[१]
पुरा नामक्लुब आत्लेतिको दे माद्रिद
उपनाम(हरू)
  • Los Colchoneros
  • Los Rojiblancos
स्थापना26 अप्रिल 1903; १२० वर्ष पहिले (1903-०४-26) Athletic Club Sucursal de Madridको रूपमा
मैदानवान्डा मेट्रोपोलिटानो
मैदान क्षमता६८,४५६[२]
मालिकमिगुयल एन्जेल गिल मारिन[३] (५१%)
इदान ओफर (३०%)
एनरिके सेरिजो (१९%)[४][५][६]
प्रमुखएनरिके सेरिजो
मुख्य प्रशिक्षकदिएगो सिमओन
लिगला लिगा
सन् २०२०–२१ला लिगा, प्रथम
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

क्लुब आत्लेतिको दे माद्रिद (स्पेनी: Club Atlético de Madrid) वा सामान्यतया आत्लेतिको माद्रिद, एक बहुचर्चित स्पेनी फुटबल क्लब हो। क्लब स्पेनको राजधानी माद्रिदमा आधारित छ। यो क्लब स्पेनी फुटबलको प्रथम दर्जाको फुटबल लिग ला लिगामा प्रदर्शन गर्दछ। क्लबको गृह मैदान माद्रिदको इस्तादियो मेत्रोपोलितानो हो जसको दर्शक क्षमता ६८,४५६ रहेको छ।[२] यसको स्थापना २६ अप्रिल १९०३ मा भएको थियोे।[७]

यो सबैभन्दा धेरै पुरस्कार प्राप्त गर्ने स्पेनी फुटबल क्लबहरू मध्ये एक हो।[८] यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ३० वटा भन्दा उपाधिहरू जित्न सफल भएको छ। सन् १९२९ को ला लिगाको उद्घाटन संस्करणको देखि यसले लगातार सहभागिता जनाउँदै आएको छ।[९] घरेलु प्रतियोगिताको उपाधिको कुरा गर्ने हो भने यसले हाल सम्म १० पटक ला लिगाको उपाधि जित्न सफल भएको छ। यो बार्सेलोना र रेआल माद्रिद पछिको सबैभन्दा सफल स्पेनी क्लब हो।[१०] राष्ट्रिय कप प्रतियोगिता कोपा देल रेमा यसले ला लिगाको समान १० पटक उपाधि जित्न सफल भएको छ भने यो उक्त प्रतियोगितामा ९ पटक फाइनलमा पुगेको थियो। लिग र कप गरी बीस राष्ट्रिय उपाधि जित्नुको बाहेक, क्लबले दुई पटक स्पेनी सुपर कप उपाधि जितेको छ।[११]

महादेशीय स्तरमा यो शीर्ष आठ सबैभन्दा सफल युरोपेली टोलीहरू मध्ये एक हो।[१२] क्लबले युइएफए च्याम्पियन्स लिगमा १४ पटक सहभागी भई प्रतिस्पर्धा गरिसकेको छ। यसले सन् १९६२ मा, युरोपेली कप विनर्स कप जितेको थियो भने यसले सन् १९६२ र सन् १९६३ मा, उक्त प्रतियोगिताको उप विजेता बनेको थियो।[१३] क्लब बहुप्रतिष्ठित युइएफए च्याम्पियन्स लिगमा ३ पटक वा सन् १९७४, सन् २०१४ र सन् २०१६ मा उप विजेता बनेको थियो तथापि, यसले हालसम्म उक्त प्रतियोगिताको विजेता भने बन्न सकेको छैन। यसले सन् २०१०, सन् २०१२ र सन् २०१८ मा, युरोपेली फुटबल महासङ्घको दोस्रो दर्जाको क्लब स्तरीय फुटबल प्रतियोगिता युइएफए युरोपा लिगको उपाधि जित्न सफल भएको छ।[१४][१५][१६][१७] यसले सन् २०१०, सन् २०१२ र सन् २०१८ मा युइएफए सुपर कप जितेको थियो भने यसले सन् १९७४ मा अन्तरमहादेशीय प्रतियोगिताको उपाधि पनि जितेको थियो।

क्लबको वर्तमान महिला महिला टोलीले हाल स्पेनी महिला फुटबलको प्रथम दर्जाको लिग प्रिमियरा दिभिसन फिमिनिनामा प्रतिस्पर्धा गर्दछ।[१८] क्लबको महिला टोली सबैभन्दा सफल टोलीहरू मध्ये एक हो। यसले उक्त प्रतियोगिता सन् १९८९–९० मा आत्लेतिको बिला दे माद्रिदको रूपमा जितेको थियो। उक्त टोलीले सन् २०१६–१७, सन् १०१७–१८, र सन् २०१८–१९ मा गरी चार पटक यस प्रतियोगिता जित्न सफल भएको थियो भने यसले सन् २०१५–१६ संस्करणको कोपा दे ला रेइना दे फुतबलको उपाधि पनि जितेको थियो। [१९][२०]

सामाजिक स्तरमा, योसँग हाल १,२०,००० भन्दा बढी सदस्यहरू रहेका छन्।[२१] जुन २०१४ को एक सर्वेक्षण अनुसार प्रशंसक स्तरमा, यो स्पेनका धेरै समर्थकहरू सहित तेस्रो फुटबल क्लब हो।[२२] खेलकुद तहमा यो युरोपको पहिलो समूहमा सूचीबद्ध छ। १८ मार्च २०२० को युइएफए गुणाङ्कहरूको वर्गीकरणमा यो दोस्रो स्थानमा रहेको छ। [२३][२४] आर्थिक हिसाबले यो युरोपेली क्लबहरूको सूचीमा १३औँ औँ स्थानमा रहेको छ र प्रति संस्करण यसले ३० करोड ४४ लाख ४ हजार युरो कमाउँदछ।[२५]

इतिहास[सम्पादन गर्नुहोस्]

लिग विवरण[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Official Atlético de Madrid Website", atleticodemadrid.com 
  2. २.० २.१ "Estadio Olimpico de la Peineta", Stadium DB.com 
  3. "Enrique Cerezo, nuevo presidente del Atlético tras la dimisión de Jesús Gil"। माद्रिद: www.abc.es। २८ जुन २००३। सङ्ग्रह मिति ३ जुलाई २०१६ 
  4. "El multimillonario israelí Idan Ofer avanza en su intento de comprar una participación en el Club de Fútbol Atlético de Madrid", Haaretz, १६ नोभेम्बर २०१७, अन्तिम पहुँच १ फेब्रुअरी २०१८ 
  5. वेल्च, बेन (१७ नोभेम्बर २०१७), "El multimillonario israelí Idan Ofer compra parte de los gigantes del fútbol español Atlético Madrid", द जेसी, अन्तिम पहुँच १ फेब्रुअरी २०१८ 
  6. हजानी, गोलान (१७ नोभेम्बर २०१७), "Israeli Business Magnate Buys a 15% Stake in Atlético Madrid", CTECH, अन्तिम पहुँच १ फेब्रुअरी २०१८ 
  7. "«¿Por qué tienen esos apodos los equipos?»" 
  8. Contacto Club Atlético de Madrid atleticodemadrid.com
  9. "El Wanda Metropolitano acogerá la final de la Champions League en 2019"। elpais.com। ११ फेब्रुअरी २०१७। 
  10. laliga.es। "Estadísticas históricas" 
  11. Ricardo, Uribarri। "Los títulos olvidados del Atleti" (स्पेनी भाषा)। ctxt.es Contexto y Acción। सङ्ग्रह मिति २७ जुलाई २०१८ 
  12. "Los equipos más laureados" (स्पेनी भाषा)। युइएफए। सङ्ग्रह मिति १२ सेप्टेम्बर २०१८ 
  13. "FIFA reconoce 3 títulos mundiales al Madrid y 1 al Atlético"। As। २७ अक्टोबर २०१६। सङ्ग्रह मिति २६ जुन २०१८ 
  14. "El Atlético remonta al Real Madrid y se alza con un triplete histórico"। Mundo Deportivo। सङ्ग्रह मिति १६ जुलाई २०१८ 
  15. "El Infantil del Atleti se proclama campeón de Liga"। Mundo Deportivo। सङ्ग्रह मिति १६ जुलाई २०१८ 
  16. "Atlético. Academia de campeones"। Mundo Deportivo। सङ्ग्रह मिति १६ जुलाई २०१८ 
  17. "Las niñas del Atlético, campeonas en una Liga de chicos"। Mundo Deportivo। सङ्ग्रह मिति १६ जुलाई २०१८ 
  18. mundodeportivo.com (६ फेब्रुअरी २०१८)। "¡El Atlético alcanza los 120.000 socios!" 
  19. as.com। "El Atlético de Madrid tiene 742 peñas, 39 fuera de España" 
  20. atleticodemadrid.com। "Peñas en todo el mundo" 
  21. cis.es। "Barómetro CIS 2014" 
  22. "El Atlético escala a la segunda posición en el ránking UEFA"AS.com (स्पेनी भाषा)। १७ मार्च २०१९। सङ्ग्रह मिति १८ मार्च २०२० 
  23. deloitte.com। "Los clubes de fútbol más ricos del mundo" 
  24. "Lista de los clubes de fútbol más valiosos del mundo"। फोर्ब्स। 
  25. "1973/74: Müller termina la espera del Bayern", युइएफए, मूलबाट ११ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]