ऋत्विक घटक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ঋত্বিক ঘটক
ऋत्विक घटक
ऋत्विक घटक को युवा अवस्थाको तस्वीर
ऋत्विक घटक को युवा अवस्थाको तस्वीर
जन्म(१९२५-११-०४)४ नोभेम्बर १९२५
ढाका, पूर्वी बङ्गाल (वर्तमान बङ्गलादेश)
मृत्यु६ फेब्रुअरी १९७६(1976-02-06) (उमेर ५०)
कोलकाता, भारत
पेशाफिल्म लेखक तथा निर्माता

ऋत्विक घटक (listen बङ्गाली: ঋত্বিক (কুমার) ঘটক, ऋतिक (कुमार) घोटोक ; ४ नोबेम्बर १९२५ – ६ फरवरी १९७६)[१] एक बङ्गाली चलचित्र निर्देशक, निर्माता र लिपि लेखक थिए । प्रमुख समकालीन बङ्गाली फिल्मकार सत्यजित राय र मृणाल सेन संगै थिए भने उनका चलचित्र मा मुख्य रूपमा सामाजिक वास्तविकतालाइ उनले सावधानीपूर्वक चित्रण गरेका कुरालाइ याद गरिने गरिन्छ । यद्यपि उनको भूमिका विशेष गरी विरोधाभासी थिए तर उनी एक अर्काका निकै ठुला प्रशंस थिए । घटकलाइ आफ्नो जीवन कालमा धेरै पुरस्कार प्राप्त भए, जसमध्ये सन् १९७४ मा राष्ट्रीय फिल्म पुरस्कार रजत कमल अवार्डका लागि बेस्ट स्टोरी 'जुक्ति तोक्को आर गोप्पो'[२] र बङ्गलादेश सिने पत्रकारिता एसोसिएशनबाट 'तिताश एक्टि नादिर नाम' मा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार प्राप्त गरेका थिए । भारत सरकार ले सन् १९७० मा कला को लागि उनलाई पद्म श्री का साथ सम्मान दिएका थिए ।[३][४]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

ऋत्विक घटक को जन्म पूर्वी बङ्गाल को ढाका मा भएको थियो (हाल बङ्गलादेश)। [५] उनका बुवा सुरेश चन्द्र घटक एक जिल्ला मजिस्ट्रेट, एक कवि तथा नाटककार थिए भने उनकी आमा नाम इन्दुवाला देबी थियो । उनी र उनकी जुम्ल्याह बहिनी प्रतेती, नौ ओटा बच्चाहरूमा सबै भन्दा कम उमेरका थिए । अरु बच्चाहरूमा मनिष, सुधिश, तपति, सम्प्रीती, ब्रोटोटी, आशीष चन्द्र र लोकेश चन्द्र थिए । उनी र उनको परिवार पूर्वी बङ्गालबाट लाखौँ अन्य शरणार्थीहरू का साथ सन् १९४३ मा विनाशकारी बङ्गाल अकालबाट बच्न र सन् १९४७ मा बङ्गाल बिभाजन हुन् पुर्व उनी र उनको परिवार ब्रह्मपुर, मुर्शिदाबाद र पछि कलकत्ता (हाल कोलकाता) गएका थिए ।

रचनात्मक कार्य[सम्पादन गर्नुहोस्]

सन् १९४८ मा, घटक ले आफ्नो पहिलो नाटक कालो सायार (द डार्क लेक) लेखे र ऐतिहासिक नाटक नाबन्ना को पुनरुद्धार मा भाग लिएका थिए ।

घटकले फिल्म संसारमा निमाई घोषको चिन्नामूल (१९५०) द्वारा अभिनेता तथा निर्देशकका रूपमा प्रवेश गरेका थिए । चिन्नामूल पछि दुइ वर्षमा घटक को पहिलो पुरा फिल्म नागरिक (१९५२) आयो ।[६][७] घटकले शुरुवाती कार्यहरूमा नाटकहरू र साहित्यिक प्रधानतामा जोड दिए र एक वृतचित्र यथार्थवाद, जुन लोक रंगमंचबाट लिईएको शैलीको प्रदर्शनले युक्तहुने गर्थ्यो, उनले ब्रेश्टीयन फिल्म निर्माण का उपकरणहरूको उपयोगसँग संयोजन गरे ।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

निर्देशक तथा पटकथा लेखन[सम्पादन गर्नुहोस्]

  • नागोरिक (नागरिक) (१९५२)
  • अजांत्रिक (दयनीय भ्रान्ति) (१९५८)
  • बाड़ी थेके पालिए (भगोडा) (१९५८)
  • मेघे ढाका तारा (बादल ले ढाकिएका तारा) (१९६०)
  • कोमोल गंधार (१९६१)
  • सुवर्णरेखा (१९६२/१९६५)
  • तिताश एक्टि नादिर नाम (तिताश एक नदी को नाम) (१९७३)
  • जुक्ति तोक्को आर गोप्पो (कारण, बहस र एक कहानी) (१९७४)

पटकथा लेखन[सम्पादन गर्नुहोस्]

  • मुसाफिर (१९५७)
  • मधुमती (१९५८)
  • स्वरलिपि (१९६०)
  • कुमारी मोन (१९६२)
  • दीपेर नाम टिया रोंग (१९६३)
  • राजकन्या (१९६५)

अभिनेता (एक्टर)[सम्पादन गर्नुहोस्]

  • तोथापी (१९५०)
  • चिन्नामूल (१९५१)
  • कुमारी मोन (१९६२)
  • सुवर्णरेखा (१९६२)
  • तितस एक्टि नादिर नाम (१९७३)
  • जुक्ति, तोक्को, आर गोप्पो (१९७४)

रंगमन्च[सम्पादन गर्नुहोस्]

  • चोंद्रोगुप्तो, अभिनेता
  • अचलायोतों रवीन्द्रनाथ ठाकुर (१९४३), निर्देशक र अभिनेता
  • कालो सायोर (घटक) (१९४७-१९४८), अभिनेता र निर्देशक
  • कोलोंको (भट्टाचार्य) (१९५१), अभिनेता
  • दोलिल (घटक) (१९५२), अभिनेता र निर्देशक
  • कोतो धाने कोतो चाल (घटक) (१९५२)
  • ऑफिसर (गोगोल) (१९५३), अभिनेता
  • इस्पात (घटक) (१९५४-१९५५)
  • खोरीर गोंडी (बर्टोल्ट ब्रेश्ट)
  • गैलिलियो चोरिट (ब्रेश्ट)
  • जागोरोन (अतीन्द्र मोज़ुमदार), अभिनेता
  • जोलोंतो (घटक)
  • जाला (घटक)
  • डाकघोर (टैगोर)
  • ढेऊ (बीरू मुखोपाध्याय)
  • ढेंकी स्वर्गे गेलो धान भोने (घटक/पानू पाल)
  • नातिर पूजा (टैगोर)
  • नोबोंनो (भट्टाचार्य)
  • नीलदोरपन (दिनोंबोंधू मित्रा), अभिनेता
  • निचेर महल मेक्सिम गोर्की
  • नेताजीके नीये (घटक)
  • पोरित्रान (टैगोर)
  • फाल्गुनी (टैगोर)
  • बिद्यासागोर (बोनोफूल)
  • बिसर्जन (टैगोर)
  • वंगाबांदोर (पानू पाल), अभिनेता
  • वोटर वेट (पानू पाल), अभिनेता
  • मुसाफिरों के लिए (गोर्की), अभिनेता
  • मैकबेथ विलियम शेक्सपीयर अभिनेता
  • राजा (टैगोर)
  • सांको (घटक), अभिनेता
  • सेई मेये (घटक), निर्देशक
  • स्त्रीर पत्रो (टैगोर)
  • होजोबोराला

पुस्तकहरु[सम्पादन गर्नुहोस्]

  • जाला (नाटक)
  • दोलिल (नाटक)
  • मेघे ढाका तारा (पटकथा)
  • चोलोचित्रो, मानुस एबोंग आरो किछु
  • सिनेमा एंड आई, ऋत्विक मेमोरियल ट्रस्ट, कोलकाता
  • अन कल्चरल फ्रंट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Carrigy, Megan (डिसेम्बर २००३), "Ritwik Ghatak – Great Director Profile", Senses of Cinema, आइएसएसएन 1443-4059, अन्तिम पहुँच २४ जुन २०१२ 
  2. "Na22nd National Film Awards", Iffi.nic.in, मूलबाट २८ सेप्टेम्बर २०११  -मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "National Portal of India", India.gov.in, अन्तिम पहुँच ३० जुलाई २०१२ [dead link]
  4. "Controversy", Ramachandraguha.in, अन्तिम पहुँच ३० जुलाई २०१२ 
  5. हूड, जे. डब्ल्यू.: दी एसेंशीय्ल मिस्ट्री पृष्ठ 20.
  6. Ghatak, Ritwik (२०००), Rows and Rows of Fences: Ritwik Ghatak on Cinema, Ritwik Memorial & Trust Seagull Books, पृ: ix & 134–36, आइएसबिएन 8170461782 
  7. Hood, John (२०००), The Essential Mystery: The Major Filmmakers of Indian Art Cinema, Orient Longman Limited, पृ: 21–4, आइएसबिएन 8125018700 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]