कहिले तिम्रो पछ्यौरिमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"कहिले तिम्रो पछ्यौरिमा"
उदितनारायण झाको एकल
सार्वजनिक१ जनवरी २००४
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई:०८
लेबलम्युजिक नेपाल
गीतकार(हरू)रमन घिमिरे
साङ्गीतिक भिडियो
"कहिले तिम्रो पछ्यौरिमा" युट्युबमा हेर्नुहोस्

कहिले तिम्रो पछ्यौरिमा एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो।[१] यस गीतमा स्वर नेपाली तथा हिन्दी गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल एवम् स्थापित गायक उदितनारायण झाको रहेको छ। यो उदितनारायण झाको गीति सङ्गालो उपहारमा समावेश गीत हो।[२]

यस गीतमा छायाङ्कन विदुर पाण्डेले गरेका छन् भने सम्पादन अञ्जन श्रेष्ठले गरेका छन् र यस गीतलाई निर्देशन भूषण दाहालले गरेका हुन्। यस गीतमा शब्द रमन घिमिरे रहेको छ। यस गीतमा सङ्गीत वरिष्ठ सङ्गीतकार आलोक श्रीको रहेको छ। यस गीतमा श्रव्य/श्रव्य दृश्य म्यूजिक नेपाल प्रालिको रहेको छ। यसलाई १ जनवरी २००४ का दिन प्रकाशन गरिएको थियो। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई म्युजिक नेपालको आधिकारिक युट्युब खातामा २२ अप्रिल २०१२ मा सार्वजनिक गरिएको थियो भने यसले असोज २०७६ सम्ममा २७ लाख भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यमा अनुदान र उषा खड्गीलाई प्रमुख भूमिकामा देख्न सकिन्छ जसको सुरुवाती दृश्यमा सुतिरहेको खाटबाट एउटी महिला उठ्छिन् र उक्त कोठाको पर्दा उघार्छिन् जसको आवाज सुनेर एक पुरुष पनि निन्द्राबाट बिउँझिन्छन्। दूरभाषलाई स्पर्श गरेपछि उनी हातमा चुरा लगाउन थाल्छन्। उनले एकछिन आङ तन्काउँछिन् र उनी जना खोज्दा उनले उनको हात च्याप्प समाउँछन् र गीतको बोलको सुरुवात हुन्छ। उनले म जान्छु भन्दै त्यहाँबाट जान्छिन् र एउटा कपमा चिनी हाल्दै चिया पनि हाल्छिन्। उनी मुस्कुराउँछिन् र अर्को स्थानको दृश्यमा प्रमुख पुरुष पात्र गीतको बोल अनुसार ओठ समक्रमण गर्दै उनको हात समाउँदै त्यहाँबाट दुबैजना जान्छन् र गीतमा पहिलो पटक धुनको आगमन हुन्छ। उनले परालको भुष आफू माथि खन्याउँदै रमाउन थान्छिन् र उनले हात हल्लाउँदै तेसो नगर्न आग्रह गर्छन् र उनले उनलाई भुष छ्याप्दै एकछिनको लुकामारी सुरु हुन्छ। उनले उनलाई यताउती खोज्छिन् र फेला नपारेपछि उनी एक ठाउँमा गई बस्छिन् र एकछिन पछि उनी परालको थुप्रैबाट बाहिर आउँछन् र दुबैजना हाँस्न थाल्छन्।

त्यसपछिको दृश्यमा उनी गीतको बोल अनुसार ओठ समक्रमण गर्दै प्रस्तुति प्रस्तुत गर्छन् जसको पृष्ठभूमिमा एउटा सूर्यमुखीको फूल चलिरहेको हुन्छ र उनी दृश्यमा पछाडि फर्किँद‌ै देखा पर्छिन्। सोही स्थानको दृश्यमा उनीहरू एकपछि अर्को गर्द‌ेै देखा पर्न थाल्छन् र उक्त पृष्ठभूमिमा चलिरहेको सूर्यमुखीको फूल उनको कानमा गई सिउरिन पुग्छ। दृश्य अन्तै मोडिन्छ जसमा उनी गीतका साथ प्रस्तुति जारी राख्छन् र शब्द अनुसार उनी पनि पछाडि फर्किन्छिन्। उनीहरू पुनः एकपछि अर्को गर्द‌ै दृश्यमा क्रमशः रूपमा देखा पर्द‌ै जान्छन्। त्यसपछिको दृश्यमा उनी पानी परिरहेको हुन्छ जसमा उनी एउटा घरको बाहिर कापीमा केही लेख्दै बस्छिन्। उनी त्यस ठाउँबाट उढ्दै गुनगुनाउँदै बलेसीमा झरिरहेको पानीलाई स्पर्श गर्न थाल्छिन् , उनी हर्सित देखिन्छिन्। झ्यालको बाहिर उनी (पुरुष) आउँछन् र भित्र रहेकी उनलाई हेर्दै ओठ समक्रमण जारी राख्छन्। उनले उनको काम प्रति ध्यान दिएर हेर्छिन्। भित्तामा टाँसिएको उनको तस्वीर हेर्द‌ै उनी उनको बयान गर्न थाल्छन् र उनी दूरभाषमा कोहीसँग कुरा गर्दै हाँस्न थाल्छिन्। पुरुष उनी भएको ठाउँमा आउँछन् र उनलाई हेर्दै बयान गर्न जारी राख्छन्। उनले गरेको एक एक कामको अवलोकन गर्दै उनी उनको गुणगान गाउँन थाल्छन्।

श्रव्य दृश्यको अन्त्य तर्फ, उनी उनको नजिकै गइ उनको हात समाउँछन्। दृश्यमा उनी कपको चियामा चिनी घोल्छिन् र उनी पनि त्यही आइपुग्छन् र उनलाई अवलोकन गर्दै खल्तीमा हात हाल्छन् र उनले बनाइरहेको चिया पिउँछन् र सोही दृश्यका साथ यसको आधिकारिक श्रव्य दृश्यको अन्त्य हुन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कहिले तिम्रो पछ्यौरिमा", अमेजन सङ्गीत, अन्तिम पहुँच २३ असोज २०७६ 
  2. "कहिले तिम्रो पछ्यौरिमा - बहुचर्चित गीत", युट्युब, २२ अप्रिल २०१२, अन्तिम पहुँच २३ असोज २०७६ 
  3. "गीतको श्रव्य दृश्य", जेन युट्युब, अन्तिम पहुँच २३ असोज २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]