इन्द्रायणी जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इन्द्रायणी जात्रा काठमाडौंमा हुने वार्षिक जात्रा हो। यो जात्रा प्रत्येक वर्ष मार्ग कृष्ण एकादशी मा सुरु भइ आठ दिनसम्म मनाईन्छ। यो पर्व हिन्दु र बौद्ध समुदायले मिलेर मनाउने गर्दछन् । जात्राको उत्पत्ति लिच्छवी कालमा सुरु भएको मानिन्छ। [१] [२]

पौराणिक कथा[सम्पादन गर्नुहोस्]

पौराणिक कथन अनुसार इन्द्रायणी काठमाडौं उपत्यकाकी देवी वत्सला माजु (भुवनेश्वरी)की आठ छोरी मध्येकी एक थिइन्, तर उनी गरिब भएकोले परिवारले वास्ता गर्दैन थियो । एक पटक वत्सला माजुले आफ्ना सबै छोरीहरूलाई चिल्ला पर्वमा भोजको लागि आमन्त्रित गरे। सात छोरीहरूलाई सुनको थालमा खाना दिइयो, तर इन्द्रायणी र उनका छोराछोरीहरूलाई बेवास्ता गरी पातको थालमा कोदोको रोटी दिइयो। गरिब भएको कारणले उनलाई बेवास्ता गरिएको थियो। यो व्यवहारले इन्द्रायणीलाई दुःखी बनायो, र उनी खाना नखाई बाहिर गइन्। घर फर्कने क्रममा उनका छोराछोरी भोकले रोए । पिडाको कारण, उनले आफ्ना छोराछोरीलाई कहाँ छाडेर आए पनि सम्झन सकेनन्। घर पुग्दा उनी एक्लै थिइन् । एउटी बूढी महिलाले उसलाई देखे र उनलाई फर्सी दिए। इन्द्रायणीले त्यो फर्सी पकाउन थालिन्। तर खाना पकाउनमा ध्यान दिन नसकेर रातभर रोएर सुतिन् । भोलिपल्ट बिहान, भान्साकोठामा धुवाँ भरिएको थियो, त्यसैले उनी हतारमा जाँच गर्न गइन्। तर, उनले आगोको सट्टा सुनले भरिएको भाँडो भेटिन्। फर्सी सुनमा परिणत भएको थियो। तर त्यो सुन देख्दा पनि उनलाई लोभ लागेन । उनले सुनको केही टुक्रा लिए र बाँकीलाई अरूले देख्ने ठाँउमा विष्णुमती नदीको कनारमा राखिदिइन्। उनीसँग सुन भएकोले उनको नाम लुटी अजिमा राखिएको छ (नेवारीमा लु अर्थात् सुन)। आमाले पनि राम्रो व्यवहार गर्न थालिन् । तर भोजमा भएको दुर्व्यवहारलाई उनले भुलेकी थिइनन् । त्यसैले भोजमा सामेल हुनुको सट्टा, उनले आफ्ना गहनाहरू निकालिन् र सुनका गहनालाई खाना खुवाउन थालिन्। यो खाना सुनको सम्पत्तिलाई दिइएको हो मलाई होइन भनेर चिच्याइन्। उनी आफ्नो घर फर्किइन् र आफ्नी आमा वा दिदीबहिनीहरूलाई निमन्त्रणा नगरी भोज गर्ने निर्णय गरिन्। सोही पर्वको सम्झनामा यो जात्रा मनाइन्छ ।

जात्रा[सम्पादन गर्नुहोस्]

जात्रामा महर्जन, डोंगोल, महन्थ, ठकु जुजु, कसैस, मानन्धर जातिहरु सहभागी हुन्छन् । यो पर्व त्रयोदशीको दिनबाट सुरु हुन्छ । ट्योड बाट ढल्को मन्दिरमा इन्द्रायणीको मूर्तिलाई पालकीमा ल्याइन्छ । मन्दिर परिसरमा विशेष नाग अर्पण (सर्पहुती यज्ञ) गरिन्छ। यस क्रममा एक जोडी सर्प, दुईवटा माछा, भँगेरा र फट्याङ्ग्रा ज्वालामा चढाइन्छ। पूजाको समयमा, पुरुषहरू पा पि वोनेगु भनिने मन्दिरको ढोकामा पहरेदारको रूपमा खडा हुन्छन्। चाडपर्वमा ढल्कोस्थित इन्द्रायणी मन्दिरभित्र यान्सी नामक ४८ फिट अग्लो काठको खम्बा उठाइन्छ । थाहिटी, काठमाडौंका बज्राचार्यहरूले इन्द्रायणी मन्दिरमा आफ्ना पुर्खा अजु र अजी नामक देवताहरू ल्याईन्छ। [१]

भोलिपल्ट इन्द्रायणीको मुर्तिलाई पालकीमा सवार गरी थाहिटीमा आफ्ना सन्तान छपु गणेश, भुडी गणेश, शोभा भगवती, मंखाछा र ज्वालामाईलाई भेट्ने गरिन्छ । मंखाचा र ज्वालामाई बाहेक उनका सबै सन्तान हुन् । [१]

औसिको दिन इन्द्रायणीको डोलीलाई छेत्रपाटि स्थित श्वेतभैरवसहित नगर परिक्रमा गराइन्छ । विगतमा इन्द्रायणीसँगै श्वेतभैरव सहर घुम्ने गरेको भए पनि करिब ७० वर्षअघि यो चलन बन्द गरिएको थियो । [१]

कीर्तिपुरको इन्द्रायणी जात्रा[सम्पादन गर्नुहोस्]

काठमाडौं उपत्यकाको अर्को सहर कीर्तिपुरमा पनि यस्तै नाम र समयको पर्व मनाइन्छ। सांगीतिक समुह सहितको रथयात्रा दिनभर विभिन्न स्थानमा निस्कन्छ । देवी र उनको रथलाई तेस्रो दिन बाग भैरव मन्दिर नजिकैको मुख्य मन्दिरमा ल्याइन्छ। [३] [४]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "Indrayani Jatra losing participation, charm", GorakhaPatra, अन्तिम पहुँच २०२३-०७-१७ 
  2. Setopati, सबिना श्रेष्ठ, "दिदीहरूले सुनका गहनालाई नै सबथोक ठानेपछि रिसले अलग्गै बसिन् इन्द्रायणी", Setopati, अन्तिम पहुँच २०२३-०७-१७ 
  3. "Indrayani Jatra – KTM Guide", अन्तिम पहुँच २०२३-०७-१७ 
  4. Republica, "Kirtipur Jatra For Stronger Brotherhood", My City, अन्तिम पहुँच २०२३-०७-१७