मेसिन गन केलि (र्‍यापर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेसिन गन केलि
२०१७ मा केलि
व्यक्तिगत विवरण
वास्तविक नामरिचर्ड कल्सन बाकर
जन्म (1990-04-22) अप्रिल २२, १९९० (उमेर ३३)
ह्युस्टन, टेक्सस, अमेरिका
उत्पत्तिक्लेभल्यण्ड,ओहायो, अमेरिका
विधाहिप हप
पेशा
  • र्‍यापर
  • अभिनेता
  • रेकर्ड निर्माता
वाद्ययन्त्र
सक्रिय वर्ष२००६–हालसम्म [१]
लेबल
सहयोगी
वेबसाइटmachinegunkelly.com

रिचर्ड कल्सन बेकर ( जन्म अप्रिल २२, २९८८), व्यवसायीक रूपमा मिसिन गन केलिले प्रख्यात (एमजीके को रूप मा संक्षिप्त), एक अमेरिकी र्‍यापर, गायक तथा अभिनेता हुन्। एमजीकेले सन् २००६ मा एक मिक्सटेप सार्वजनिक गरेका थिए र त्यसपछि उनले चार छुट्टाछुट्टै मिक्सटेपहरू सार्वजनिक गरेका थिए।

एमजीकेले त्यसपछि सन् २०११ मा ब्याड ब्वाइ र इन्टरस्केप रेकर्डससँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। उक्त रेकर्डसहरूसँग आवद्ध भएपछि उनले सन् २०१२ लेस अप नामक एक एल्बम सार्वजनिक गरेका थिए जसले सङ्गीत आलोचकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो। यस एल्बममा "वाइल्ड ब्वाइ", "इन्भेन्सिबल", "स्टेरियो" र "होल्ड अन (सट अप)" नामक गीतहरू समावेश गरिएका थिए। एमजीकेको यस पहिलो एल्बम बिलबोर्ड २०० एल्बम चार्टको ४अौँ स्थानमा आउन सफल भएको थियो र यसले १७८,००० प्रतिलिपीहरू पनि बिक्री गराउन सफल भएको थियो। सन् २०१५ को सुरुवातमा एमजीकेले आफ्नो दोस्रो स्टुडियो एल्बम जेनेरल एड्मिसन का लागि "टिल आई डाई" र "अ लिटल मोर" नामक दुई एकल सङ्गीहरू सार्वजनिक गरेका थिए जुन सन् २०१५ अक्टोबर सार्वजनिक भएको थियो। उक्त एल्बमका गीतहरू र्‍याप रक, आर र बी वरियतामा पर्छन्। उनको तेस्रो स्टुडियो एल्बम १२ मे २०१६ मा सार्वजनिक भएको थियो जसमा कमिला कबेओसँगको "ब्याड थिङ्ग्स" नामक गीत पनि समावेश गरिएको छ जुन बिलबोर्ड हट १०० चार्टमा शीर्ष ४अौँ स्थानमा आउन सफल भएको थियो।

एमजीके एक सफल अभिनेता पनि हुन् र उनी चलचित्र क्षेत्रमा सन् २०१४ मा प्रवेश गरेका थिए। त्यसपछि उनले धेरै चलचित्रहरूमा अभिनय गरेका छन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

कार्यकाल[सम्पादन गर्नुहोस्]

व्यतिगत जीवन[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "मेसिन गन केलि", कम्प्लेक्स, जुन १४, २०१२, अन्तिम पहुँच अगस्ट २५, २०१३ 

बाह्य कडिहरु[सम्पादन गर्नुहोस्]