इमेज लोक कलाकार २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इमेज लोक कलाकार २०७३
शैलीगायन
प्रस्तुतकर्ताढाँचा:Plaiist
निर्माण गर्ने देशनेपाल
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या२५ भन्दा बढी
निर्माण
स्थल(हरू)नेपाल
प्रसारण अवधिआधा घन्टा
प्रसारण
मूल च्यानलइमेज च्यानल
प्रथम प्रसारण– २०७३ फागुन ०९ गते ,सोमबार

इमेज लोक कलाकार २०७३ एक नेपाली लोक सङ्गीत जगतको प्रतियोगितात्मक कार्यक्रम हो। यस कार्यक्रम नेपालकै बहु चर्चित च्यानल इमेज च्यानल ले आयोजना गरेको थियो। ४ सयभन्दा बढी प्रतिस्पर्धीहरूका बीच चलेको यस प्रतिस्पर्धा करिब चार महिना सम्म चलेको थियो। फागुन ०९ गते एक भब्य कार्यक्रमको समारोहबीच प्रतियोगिताको विजेता घोषणा गरिएको थियो। अन्तिम पाँच प्रतियोगिहरू बिच प्रतिस्पर्धा गराइ घोषणा गरिएको यस लोक कलाकारको उपाधि पाल्पाकि अञ्जना सारू मगरले जितेकि थिइन्। राजधानीमा अवस्थित, होटल साँग्रिलामा आयोजित अन्तिम स्पर्धाका विजेता बन्दै मगरले एक लाख रुपियाँसहित ३२ इन्चको एलईडी टिभी, तिर्सना म्युजिकको तर्फबाट अडियो भिडियो, नेपाल टेलिकमको तर्फबाट फोरजी प्याक लगायतका विभिन्न उपहार प्राप्त गरेकी थिइन् र पब्लिक च्वाइस अवार्ड भने स्याङ्जाका नर बहादुर रानाले एक लाख चालिस हजार तीन सय अठासी मत पाएर जितेका थिए। उनले ३५ हजार नगदसहित विभिन्न उपहार प्राप्त गरेका थिए। प्रतियोगिताको उत्कृष्ट ५ मा रेश विश्वकर्मा, गीता सेन्चुरी, सुमिन गुरुङ र नरबहादुर राना मगर थिए।

अन्तिम पाँच प्रतिस्पर्धिहरू[सम्पादन गर्नुहोस्]

  1. अञ्जना सारू मगर(विजेता)
  2. गीता सेन्चुरी
  3. नर बहादुर राना
  4. रेस विश्वकर्मा
  5. सुविन गुरूङ्
फाइनल राउन्डमा उत्कृष्ट पाँच प्रतियोगिहरूले गाएका गितहरू

१.अञ्जना सारू मगर

  • मल-मल किरी जुनकीरी

२.गीता सेन्चुरी

  • वारि तुवाँलो-पारि तुवाँलो

३.नर बहादुर राना

  • हैँ माया

४.रेस विश्वकर्मा

  • जाउ हिड रेलैमा

५.सुबिन गुरूङ्

  • कलि युगको बेलैमा,जोसमा हुन्न होस्

अन्य प्रतियोगिहरू[सम्पादन गर्नुहोस्]

उत्कृष्ट ११ मा पर्न सफल अन्य ६ प्रतिस्पर्धिहरू तथा प्रतियोगिहरू

  • निकेश राई
  • विक्रम परिवार
  • शरण कुमार माझी
  • प्रेमा राना
  • गगन कुमार लिम्बू
  • श्याम कुमार राना

पब्लिक च्वाइस अवार्ड[सम्पादन गर्नुहोस्]

पब्लिक च्वाइस अवार्डमा सर्वाधिक मत(भोट) प्राप्त गर्ने उत्कृष्ट ३ प्रतियोगिहरू

निर्णायकहरू[सम्पादन गर्नुहोस्]

यस प्रतियोगिताका मुख्य निर्णायकहरू

प्रायोजकहरू[सम्पादन गर्नुहोस्]

मुख्य प्रायोजक
  • कोलगेट
अन्य
  • कलर्स मोबाइल
  • सांग्रिला बैङ्क
  • आदि ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]