इफेल टावर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इफेल टावर
La tour Eiffel (ला तुर इफेल)
Tour Eiffel Wikimedia Commons.jpg
पेरिसको सँ द मार्सबाट इफेल टावर
उचाइ
विश्वको अग्लो १८८९ देखि १९३० सम्म[I]
सामान्य विवरण
प्रकारअवलोकन टावर,
रेडियो प्रसारण टावर
स्थानसेभेन्थ एरोँडिसमेन्ट, पेरिस, फ्रान्स
निर्देशाङ्क४८°५१′२९.६″उ॰ २°१७′४०.२″पू॰ / ४८.८५८२२२°N २.२९४५००°E / 48.858222; 2.294500निर्देशाङ्कहरू: ४८°५१′२९.६″उ॰ २°१७′४०.२″पू॰ / ४८.८५८२२२°N २.२९४५००°E / 48.858222; 2.294500
निर्माणकार्यको थालनी२८ जनवरी १८८७
सम्पन्न१५ मार्च १८८९
खोलिएको३१ मार्च १८८९
स्वामित्वपेरिस सहर, फ्रान्स
व्यवस्थापनसेते
उचाइ
स्पर्शक टुप्पो३२४.०० मी (१,०६३ फिट)
छाना३००.६५ मी (९८६ फिट)
मथिल्लो तला२७३.०० मी (८९६ फिट)
प्राविधिक विवरण
तला
लिफ्ट
योजना तथा निर्माण
वास्तुकारस्तिफेन सोभेस्त्र
संरचनात्मक इन्जिनियरमुरिस केँक्ला,
एमिल नुगिए
मुख्य ठेकदारगुस्ताभ इफेल

इफेल टावर (फ्रान्सेली: tour Eiffel) यसका बारेमा सुन्नुहोस्  फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा फलामे टावर हो। यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा सँ द मार्समा सीन नदीको तट नेर पेरिसमा भएको थियो। यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक हो ।[१] इफेल टावरको रचना गुस्ताभ इफेलद्वारा गरिएको हो र उनैको नाममा यस टावरको नामकरण गरिएको हो। इफेल टावरको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो। जति खेर यस टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो। आजको समयमा यस टावरको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ। यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ। यो टावर पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ ।[२]

इतिहास[सम्पादन गर्ने]

चित्र दीर्घा[सम्पादन गर्ने]

Panorama of Paris from the Tour Eiffel
इफेल टावरबाट देखिएको पेरिस सहर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "The Eiffel Tower at a glance-Things to Remember", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४ 
  2. "The Eiffel Tower at a glance-Key Figures", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]