क्यानन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्यानन निगम
मौलिक नाम
キヤノン株式会社
रोमन लिपिमा नाम
क्यानन काबुशिकी गाइसा
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनJP3242800005 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगइलेक्ट्रोनिक्स
स्थापित१० अगस्ट १९३७; ८६ वर्ष पहिले (१९३७-०८-10) ( सेइकिकोगाकु केन्क्युशोको रूपमा; जापान। 精機光學研究所, प्रेसिजन अप्टिकल उद्योग कम्पनी लिमिटेड)
टोक्यो, जापान
स्थापनाकर्ता
  • गोरो योशिदा
  • साबुरु उचिदा
  • ताकेओ माइदा
केन्द्रीय कार्यालय,
जापान
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
फुजुयो मिताराई (अध्यक्षकार्यकारी)
उत्पादनहरू
राजश्व¥३.५९ खर्ब युएस$३२.६७ अर्ब (सन् २०१९)[१]
परिचालन आय
¥१७४.६७ अर्ब युएस$१.५९ अर्ब (सन् २०१९)[१]
¥१२५.११ अर्ब युएस$१.१४ अर्ब (सन् २०१९)[१]
कुल सम्पत्ति¥४.४७ खर्ब युएस$४३.३५ अर्ब (सन् २०१९)[१]
कुल इक्विटी¥२.६९ खर्ब युएस$२४.४८ अर्ब (सन् २०१९)[१]
कर्मचारी सङ्ख्या
१,९७,६७३ (सन् २०१७)[२]
विभागकार्यालय व्यवसाय एकाइ, उपभोक्ता व्यवसाय एकाइ, उद्योग र अन्य व्यवसाय एकाइ
सहायक कम्पनीहरू
वेबसाइटglobal.canon

क्यानन निगम (जापानी キヤノン), एक जापानी बहुराष्ट्रिय निगम हो जसको प्रधान कार्यालय ओता, टोकियो, जापानमा रहेको छ। यसले अप्टिकल, इमेजिङ र औद्योगिक उत्पादनहरू, जस्तै लेन्स, क्यामेरा, चिकित्सा उपकरण, स्क्यानर, मुद्रण यन्त्र, र अर्थचालक जस्ता उपकरणको निर्माण तथा बिक्रीवितरण गर्दछ।[३][४]

नाम[सम्पादन गर्नुहोस्]

यो कम्पनी मूल रूपमा सेइकिकोगाकु केन्क्युशो नामकरण गरिएको थियो (जापानी 精機光学研究所) जसको अनुवाद प्रिसिजन अप्टिकल उद्योग कम्पनी लिमिटेड रहेको छ।[५] सन् १९३४ मा यसले क्वानोन नामको एक क्यामरा उत्पादन गरेको थियो, जुन जापानको पहिलो ३५ एमएम क्यामेराको प्रोटोटाइप थियो जसमा फोकल-प्लेन-आधारित सटर रहेको थियो। सन् १९४७ मा कम्पनीको नाम परिवर्तन गरि क्यानन क्यामेरा कम्पनी, निगम राखिएको थियो।[५] क्यानन नाम बौद्धको बोधिसत्व क्याननबाट लिइएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९३७–१९७०[सम्पादन गर्नुहोस्]

क्याननको उत्पत्ति सन् १९३३ मा जापानमा ताकेशी मिताराई, गोरो योशिदा, साबुरो उचिदा र तेको माएदाद्वारा प्रेसिजन अप्टिकल इन्स्ट्रुमेन्ट्स प्रयोगशालाको स्थापनाबाट भएको थियो।[६] सन् १९३७ मा कम्पनी प्रिसिजन अप्टिकल इन्स्ट्रुमेन्ट्स, कम्पनी, लिमिटेड बनेको थियो।[६] यसको प्रारम्भिक वर्षहरूमा कम्पनीसँग आफ्नै अप्टिकल ग्लास उत्पादन गर्ने कुनै सुविधा थिएन, र यसको पहिलो क्यामेरामा निप्पोन कोगाकु के.के. (पछि निकोन निगम) बाट निक्कोर लेन्सहरू समावेश गरिएको थियो।[७]

सन् १९३३ र १९३६ को बीचमा जापानको पहिलो ३५ एमएमफोकल–प्लेन–सटर क्यामेरा लाइका डिजाइनको प्रतिलिपि 'द क्वाननन' प्रोटोटाइपको रूपमा विकास गरिएको थियो।[८] सन् १९४० मा क्याननले जापानको पहिलो अप्रत्यक्ष एक्स-रे क्यामेराको विकास गरेको थियो। क्याननले सन् १९५८ मा टेलिभिजन प्रसारणका लागि स्थल जुम लेन्सको सुरुवात गरेको थियो भने सन् १९५९ मा रिफ्लेक्स जुम ८, जुम लेन्स भएको विश्वको पहिलो चलचित्र क्यामेरा र क्याननफ्लेक्सको सुरुवात गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Canon Annual Report", क्यानन। 
  2. "Canon Historical Data (consolidated)", मूलबाट ४ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण ४ नोभेम्बर २०१६ मिति
  3. "Corporate Profile." Canon. Retrieved on 13 January 2009.
  4. "Our Business", Canon Global (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१३ 
  5. ५.० ५.१ "The History of Canon 1933 - 1961", मूलबाट १३ मार्च २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १३ मार्च २०१० मिति
  6. ६.० ६.१ "The History of Canon 1933 -no", Canon, अन्तिम पहुँच ९ मार्च २०२१ 
  7. "History Hall 1937-1945", Canon Camera Museum, मूलबाट १० जुन २०१७-मा सङ्ग्रहित। 
  8. "Kwanon name", canon.com, मूलबाट १३ मार्च २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १३ मार्च २०१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • आधिकारिक वेबसाइट Edit this at Wikidata
  • वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा