इन्डियन एसोसिएसन फर द कल्टिभेसन अफ साइन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
इन्डियन एसोसियसन फर द कल्टिभेसन अफ साइन्स
Entrance - Indian Association for the Cultivation of Science - 2AB Raja Subodh Chandra Mullick Road - Kolkata 2015-01-08 2431.JPG
प्रधान प्रवेशद्वार
आदर्श वाक्यविशुद्ध विज्ञानको विभिन्न क्षेत्रमा मौलिक अनुसन्धानमा सहायता गर्नु
प्रकारअनुसन्धानकेन्द्र
स्थापना२९ जुलाई १८७८
संस्थापकडाक्टर महेन्द्रलाल सरकार
सभापतिमनमोहन शर्मा
निर्देशकशान्तनु भट्टाचार्य[१]
स्थान
राजा एससी मल्लिक रडक कलकत्ता-१०००३२, पश्चिम बङ्गाल, भारत

२२°२९′५४″N ८८°२२′०७″E / २२.४९८३°N ८८.३६८६°E / 22.4983; 88.3686
वेबसाइटwww.iacs.res.in

इन्डियन एसोसियसन फर द कल्टिभेसन अफ साइन्स भारतको पश्चिम बङ्गाल अन्तर्गत कलकत्तामा अवस्थित एक विज्ञान अनुसन्धान तथा उच्च शिक्षाको एक राष्ट्रिय शिक्षण संस्था हो। विशुद्ध विज्ञानको विभिन्न क्षेत्रमा मौलिक अनुसन्धानमा सहायता गर्नु यस संस्थाको मूल उद्देश्य हो। सन् १८७६ मा यस शिक्षण संस्थाको स्थापना डाक्टर महेन्द्रलाल सरकारले गरेका थिए। पदार्थविज्ञानमा भारतका प्रथम नोबेल पुरस्कार जित्नका लागि चन्द्रशेखर भेङ्कट रमनले यस शिक्षण संस्थाबाट अनुसन्धान सम्पन्न गरेका थिए।

इतिहास[सम्पादन गर्ने]

उन्नाइसौँ शताब्दी तिर भारतमा पुनर्जागरणको अभियान सुरु गरिएको थियो जसको फलस्वरूप विज्ञानको विकास र प्रचार अपरिहार्य बनेको थियो। विज्ञानको क्षेत्रलाई विकसित नगरेसम्म भारतको प्रगति हुनु असम्भव जस्तै रहन्छ भन्ने कुरा कलकत्ताका एक चिकित्सक तथा समाजसेवी डाक्टर महेन्द्रलाल सरकारले बुझेका थिए जसकारण उनले नियमित विज्ञान व्याख्यानहरू आयोजना गर्न सकिने एक संस्था स्थापना गर्ने सोच बनाएका थिए। यस बाहेक तत्कालीन समयमा विज्ञान शिक्षाको त्यस्तो कुनै प्रणाली बनिसकेको थिएन।[२] यस लक्ष्यलाई ध्यानमा राख्दै कम्पनी सन् १८७६ जुलाई २९ का दिन कलकत्ताको २१० बौबाजार मार्गमा यस संस्थाको स्थापना भएको थियो। महेन्द्रलालसँगै सेन्ट जेभियर्स कलेजका रेक्टर तथा विज्ञानका अध्यापक फादार युजिन लाफोँले यस संस्थाको लागि सक्रिय योगदान दिएका थिए। कलकत्ता विश्वविद्यालय स्थापना भएको मात्र २० वर्ष पछि यस्तो योजनाहरू सम्पूर्ण भारतमा दुर्लभ र अद्वितीय बनेको थियो। महेन्द्रलाल सरकार आफ्नो मृत्युसम्म यस सङ्गठनका सचिव रूपमा कार्यरत रहेका थिए। महेन्द्रलालको मृत्यु पश्चात् उनका छोरा डाक्टर अमृतलाल सरकारले यस संस्थाको सम्पादकको रूपमा दायित्व ग्रहण गरेका थिए।

सन् १८७६ मा यस संस्थाको निर्देशकका लागि एक निर्देशन समितिको गठन गरिएको थियो। पछि यस समितिमा ईश्वरचन्द्र विद्यासागर, केशरचन्द्र सेन र अन्य समाजसेवीहरू जोडिएका थिए। यसबाहेक गुरुदास बन्ध्योपाध्याय, राजेन्द्रलाल मित्र, सुरेन्द्रनाथ बन्ध्योपाध्याय र अन्यले नियमित सल्लाहकारको रूपमा काम गरेका थिए। सन् १९१२ मा यस संस्थाको अधिकर्ता पद सुरु गरिएको थियो भने यस संस्थाको प्रथम अधिकर्ताको दायित्व तथा पदभार प्यारिमोहन मुखोपध्यायले गरेका थिए। त्यस पछि डाक्टर नीलरतन सरकार, ज्ञानचन्द्र घोष र सत्येन्द्रनाथ बोसले विभिन्न चरणमा आफ्नो यस संस्थाका लागि निर्देशको कर्तव्य पूरा गरेका थिए। सन् १८७६ सालको यस संस्थाको स्थापना भएतापनि यस संस्थाले आफ्नो मौलिक अनुसन्धान सन् १९०७ बाट सुरु गरेको थियो।[३] सोही वर्ष युवा वैज्ञानिक चन्द्रशेखर भेङ्कट रमन यस संस्थाका सदस्य भएका थिए। पछि उनले शिक्षकको रूपमा खाली समय अथक अनुसन्धान जारी राखेका थिए। यहाँ अनुसन्धान गरिसकेपछि उनले सन् १९२८ मा रमन क्रिया पत्ता लगाएका कारण उनले नोबेल पुरस्कार जित्न सफल भएका थिए। रमनले यस संस्थामा सन् १९३३ सम्म काम गरेका थिए भने उनले त्यस वर्ष पछि बेङ्ग्लोरमा बसाइँसराइ गरेका थिए।

प्रशासन तथा अनुसन्धान सुविधाहरू[सम्पादन गर्ने]

हाल आइएसिएस एक स्वायत्त विज्ञान अनुसन्धान संस्थानको रूपमा कार्य गरिरहेको छ जुन विज्ञान र प्राविधिक विभाग, भारत सरकार र पश्चिम बङ्गाल सरकारबाट स्वायत्तशासित छ। यस संस्थामा विशिष्ट वैज्ञानिक वा वैज्ञानिकहरूको टोली अनुसन्धानको लागि संस्थानमा सामेल हुन सक्दछन्। अनुसन्धानका लागि आर्थिक तथा प्राविधिक सहायता भारतीय वैज्ञानिक र प्राविधिक अनुसन्धान परिषद्, भारतको आणविक उर्जा विभाग, डिएसटी, डिएनइएस, डिओएस, डिएसआइआर, भारतीय चिकित्सा अनुसन्धान परिषद्, भारतीय राष्ट्रिय विज्ञान सङ्घ, उत्तर दक्षिण फाउन्डेसन, भारतको विश्वविद्यालय मञ्जुरी संस्थान र युएनडिपीले गरिरहेको छ। हाल पदार्थविज्ञान तथा रसायन विभागमा लगभग ८० जना सङ्काय सदस्यहरू यस संस्थामा कार्यरत रहेका छन्। हाल यस संस्थाका निर्देशक अध्यापक देवाशीष मुखोपाध्याय हुन्। यस संस्थामा स्नातकोत्तीय अनुसन्धान तथा शिक्षणको बन्दोबस्त रहेको छ।

प्रख्यात अनुसन्धानकर्ताहरू[सम्पादन गर्ने]

  • जगदीशचन्द्र बसु
  • चन्द्रशेखर भेस्कट रमन
  • सुब्रमण्यम चन्द्रशेखर
  • मेघराथ साहा
  • कार्यमानिक्यम श्रीनिवास कृष्णान (केएस कृष्णान)
  • एस भगवास्तम
  • के बन्धोपाध्याय
  • एल श्रीवास्तव
  • एन के सेथी
  • सि प्रसाद
  • आशुतोष मुखोपाध्याप
  • चुनीलाल बसु

सम्मान[सम्पादन गर्ने]

सन् १९९८ - अमेरिकी केमिकल सोसाइटीले यस संस्थालाई "अन्तर्राष्ट्रिय ऐतिहासिक रासायनिक सीमा चिन्ह" प्रदान गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "IACS director"iacs.res.in। सङ्ग्रह मिति ८ अक्टोबर २०१७ 
  2. প্রশান্ত প্রামাণিক রচিত নোবেলবিজ্ঞানী চন্দ্রশেখর গ্রন্থ। অনুচ্ছেদ: ছাত্রজীবন;; পৃষ্ঠা: ২০
  3. www.iacs.res.in/intro.html - আইএসিএস-এর ওয়েবসাইটের ভূমিকা অংশ

बाह्य कडीहरू[सम्पादन गर्ने]

आधिकारिक वेबसाइट