आवाज दो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आवाज दो
संयुक्त राष्ट्र सङ्घीय बालकोषको निशान छाप ।
गठनअक्टोबर १९, २०१०; १३ वर्ष पहिले (२०१०-१०-19)
प्रकारअनलाइन अभियान
कानुनी वैद्यतासक्रिय
मूल सङ्गठनहरू
संयुक्त राष्ट्र सङ्घीय बालकोष

आवाज दो भारतमा पढ्न नपाएका ८० लाख भन्दा बडी बालबालिकाका लागि आवाज उठाउन संयुक्त राष्ट्र सङ्घीय बालकोषद्वारा सञ्चालित अभियान हो । अनलाइन सञ्चालन हुने यस अभियानले आम जनतालाई शिक्षाको महत्त्व बुझाई बालबालिकालाई विद्यालयमा भर्ना गराउने उद्देश्य राखेको छ ।[१]

सन् २०१० मा सञ्चालित यस कार्यक्रमले सरकारी र गैरसरकारी सङ्गठनहरूका साथै २ लाख भन्दा बडी भारतीय नागरिकबाट समर्थन पाएको छ ।[२][३] संयुक्त राष्ट्र सङ्घीय बालकोषका प्रभावक दूत प्रियङ्का चोपडा र भारतका शिक्षा मन्त्री कपिल सिब्बलले पनि आवाज दो च्याम्पियनका रूपमा काम गरी आम जनतालाई यस अभियानबारे सचेत गराइरहेका छन् ।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

नि:शुल्क एवम् अनिवार्य शिक्षा विधेयक, २००९ अनुसार ६ देखि १४ वर्षका बालबालिकालाई अनिवार्य शिक्षा प्रदान गर्नुपर्छ । यद्यपि, सन् २००९ मा भारतमा ६ देखि १४ वर्षका बालबालिकामध्ये ८० लाख भन्दा बडी विद्यालयमा भर्ना भएका थिएनन् ।[१][५]

सुरुवात[सम्पादन गर्नुहोस्]

भारत सरकारसंयुक्त राष्ट्र सङ्घीय बालकोषको संयुक्त प्रयासले यस अभियानको सुरुवात भएको हो । "आवाज दो" को अर्थ हिन्दीमा "आवाज देऊ" हो र यसको प्रतीकको रूपमा एउटा मेगाफोन राखिएको छ । यो अभियान अक्टोबर १९, २०१० मा सुरु भएको थियो ।

राष्ट्रिय र प्रान्तीय स्तरमा नि:शुल्क एवम् अनिवार्य शिक्षा विधेयक, २००९ को सही ढङ्गले कार्यान्वयन गर्न संयुक्त राष्ट्रिय सङ्घीय बालकोष भारत सरकारसँग काम गरिरहेको छ । यद्यपि, यस अभियानको सफलता सामूहिक प्रयास र सार्वजनिक संलग्नतामा निर्भर छ । आवाज दो अभियान सबै बालबालिकालाई साक्षर बनाउन सरकार, गैरसरकार, मिडिया र आम जनताको सामूहिक प्रयास र संलग्नता जनाउने मन्च हो ।

— उर्मिला सरकार, संयुक्त राष्ट्र सङ्घीय बालकोष शिक्षा प्रमुख[६]

दर्शन[सम्पादन गर्नुहोस्]

यस अभियानले भारतमा विद्यालयमा पढ्न नपाएका ८० लाख भन्दा बडी बालबालिकालाई शब्दको शक्ति सिकाई उनीहरूको जीवन सुधार्न चाहन्छ ।[७] अनलाइन सञ्चालित यस अभियानले इन्टरनेटको माध्यमबाट जनतालाई पिछडिएका बालबालिकाको लागि आवाज उठाउन र उनीहरूलाई सक्दो सहयोग गर्न प्रोत्साहित गर्छ ।

आवाज दो नि:शुल्क एवम् अनिवार्य शिक्षा विधेयक, २००९ को बारेमा जनचेतना फैलाउने अभियान हो । यस विधेयक पास भएकोले नै भारतीय बालबालिकाका लागि ठुलो उपलब्धिको सङ्केत गराउँछ ।

— करिन हल्शफ, संयुक्त राष्ट्र सङ्घीय बालकोष प्रतिनिधि[२]

समर्थन[सम्पादन गर्नुहोस्]

अनलाइन समर्थन[सम्पादन गर्नुहोस्]

अनलाइन अभियान आवाज दो प्रति टन्नै मानिसहरूले यसको बालबालिकालाई साक्षर र सशक्त बनाउने दर्शनलाई इन्टरनेट र सामाजिक सञ्जालबाट समर्थन जनाएका छन् ।

यस अभियानले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी बालबालिकाको साक्षरता र सशक्तिकरणमा आम जनतालाई संलग्न गराउन खोजेको छ ।

— करिन हल्शफ, संयुक्त राष्ट्र सङ्घीय बालकोष प्रतिनिधि[२]

अक्टोबर १९, २०१० मा यस अभियानको वेबसाइट सार्वजनिक बनाइएको थियो । यस वेबसाइटमा अभियानको परिचयका साथै अन्य मिडियामा प्रतिनिधित्व, प्रेस विज्ञप्ति र दर्ता फारम उपलब्ध छ । आफू अभियानमा दर्ता नभएपनि आफू नजिकको विद्यालयमा दान दिने र नि:शुल्क एवम् अनिवार्य शिक्षा विधेयक, २००९ बारे आफूले चिनेजानेका मानिसलाई जानकारी दिने लगायत सहयोगका लागि गर्न सकिने कार्यहरू पनि यस वेबसाइटमा हेर्न सकिन्छ । सन् २०१२ को अन्त्यमा २ लाख भन्दा बडी व्यक्तिहरूले यस अभियानमा आफ्नो नाम अनलाइन दर्ता गराएका थिए ।[३]

सरकारी र गैरसरकारी संस्थाबाट समर्थन[सम्पादन गर्नुहोस्]

भारत सरकारको साथमा अन्य सरकारी संस्था, समाजसेवा र चर्चित व्यक्तिहरूले यस अभियान प्रति समर्थन जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बालकोषका प्रभावक दूत प्रियङ्का चोपडा र भारतका शिक्षा मन्त्री कपिल सिब्बलले पनि आवाज दो च्याम्पियनका रूपमा काम गरी आम जनतालाई यस अभियानबारे सचेत गराइरहेका छन् ।[४] प्रियङ्का चोपडाले उनका समर्थकलाई यस अभियानमा भाग लिन आग्रह गर्दै सामाजिक सञ्जालमा भिडियोहरू राखेकी छिन् ।

टाटा इण्डिकम, बरिस्टा लवाजा, पार्क होटेल्स, टपरवेयर लगायत अन्य कम्पनीले संयुक्त राष्ट्र सङ्घीय बालकोषसँग काम गरी आफ्ना उपभोक्तालाई बाल शिक्षाको मुद्दामा आवाज उठाउन आग्रह गरिरहेका छन् भने चन्दामामा र डिज्नी च्यानलले आफ्ना दर्शकलाई यस विषयको बारेमा सचेत गराइरहेका छन् । क्याननले पनि यस विषयको बारेमा चेतना फैलाउन फोटो र भिडियो प्रतियोगिता आयोजना गरिरहेको छ ।[५]

थप लेख[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ रेडिफ, "८० लाख भन्दा बडी बालबालिका अझै विद्यालय जान नपाउँदा भारतको विकास हुन सक्ला त", रेडिफ, अन्तिम पहुँच जनवरी ५, २०१२ 
  2. २.० २.१ २.२ मैत्रेयी बरुआ, "२ लाख भन्दा बडी अनलाइन अभियानमा संलग्न", डीएनए इन्डिया, अन्तिम पहुँच डिसेम्बर २८, २०१२ 
  3. ३.० ३.१ "संयुक्त राष्ट्र सङ्घीय बालकोष आवाज दो गृहपृष्ठ", मूलबाट मे १, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २७, २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-०१ मिति
  4. ४.० ४.१ "प्रियङ्का चोपडा लगायत अन्यले आवाज दो प्रति समर्थन जनाउँछन्", अन्तिम पहुँच अप्रिल २७, २०११ 
  5. ५.० ५.१ "भारतमा ८० लाख भन्दा बडी बालबालिका विद्यालय बाहिर", संयुक्त राष्ट्र सङ्घीय बालकोष, अन्तिम पहुँच अप्रिल २७, २०११ 
  6. "संयुक्त राष्ट्र सङ्घीय बालकोष शिक्षा प्रमुखको भाषण", संयुक्त राष्ट्र सङ्घीय बालकोष, अन्तिम पहुँच अप्रिल २७, २०११ 
  7. इन्दोर न्यूज, "आवाज दोको दर्शन", इन्दोर ३६०, मूलबाट अक्टोबर ४, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २७, २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०४ मिति