ए मैचा (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"ए मैचा"
व्रिजेश श्रेष्ठवर्षा कर्माचार्यको एकल
सार्वजनिक२ मार्च २०१९
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०३:२१
लेबलनेस ष्टुडियो
गीतकार(हरू)बियोण्ड
साङ्गीतिक भिडियो
"ए मैचा" युट्युबमा हेर्नुहोस्

ए मैचा एक बहुचर्चित नेपाली तथा नेपाल भाषाको गीत हो। यस गीतमा स्वर पुरुष तर्फ व्रिजेश श्रेष्ठ र महिला तर्फ वर्षा कर्माचार्यको रहेको छ। [१]

यस गीतमा छायाङ्कन एष्ट्रो झेलेले गरेका छन् भने र यस गीतलाई निर्देशन बियोण्ड र व्रिजेश श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्। यस गीतमा शब्द बियोण्डको रहेको छ। वाद्यबाधन तर्फ मुरलीमा मुरली वाधक सञ्जीव रहेका थिए भने गितारमा बियोण्ड रहेका थिए। यस गीतलाई सम्पादन नेस स्टुडियोले गरेको थियो।[२] यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई नेस स्टुडियोको आधिकारिक युट्युब खातामा २ मार्च २०१९ मा सार्वजनिक गरिएको थियो भने यसले मङ्सिर २०७६ सम्ममा १ करोड भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

व्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्यको स्वर रहेको गीतमा माया प्रेममा परिवारको अवरोधको विषयलाई समेटिएको छ भने गीतको श्रव्य दृश्यमा हाल पूरा कथालाई समेटिएको छ। श्रव्य दृश्यको अन्तमा टु बि कन्टिन्यु भनिएको छ जसको अर्थ यसको दोस्रो भाग पनि चाँडै नै आउदैछ। गीतमा गायक व्रिजेश श्रेष्ठ र गायिका वर्षा कर्माचार्यलाई प्रमुख पात्रको रूपमा उभ्याइएको छ भने यसमा सञ्जय राउत, गीता प्रधान, सेजल ताम्राकार लगायतका कलाकारहरूलाई पनि उचित स्थान दिइएको छ।

श्रव्य दृश्यको सुरुवातमा घर देखाइएको छ जसको ढोकाबाट एउटी महिला बाहिर आउँछिन् र घ‌ैंटो बोकेर पानी भर्न जान्छिन् भने सोही ढोकाबाट एक पुरुष पनि कोदाली बोकेर आउँछन्। त्यसपछि, एकजना युबक नेवारी पोशाकको साथ काँधको दुई तिर गरी तरकारीहरू बोक्दै आउँछन्। एउटी युवती नेवारी पोशाकको साथ माथी कोठाको झ्यालमा देखा पर्छिन् र उनलाई देखेर मस्किँदै गीत गाउन थाल्छिन्। उनीहरू एकअर्कालाई हेर्दै क्रमशः गीत गाउन थाल्छन्। यतिञ्जेल सम्म गीतमा नेपाली भाषाको प्रयोग भएको थियो भने यसपछि नेवारी भाषाको टुक्का प्रयोग हुन्छ जसमा दुबै जनाले पालैपालो प्रस्तुत गर्छन्। उनीहरू दुईजना प्रेमी र प्रेमिका रहेको दृश्यमा खुलाइन्छ। उनीहरू बीच गीत मार्फत कुराकानी हुन्छ र एउटा युवकले अर्को झ्यालबाट टाउको निकाल्दै तल बसेका उनलाई मुड्की ताक्छन् र उनी त्यहाँबाट भाग्छन् र उनी पनि कोठा भित्र पस्छिन्।

दृश्य एउटा मन्दिर भएको स्थानमा पुग्झ जसमा उनी नेवारी शैलीको नृत्य गर्छिन् र आफ्ना प्रेमीलाई पनि नृत्य गर्न उत्साहित गर्छिन् र उनले पछि कम्मर हल्लाउँछन्। दृश्यमा उनी इनारबाट पानी तानिरहेकी हुन्छिन् र उनलाई अर्को ठाउँबाट उनले उत्साहित मुद्रामा हेरिरहेका हुन्छन् र पछि गीत गाउन थाल्छन्। पछि उनका आमा र बुबाको सवारी हुन्छ र उनलाई देख्नेबित्तिकै उनी तिर हात ताक्दै उनलाई त्यहाँबाछ लखेट्छन्। उनकी आमाले उनको कपाल तान्दै उनलाई घर भित्र लान्छिन् र उनी एउटा घरको भित्तामा आड लगाई उनलाई हेर्छन्। उनले मायाको चिनो भन्दै कानको झुम्का झार्छिन्।

त्यसपछिको अर्को दृश्यमा सोही अघिनैको मन्दिर वरिपरिको क्षेत्र देखाइन्छ जसमा उनीहरू नेपाल भाषामा एक अर्काको बयान गर्छन्। दृश्यमा उनी एउटा गुलाफको फूल लिएर आउँछन् र उक्त फूललाई सुम्दै हाच्छिउँ पनि गर्छन्। माथीबाट एउटा बाँसको कोक्रो खस्छ र उनी भुईमा लड्छन्। उनले उठाउन प्रेमिकाकी आमा आइपुग्छिन् र उनलाई उठाउन प्रयास गर्छिन् र उनले उनलेनै उठाउन कोशिश गरिरहेको सम्झिदै उनको हात समाउँछन् र उनी क्रोधित हुँदै उनको गालामा एक झापड हान्छिन् र उनी बिउँझिदै लडिबुडी खेल्दै त्यस ठाउँबाट भाग्छन्। अर्को दृश्यमा उनका बुबाले एउटा कचौरामा तरल पिउँछन् र आफ्नो घाँटीलाई राहत भएको महसुस गर्छन्। उनी उक्त फूल लिएर झ्यालबाट खुसुक्क उनको कोठामा पुग्छन् र लाज मान्छन् र उनलाई फूल दिन खोज्दा उनकी बहिनी हुन्छिन जसले उनलाई थप्पड हान्नका लागि हात ताक्छिन् र उनी दङ्ग पर्छन्।

दृश्यमा उनकी आमाले उनलाई देख्छिन् र उनलाई गाली गर्छिन् र उनी रूँदै कोठा भित्र गई गुन्द्रिमा सुत्ने क्रममा अधि खसालेको झुम्का फेला पार्छिन्। एकैछिन उनी तरकारी केलाइरहेकी हुन्छिन् र उनलाई कागजको सानो टुक्रामा केही सन्देश पठाउँदै उनलाई गोप्य स्थानमा बोलाउँछन् र उनले उक्त सन्देश पढेर हुन्छ को इशारा गर्दै टाउको हल्लाउँछिन्। उनी त्यस ठाउँबाट जान्छन् र उनलाई कुर्दै बसिरहेका हुन्छन्। उनी पनि त्यहाँ पुग्नै आँट्दा उनका बुबा उनको पछाडि आइपुग्छन् र उनको हातमा हतियार पनि हुन्छ र सो दृश्य देखेर उनी निराश हुन्छिन् र पछि उनका बुबाले उनलाई प्रहार गर्ने आँट्ने क्रममा श्रव्य दृश्यको अन्त्य हुन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ए मैचा, गीतको शब्द", जिनियस लिरिक्स, अन्तिम पहुँच २७ असोज २०७६ 
  2. "ए मैचा", युट्युब, अन्तिम पहुँच २७ असोज २०७६ 
  3. "गीतको आधिकारिक श्रव्य दृश्य", जेन युट्युब, अन्तिम पहुँच २७ असोज २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]