सामग्रीमा जानुहोस्

कर्फ्यू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वर्तमान समयमा कर्फ्यू (अङ्ग्रेजी: Curfew) पुलिस-प्रशासनद्वारा घोषित एक आदेश वा आज्ञा हो जुनको उपयोग विशेष परिस्थितिमा उदाहरणत: दंगा, लूटपाट, आगजनी, हिंसात्मक तथा विध्वंसक कार्यलाई नियन्त्रणमा लिएर पुन: शान्ति एवं व्यवस्था स्थापित गर्न तथा नागरिकको सुरक्षाको निमित्त गरिन्छ। कर्फ्यू आदेशसँग विधिको बल हुन्छ र यसको उल्लङ्घन दण्डनीय हुन्छ।[१][२]'कु' र सैनिक कानून पछि पनि कर्फ्यू लगाइन्छ।

इतिहास

[सम्पादन]

"कर्फ्यू" को प्रारम्भ बेलायतमा विलियम द कंकरर द्वारा राजनीतिक दमनको लागि भएको थियो। यद्यपि यो धारणा १६ औँ शताब्दी देखि चलेको थियो, तथापि यसको कुनै ऐतिहासिक आधार छैन।

मध्यकालीन यूरोपमा "कर्फ्यू" एक प्रकारको नियण्त्रणको साधन थियो जुन द्वारा कुनै निश्चित समयमा गिरजाघरमा घण्टा बजाएरागो निभाइन्थ्यो। कर्फ्यूको माध्यमले कहिलेकाही सायंकाल निर्धारित समय थियो, जो प्राय: पाँच बजे या नौ बजे हुने गर्थ्यो, सूचना गिरजाघरमा घण्टी बजाएर दिने गरिन्थ्यो। यसको प्रयोग म्युनिसिपल वा सामुदायिक विनियमको द्योतक चिह्नको रूपमा गरिन्थ्यो। सायंकाल गिरजाघरमा घण्टा बजाउने प्रथा अझै पनि युरोपका अनेक शहरमा प्रचलित छ।

Pictures of English History Plate XIII - The Curfew

|तस्वीर का चित्रण कर्फ्यू प्रवर्तन]]

देश अनुसार

[सम्पादन]

बंगलादेश

[सम्पादन]

१९ जुलाई २०२४ मा, शेख हसिनाको नेतृत्वको अवामी लिग सरकारले राष्ट्रिय कर्फ्यू घोषणा गर्‍यो र बंगलादेशमा सार्वजनिक अशान्तिलाई सम्बोधन गर्न सेना तैनाथ गर्ने योजना घोषणा गर्‍यो।[३][४][५][६] देशभर सरकारी जागिर कोटा विरुद्धको विरोधमा भएको केही दिनको झडपपछि सरकारले कर्फ्यू लगाउने घोषणा गर्‍यो।[७][८][९] अगस्ट ४ मा, असहयोग आन्दोलनमा भएको जनविद्रोहको सबैभन्दा घातक दिन पछि सरकारले फेरि कर्फ्यू घोषणा गर्‍यो।

नेपाल

[सम्पादन]

नेपालमा कर्फ्यू लगाउ सक्ने बारे ऐनमा भनिएको छ :- "कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी/ सिडिओले त्यस्तो स्थानको सीमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कफ्र्यू लगाउन आदेश जारी गर्न सक्नेछ । त्यसरी कफ्र्यूको आदेश दिंदा प्रमुख जिल्ला अधिकारीले सो आदेश, कर्फ्यू लाग्ने क्षेत्र र सो वरिपरिका क्षेत्रका सर्वसाधारण जनताको जानकारीको लागि प्रचार गर्नु पर्दछ।"

संयुक्त राज्य अमेरिका

[सम्पादन]

संयुक्त राज्य अमेरिकामा कर्फ्यू कानून सामान्यतया संघीय कानूनको सट्टा स्थानीय आदेश (मुख्यतया म्युनिसिप्यालिटी वा काउन्टी द्वारा लागू) को विषय हो। यद्यपि, संविधानले केही अधिकारहरूको ग्यारेन्टी गर्दछ, जुन १४ औं संशोधन मार्फत राज्यहरूमा लागू गरिएको छ। त्यसैले, कुनै पनि कर्फ्यू कानूनलाई उल्ट्याउन र खारेज गर्न सकिन्छ।

तैपनि, कर्फ्यू राज्य र स्थानीय सरकारहरूद्वारा निर्धारण गरिन्छ। यो राज्य[१०] र काउन्टी वा नगरपालिका अनुसार पनि फरक हुन्छन्।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ

[सम्पादन]
  1. ↑ "curfew - definition of curfew in English from the Oxford dictionary", oxforddictionaries.com, मूलबाट २०१२-०७-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-२४।
  2. ↑ "Curfew - Define Curfew at Dictionary.com", Dictionary.com।
  3. ↑ "7-hour curfew break in Dhaka, 3 other districts", २४ जुलाई २०२४।
  4. ↑ Ellis-Petersen, Hannah (१९ जुलाई २०२४), "National curfew imposed in Bangladesh after student protesters storm prison", The Guardian।
  5. ↑ "Bangladesh unrest: Government imposes curfew as protests continue", www.bbc.com।
  6. ↑ Shih, Gerry (१९ जुलाई २०२४), "Bangladesh imposes curfew after dozens killed in anti-government protests", Washington Post, अन्तिम पहुँच २४ जुलाई २०२४।
  7. ↑ "Bangladesh imposes curfew, deploys army as job quota protests continue", Al Jazeera (अङ्ग्रेजीमा) (19 July 2024), अन्तिम पहुँच २४ जुलाई २०२४।
  8. ↑ "Curfew continues in Bangladesh amid crackdown on protesters", www.aa.com.tr, अन्तिम पहुँच २४ जुलाई २०२४।
  9. ↑ "Bangladesh Imposes Strict Curfew With 'Shoot-On-Sight' Order Following Deadly Protests", thediplomat.com, अन्तिम पहुँच २४ जुलाई २०२४।
  10. ↑ "Curfews in New York · 411 NY", 411newyork.org, मूलबाट २०२६-०४-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०७-३०।