उगेन वाङचुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उग्येन वाङचुक
ཨོ་རྒྱན་དབང་ཕྱུག
ड्रुक ग्याल्पो
उग्येन वाङचुक
भुटानको राजा
शासनकाल१७ डिसेम्बर १९०७ – २६ अगस्ट १९२६
राज्याभिषेक१७ डिसेम्बर १९०७
पूर्वाधिकारीकुनै पनि छैन (वंशानुगत राजतन्त्र स्थापना भएको)
उत्तराधिकारीजिग्मे वाङचुक
जन्म११ जुन १८६२
मृत्यु२६ अगस्ट १९२६ (उमेर ६४)
जीवनसाथीसुन्दु पेमा
सन्तानजिग्मे वाङचुक
घरानावाङचुक वंश
बाबुजिग्मे नामग्याल
धर्मबौद्ध धर्म

उग्येन वाङचुक (जोङ्खा: ཨོ་རྒྱན་དབང་ཕྱུག) भुटानका पहिलो राजा थिए। आफ्नो जीवनकालमा उनले जनताको विश्वास जित्ने प्रयास गरे।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

उग्येन वाङचुकको जन्म सन् १८६२ मा वाङ्दुचोलिङ दरबार, बुमथाङमा भएको थियो।[२] उहाँका बुबा जिग्मे नामग्याल त्यतिबेला भुटानका ड्रुक देसी थिए र उहाँ सानै उमेरमा आफ्नो बुबाको दरबारमा नेतृत्व र युद्धको कलामा प्रशिक्षित हुनुभएको थियो।[२] उनी सङ्घर्षपूर्ण अवधिमा हुर्केका कारण उग्येन वाङचुकलाई दक्ष लडाकुको रूपमा तालिम दिइएको थियो।[२]

बौद्ध राजतन्त्र स्थापना नभएसम्म भुटानमा २५६ वर्षसम्म लगातार ५४ वटा ड्रुक देसीको शासन थियो।[३] उग्येन वाङचुकले सन् १९०७ मा राजतन्त्र स्थापना गरेका थिए, यद्यपि उनी एक दशकभन्दा बढी समयदेखि वास्तविक शासक थिए।[४] १७ डिसेम्बर १९०७ मा, उगेन वाङचुकलाई जनताका प्रतिनिधिहरू, अधिकारीहरू र पादरीहरूले सर्वसम्मतिले निर्वाचित गरे र भुटानको पहिलो वंशानुगत राजाको रूपमा सिंहासनमा बसे।[५] त्यस दिनदेखि डिसेम्बर १७ लाई भुटानको राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।[६]

सन् १९२६ मा ६४ वर्षको उमेरमा राजा उग्येनको फोड्रङको थिन्ले राब्तेन दरबारमा मृत्यु भएको थियो।[७]

सम्मानहरू[सम्पादन गर्नुहोस्]

विदेशी सम्मान[सम्पादन गर्नुहोस्]

  •  ब्रिटिश राज :
    • नाइट ग्रान्ड कमाण्डर अफ द अर्डर अफ द इन्डियन एम्पायर (जीसीआईई) (०१/०१/१९२१)
    • नाइट कमाण्डर अफ द अर्डर अफ द स्टार अफ इन्डिया (केसीएसआई) (१२/१२/१९११)
    • नाइट कमाण्डर अफ द अर्डर अफ द इन्डियन एम्पायर (केसीएसआई) (०२/०१/१९०५)
    • दिल्ली दरबार स्वर्ण पदक प्राप्तकर्ता (१२/१२/१९११)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. WANGCHUCK DYNASTY. 100 Years of Enlightened Monarchy in Bhutan. Lham Dorji
  2. २.० २.१ २.२ Aris, Michael (१९९४), The Raven Crown: The Origins of Buddhist Monarchy in Bhutan, London: Serindia Publications, आइएसबिएन 978-193247-62-1-7 
  3. Tshewang, Lama Pema (१९७३), A Brief History of the First Hereditary King of Bhutan 
  4. Sood, Shubhi (२००८), Bhutan: 100 Years of Wangchuck Vision, Noida: SDS Publications। 
  5. dpel ‘brug zhib ‘jug lté ba (CBS) (२००८), 'brug brgyd 'zin gyi rgyel mchog dang pa mi dwang au rgyan dwang phyug gi rtogs brjod bzhugs so (The Biography of the Second King of Bhutan Jigme Wangchuck), Thimphu: The Centre for Bhutan Studies, आइएसबिएन 978-99936-14-47-0 
  6. White, J.C (१९०९), Sikkim and Bhutan, Twenty-One Years on the North-East Frontier 1887–1908, India: Low Price Publications, आइएसबिएन 97881-753-61-64-5 
  7. Tobgye, Lyonpo Sonam, Education System in Bhutan – Past, Present and Future – A Reflection