सामग्रीमा जानुहोस्

कामना विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कामना विष्ट
कामना विष्टको एक तस्बिर
व्यक्तिगत जानकारी
जन्म नामकामना
पुरा नामकामना विष्ट
Nickname(s)नेपालकी भलिबल क्विन
राष्ट्रियतानेपाली
जन्मवि.स. २०५६ साल पुस १७ गते
खलङ्गा, जाजरकोट जिल्ला
उचाइ५.८ फिट
तौल५८ केजी
खेल
राष्ट्रनेपाल
खेलभलिबल
क्लबनेपाल पुलिस क्लब
टोलीनेपाल पुलिस क्लब

कामना विष्ट एक नेपाली महिला भलिबल खेलाडी हुन्। उनको जन्म वि.स. २०५६ साल पुस १७ गते भएको थियो[]। कामना विष्ट हाल नेपाल पुलिस क्लबबाट क्लब स्तरीय भलिबल प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछिन्।

नेपाल भलिबल संघले पहिलो पटक भलिबल विकासमा योगदान पुर्याउने खेलाडी र प्रशिक्षकलाई सम्मानका लागि आयोजना गरेको एनभीए वर्ष पुरस्कार २०७४ अन्तर्गत उनले उदयीमान महिला खेलाडीको पुरस्कार जितेकी थिइन्[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

कामना बिष्टको जन्म २०५६ साल पुस १७ गते जाजरकोट जिल्लाको खलङ्गामा भएको थियो। कामनाको बुबाको नाम हरिहर बिष्ट र आमाको नाम लक्ष्मी बिष्ट हो। हाल कामना भलिबल खेलाडी भए पनि पहिले खासमा एथ्लेटिक्सकी खेलाडी थिईन्[]

कामना बिष्ट विभागीय टिम नेपाल पुलिस क्लबकी भरपर्दो खेलाडी हुन्, भने नेपाली भलिबलको भविष्य समेत हुन्[]सातौँ राष्ट्रिय खेलकुद २०७३ उनले सहभागीता जनाएको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता थियो। उनले मध्यपश्चिमबाट खेलेकी थिईन्। उनले यसै राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनीकै कारण नेपाल पुलिस क्लबमा आबद्ध हुन सफल भएकि थिइन्।

नेपाल पुलिस क्लब

[सम्पादन गर्नुहोस्]
  • ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता
    • विजेता(१):२०७५

सम्मान तथा पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
  • ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता २०७५ उत्कृष्ट खेलाडी
  • एनभिए उदयीमान महिला खेलाडी:२०७४[],

सन्दर्भ सामाग्रीहरु

[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू

[सम्पादन गर्नुहोस्]