कतार रेडियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कतार रेडियो
सहरदोहा
प्रशारण क्षेत्र:कतार
विश्वव्यापी
संस्थाको प्रकारإذاعة قطر
प्रथम प्रसारण२५ जून १९६८
भाषाअरबी
वेबसाइटआधिकारिक वेबसाइट

कतार रेडियो (अरबी: إذاعة قطر‎‎), क्युआरको रूपमा संक्षिप्त, कतार सरकारको स्वामित्वमा रहेको सार्वजनिक सेवा अन्तर्गतको राष्ट्रिय रेडियो स्टेसन हो जुन सार्वजनिक सेवा प्रसारण सञ्जाल, कतार सामान्य प्रसारण र दूर्दशन निगमको स्वामित्व रहेको छ। यसको सञ्चालन पनि यसै निगको मातहतमा रहेको छ। यसले प्रसारण अरबी, अङ्ग्रेजी, फ्रान्सेलीउर्दू लगायतका भाषाहरूमा गर्द‌ै आइरहेको छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९६५ मा, कतारको पहिलो रेडियो स्टेसन स्थापन भएको थियो। यो शुक्रवार प्रसारण गरिएको थियो भने यसले कुरान लगायतका धार्मिक कार्यक्रम र समाचारहरूको प्रसारण गरेको थियो। यस घटनाले २५ जून १९६८ मा कतार रेडियोको आधिकारिक गठनको लागि मार्गदर्शन तयार गरेको थियो।[२] प्रसारणहरू अल खिसा प्रसारण ष्टेसनद्वारा गरिएको थियो।[३]

कतार रेडियोले दुई कालखण्डमा कम्तिमा पाँच घण्टा दैनिक अरबीमा मध्यम तरङ्गमा प्रसारण सुरु गरेको थियो। बिहान डेढ घण्टा र साँझ तीन घण्टा गरी यसले सूचना, सङ्गीत तथा मनोरञ्जन एकैसाथ प्रसारण गरेको थियो। १९६८ अन्तमा, प्रसारण १० किलोवाटबाट ५० किलोवाटमा वृद्धि गरिएको थियो।[३]

प्रसारण घण्टा सन् १९६९बाट दैनिक रूपमा ९ घण्टा सम्म गरिएको थियो भने सन् १९७० मा आएर १३ घण्टा प्रसारण पुर्‍याइएको थियो। सन् १९८२ मा यसको प्रसारण १९ घण्टा सम्म पुर्‍याइएको थियो र सन् २००२ मा आएर यसको प्रसारणमा वृद्धि हुँदै २४ घण्टा पुर्‍याइएको थियो।[२]

गैर-अरबी भाषीहरूलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ, एक अङ्ग्रेजी कार्यक्रम सन् १९७१बाट प्रसारणमा जोडिएको थियो।[३] त्यस समयमा यसको प्रसारण अवधि एक घण्टा थियो, अन्ततः सन् २००४ मा प्रसारण अवधि १९ घण्टामा पुर्‍याइएको थियो।[२]

सन् १९७९ मा, कतार रेडियोले एक नयाँ छोटो-तरङ्ग ट्रान्समिटर स्थापना गरेको थियो जसले कार्यक्रम र प्रसारणको समय वृद्धि गर्न मद्दत गरेको थियो। ष्टेसनले सन् १९८० मा एक घण्टाको अवधिमा मध्यम तरङ्गमा उर्दू भाषामा प्रसारण गर्न सुरू गरेको थियो। यो समय सन् १९८९ मा तीन घण्टा सम्ममा वृद्धि गरिएको थियो।[२]

फ्रान्सेली मातृभाषी लागि कार्यक्रम सन् १९८५ मा मध्यम तरङ्गमा सुरू गरिएको थियो। फ्रान्सेली भाषामा दैनिक तीन घण्टा सम्ममा कार्यक्रम प्रसारण हुने गरेको छ।

कतार रेडियोले पवित्र कुरान सेवा सन् १९९२ मा शुरू गरेको थियो। यसले कुरानका विभिन्न पक्षहरूका बारेमा छलफल गरी आधुनिक समयका मुद्दाहरूलाई इस्लामको सन्दर्भमा समाधान गर्ने गर्दछ। [२]

युरोभिजन गीत प्रतियोगिता[सम्पादन गर्नुहोस्]

कतार रेडियो हाल युरोपेली प्रसारण सङ्घको एक सहयोगी सदस्य हो जबकि यूरोभिसन प्रतियोगिताका लागि सबै प्रतिस्पर्धी देशहरू सङ्घका सक्रिय सदस्यहरू हुनुपर्दछ।

प्रसारणकर्ताहरूले १२ मे २००९ मा पहिलो पटक सङ्घको सक्रिय सदस्य बन्न इच्छुक रहेको कुरा खुलाउनु आवश्यक हुन्छ जसले गर्दा देशहरूलाई प्रतियोगितामा प्रतिस्पर्धा गर्न दिइनेछ। कतार रेडियोले सन् २०११ देखि युरोभिसनमा समावेश हुने आशा राखेको थियो।

कतार पहिलो पटक सन् २००९ को संस्करणको प्रतियोगितामा सामेल भएको थियो जहाँ प्रसारकहरूले प्रतियोगिताको लागि एक प्रतिनिधिमण्डल पठाएका थिए र कतारले युरोभिजन प्रति समर्पित '१२ विन्दु कतार' नामक एक साप्ताहिक रेडियो कार्यक्रम प्रसारण गरेको थियो, जसले अनुकूल प्रतिक्रिया प्राप्त गरेको थियो जसले गर्दा युरोभिजनमा कतारको थप संलग्नताको आरम्भ भएको थियो। कतार रेडियोले इजरायल लगायत देशहरूले सदस्यता प्राप्त गर्ने हो भने उनीहरू पनि प्रतियोगितामा भाग लिन पाउँदा खुशी हुने प्रतिक्रिया व्यक्त गरेको थियो।

कतारसँग एउटा प्रसारणकर्ता हुनु आवश्यक छ जसमा भाग लिन युरोभिजन प्रसारण सङ्घको कम्तिमा सहयोगी सदस्य बनेको हुनुपर्ने छ किनकि कतार रेडियो मात्र रेडियो ष्टेसन हो जुन युरोपेली प्रसारण क्षेत्रभन्दा बाहिर छ र युरोपको सदस्यताका लागि आवेदन दिन नमिल्ने देश हो। अस्ट्रेलिया ३० वर्ष भन्दा बढीको लागि एक सहयोगी सदस्य बनेको छ जुन एकमात्र अपवाद हो।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Qatar radio to celebrate 44th anniversary", द पेनिन्सुला, २३ जुन २०१२, अन्तिम पहुँच ४ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०१९ मिति
  2. २.० २.१ २.२ २.३ २.४ "نبذة عن إذاعة قطر" (अरबीमा), कतार रेडियो, अन्तिम पहुँच ५ जुलाई २०१८ 
  3. ३.० ३.१ ३.२ Qatar: Year Book 1980–81, दोहा: प्रेस तथा प्रकाशन विभाग, सूचना मन्त्रालय, सन् १९८१, पृ: ६९। 
  4. रिपो, जुहा (२००९-०५-१२), "Gulf nation wants to join Eurovision", इएससिटुडे, अन्तिम पहुँच २००९-०५-१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]