ओपेरा मिनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओपेरा मिनी
Opera Mini 2015 logo.svg
Opera Mini 7.png
Opera Mini 7.0 Next displaying home page of Wikipedia along with its logo.
निर्माणकर्ता (हरू)ओपेरा सफ्टवेयर
मौलिक संस्करण१० अगस्ट २००५ (2005-08-10)
प्रोग्रामिङ भाषासी++, Java, Pike[१]
मञ्चJava ME, Android, Windows Mobile, iOS, BlackBerry OS, Symbian-UIQ3, Zeebo
उपलब्ध भाषाहरूVarious[२]
प्रकारमोबाइल ब्राउजर
अनुमति पत्रProprietary freeware
वेबसाइटwww.opera.com/mobile/

ओपेरा मिनी जाभामा आधारित एक नि:शुल्क वेब ब्राउजर हो। यो सानो आकारको मोबाइल ब्राउजर हो। मोबाइल फोनमा देवनागरी अक्षरमा लेखियेका साइटहरू र सन्देशहरू पढनको लागि यो सर्वश्रेष्ठ ब्राउजर हो। यसको नयाँ संस्करण ५ हो ।

ओपेरा मिनीको विशेषताहरू[सम्पादन गर्नुहोस्]

ओपेरा मिनी ब्राउजर
  • यो सानो आकारको हुन्छ र तेज गतिमा काम गर्छ।
  • यसले यूनिकोड नेपालीको पूर्ण समर्थन प्रदान गर्छ।
  • यो जावा (कम्पयुटर भाषा)मा हुनाले लगभग सबै मोबाइल फोन प्लेटफार्ममा काम गर्छ।
  • नयाँ संस्करण ५ (बीटा)मा टैब फीचरको लागि व्यवस्था पनि छ।
  • यस ब्राउजरको माध्यमले तपाईँ मात्र मोबाईलमा खुल्ने वैप साईट (Wap) होईन अपितु कम्पयुटरमा खुल्न वेब साईट (Web) पनि खोल्न सक्नु हुने छ।
  • यस ब्राउजरको माध्यमले मोबाईलबाट भिडियो, एम पी थ्री, चित्र आदी अपलोड र डाउनलोड आसानीले गर्न सकिन्छ।

ओपेरा मिनी मोबाईलमा कसरी स्थापना गर्ने[सम्पादन गर्नुहोस्]

दुई तरीकाहरू छन:-

  • आफ्नो मोबाईलको अन्तर्निमित ब्राउजरमा जाने अनि ओपेरा मिनीको साइट खोल्ने।

यसो गर्दा तपाईँको मोबाईलेको लागि उपयुक्त संस्करण स्वतः स्थापना हुन्छ।

  • अथवा, कम्पयुटरमा ओपेरा मिनीको साइटबाट आफ्नो मोबाइलको मोडलका लागि सेटअप डाउनलोड गरेर त्यसलाई आफ्नो मोबाइलमा स्थानान्तरण गर्नुहोस्।

पहिलो तरीका सुविधाजनक रहने छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Lextrait, Vincent (जनवरी २०१०), "The Programming Languages Beacon, v10.0", अन्तिम पहुँच १४ मार्च २०१० 
  2. "Opera Mini translated into over 50 languages; 15 more to come later this month", २००७-११-०७, अन्तिम पहुँच २००७-१२-२९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]