सामग्रीमा जानुहोस्

कामिला काबेयो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कामिला काबेइयो
Camila Cabello
सन् २०१९ को अमेरिकी सङ्गीत पुरस्कारमा काबेइयो
जन्मकार्ला कामिला काबेओ एस्त्राबाओ
(1997-03-03) ३ मार्च १९९७ (उमेर २९)
हबाना देल एस्ते, क्युबा[]
वासस्थानक्यालिफोर्निया, अमेरिका[]
नागरिकताक्युबाली (सन् १९९७–हाल)
अमेरिकी (सन् २००८–हाल)
पेशा
  • गायिका
  • गीतकार
  • अभिनेत्री
कार्यकालसन् २०१२–वर्तमान
गृहनगरमियामी, फ्लोरिडा, अमेरिका
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
  • स्वर
लेबल
सहयोगी
वेबसाइटcamilacabello.com

कार्ला कामिला काबेयो एस्त्राबाओ (/kəˈmlə kəˈb/; स्पेनी: [kaˈmila kaˈβeʎo]; जन्म: ३ मार्च १९९७) एक क्युबा-अमेरिकी गायिका तथा गीतकार हुन्।[] उनी अमेरिकी युवती साङ्गीतिक समूह फिप्थ हार्मोनिको सदस्यको रूपमा पनि रहेकी थिइन्। उनी सन् २०१२ मा, अमेरिकी संस्करणको द एक्स फ्याक्टर युएसएमा उक्त साङ्गीतिक समूहको सदस्यको रूपमा चर्चिच भएकी थिइन्। समूह उक्त गायन प्रतियोगिताको तेस्रो स्थानमा आएसँगै लोकप्रिय बन्न पुगेको थियो भने उक्त प्रतियोगिता लगत्तै समूहले संयुक्त रेकर्ड सम्झौतामा साइको साङ्गीत र एपिक रेकर्ड्ससँग हस्ताक्षर गरेको थियो। फिप्थ हार्मोनीमा सदस्यको रूपमा रहेकी उनले क्यानडेली गायक शन मिन्डेजसँग "आई नो ह्वाट यु डिड लास्ट समर" र अमेरिकी गायक मेसिन गन केलीसँग "ब्याड थिङ्ग्स" लगायतका गीत जारी गर्दै आफू एकल गायिकाको रूपमा उभ्याएकी थिइन्।.[][] मेसिन गन केलीसँग संयुक्त रूपमा प्रस्तुत गरेको गीत पछि अमेरिकी बिलबोर्ड हट १००को चौथो स्थानमा आएको थियो। सन् २०१६ को मध्य तिर, फिप्थ हार्मोनीबाट छुट्टिँदै उनले द फेट अफ फ्युरियसको गीतमा पिटबुल र जे बाल्भिनसँग सहकार्य गर्दै "हे मा" जारी गरिएको थियो र उनले लगत्तै आफ्नो पहिलो एकल गीत "क्राइङ इन द क्लब" जारी गरेकी थिइन्।[]

कामिलाको प्रदापण गिती सङ्गालो, कामिला (सन् २०१८) बिलबोर्ड २०० को शीर्ष स्थानमा पुगेको थियो। तालिन सङ्गीतको प्रभाव परेको उक्त पप गिती सङ्गालोले समीक्षकहरूद्वारा राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो भने यसलाई अमेरिकी रेकर्ड उद्योग सङ्घले प्लाटिनम प्रमाणपत्र प्रदान गरेको थियो। गिती सङ्गालोको नेतृत्व गीत "हभाना" बेलायत, अमेरिकी र अन्य थुप्रै मुलुकमा शीर्ष स्थानमा रहेको थियो।[] सोही गिती सङ्गालोमा समावेश अर्को गीत "नेभर बि द सेम" विभिन्न देशहरूमा शीर्ष १० मा देखा परेको थियो। काबेयोले सन् २०१९ मा, शन मिन्डेससँग "सेनोरिता" एकल कलाकारको रूपमा उनको बिलबोर्ड हट १०० मा पर्न सफल दोस्रो गीत थियो भने उक्त गीत विभिन्न युरोपेली मुलुकहरूमा पनि शीर्ष स्थानमा रहेको थियो। उनको दोस्रो गिती सङ्गालो रोमान्स (सन् २०१९) बिलबोर्ड २०० चार्टमा तेस्रो स्थानमा देखा परेको थियो भने उनको यो प्रस्तुति क्यानडामा शीर्ष स्थानमा रहेको थियो। उनले सन् २०२१ मा प्रदर्शन गरिने चलचित्र सिन्द्रेलामा अभिनय गर्ने तय गरिएको छ।[][]

कामिलाको गीत विभिन्न सङ्गीत प्रवाह सेवाहरूमा अर्बौँ पटक बजिसकेको छ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक उद्योग सङ्घले सन् २०१८ मा, कामिलाको गीत सर्वाधिक बिक्री भएको भनेर जानकारी प्रस्तुत गरेको थियो। कामिलाले हालसम्म विभिन्न पुरस्कारहरू प्राप्त गर्नका साथसाथै मनोनयनमा पनि परेकी छिन् जसमा २ पटक तालिन ग्रामी पुरस्कार, ५ पटक अमेरिकी सङ्गीत पुरस्कार र १ पटक बिलबोर्ड सङ्गीत पुरस्कार समावेश छ। उनले ग्रामी पुरस्कारका लागि तीन पटक मनोनयन प्राप्त गरेकी छिन्।

सन्दर्भ सामाग्रीहरू

[सम्पादन]
  1. (६ मार्च २०१८), 21 geeky facts about Camila Cabello, अन्तिम पहुँच ६ डिसेम्बर २०१९।
  2. म्याक्लेन, जेम्स, (२०१९-०५-१३), Camila Cabello Spends Millions on Sunset Strip House, अन्तिम पहुँच २०१९-१०-१६, (अङ्ग्रेजी भाषामा)।
  3. Camila Cabello, Infoplease, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७।
  4. (१८ डिसेम्बर २०१६), Polémica pop: Camila Cabello se fue de Fifth Harmony, La Nación, अन्तिम पहुँच १८ अगस्ट २०१७।
  5. Lucia, Hernández, (१९ डिसेम्बर २०१६), Camila Cabello sale de Fifth Harmony, पुब्लिमेत्रो, अन्तिम पहुँच १८ अगस्ट २०१७।
  6. 1 2 HOT 100, बिलबोर्ड, अन्तिम पहुँच १६ अक्टोबर २०१७, (स्पेनी भाषामा)।
  7. (२ अक्टोबर १०१७), ARIA Australian Top 50 Singles, अस्ट्रेलियाली रेकर्डिङ उद्योग सङ्घ, अन्तिम पहुँच १३ नोभेम्बर २०१७।
  8. Certificación Havana, bpi, अन्तिम पहुँच १७ अक्टोबर २०१७, (स्पेनी भाषामा)।

बाह्य कडीहरू

[सम्पादन]