सन मेन्डेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन मेन्डेज
सन् २०१९ को अमेरिकी सङ्गीत पुरस्कारमा मेन्डेज
जन्मसन पिटर राउल मेन्डेज
(1998-08-08) ८ अगस्ट १९९८ (उमेर २५)
ओन्टारियो, क्यानडा
पेशा
  • गायक
  • गीतकार
  • रेकर्ड निर्माता
कार्यकालसन् २०१३–हाल
साङ्गीतिक जीवन
विधा
  • पप
  • लोक-पप
  • पप रक
वाद्ययन्त्र
  • स्वर
  • गितार
  • पियानो
लेबल
सहयोगी
वेबसाइटshawnmendesofficial.com

सन पिटर राउल मेन्डेज (जन्म: ८ अगस्ट १९९८) एक क्यानडेली गायक तथा गीतकार हुन्। उनले सन् २०१३ मा, भिडिओ साझेदारी सेवा भाइन मार्फत गीतको कभर संस्करण सार्वजनिक गर्दै चर्चामा आएका थिए।[३] अर्को वर्ष, उनले कलाकार व्यवस्थापक एन्ड्र्यू गर्टलर र आइसल्यान्ड रेकर्डको ध्यानाकर्षण गर्न सफल भएका थिए, जसले गर्दा उनले रेकर्ड लेबलसँग सम्झौतामा हस्ताक्षर गरेका थिए। उसले त्यसबेलादेखि तीन गिती सङ्ग्रह जारी गरिसकेका छन् भने उनले तीन विश्व यात्रा पनि तय गरिसकेका छन्। उनले हालसम्म धेरै पुरस्कार तथा मनोनयनहरू समेत प्राप्त गरेका छन्।[४]

मेन्डेजले आफ्नै नामको पहिलो विस्तारित गिती सङ्गालो सन् २०१४ मा सार्वजनिक गरेका थिए। उनको पहिलो स्टुडियो गिती सङ्ग्रह ह्यान्डरिटन (अनुवादित शीर्षक: हस्तलेखन) ( सन् २०१५) मा, सार्वजनिक गरेका थिए जसमा समावेश गीत "स्टिचेस" संयुक्त अधिराज्यमा शीर्ष स्थानमा र संयुक्त राज्य अमेरिका र क्यानडामा शीर्ष १० मा पुगेको थियो। त्यसपछि उसले आफ्नो दोस्रो स्टुडियो गिती सङ्ग्रह इल्युमिनेट (सन् २०१६) मा सार्वजनिक गरेका थिए जसम समावेश गीत "ट्रिट यु बेटर " र "दियर्स नोथिङ होल्डिङ मि ब्याक" धेरै देशहरूमा शीर्ष १० पुगेको थियो। उनको आफ्नै नामको तेस्रो गिती सङ्ग्रह सन् २०१८ मा, सार्वजनिक गरिएको थियो जहाँ यसलाई यसको चर्चित गीत "इन माई ब्लड"ले समर्थन गरेको थियो। सबै तीन गिती सङ्ग्रहहरू अमेरिकाको बिलबोर्ड २०० मा शीर्ष स्थानमा पुग्न सफल भएको थियो। पाँच कलाकारहरूले १८ वर्ष भन्दा कम उमेरमा यो सफलता हात पार्न सफल भएका थिए जसमा सन मेन्डेज पनि समावेश थिए र सार्वजनिक गरिएका सबै तीन गिती सङ्ग्रहहरू शीर्ष स्थानमा पुग्ने उनी तेस्रो सबैभन्दा कम उमेरका कलाकार पनि हुन्। सन् २०१७ मा, मेन्डेजले २० वर्ष भन्दा कम उमेरमै बिलबोर्ड वयस्क समकालीन तालिकामा तीनवटा सार्वजनिक प्रस्तुति शीर्ष स्थानमा उतार्ने पहिलो कलाकार समेत हुन्। सन् २०१८ मा, उनी २० वर्षको उमेर भन्दा पहिले नै वयस्क पप सङ्गीत तालिकामा सार्वजनिक गरिएका गीतहरू मध्ये ४ वटा गीत शीर्ष स्थान प्राप्त गर्ने पहिलो कलाकार बनेका थिए। सन् २०१८ मा, उनले चर्चित एकल गीत " यफ आइ कान्ट ह्याभ यु" र " सेन्योरिता " जारी गरेका थिए जुन पछि बिलबोर्ड हट १००मा शीर्ष स्थानमा आएको थियो।

उनका पुरस्कारहरू मध्ये, मेन्डेजले १३ सोकान पुरस्कार, १० एमटिभी युरोप सङ्गीत पुरस्कार , आठ जुनो पुरस्कार , आठ आइ हर्ट रेडियो पुरस्कार, दुई अमेरिकी सङ्गीत पुरस्कार , र तीन ग्रामी लगायतका पुरस्कारमा नामाङ्कन प्राप्त गरेका थिए। सन् २०१८ मा, टाइमले मेन्डेजलाई आफ्नो वार्षिक सूचीमा विश्वको १०० प्रभावशाली व्यक्तिहरू मध्ये एकको रूपमा नाम दिएको थियो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

मेन्डेजको जन्म ओन्टारियोको पिकरिङ सहरमा भएको थियो।[५] बुबाको नाम मानुएल मेन्डेज हो भने उनको आमाको नाम करेन हो। उनका बुबा पुर्तुगाली मुलका हुन् जो आल्गार्भेका मुल निवासी थिए।[६] जबकि उनको आमा इङ्ल्यान्डकी हुन्। उनको कान्छी बहिनीको नाम आलिया हो। उनी धार्मिक परिवारमा हुर्किएका थिए।[७]

मेन्डेज पिकरिङ्मा हुर्किएका थिए जहाँ उनले पाइन रिज माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए। विद्यालयमा रहँदा, उनको आइस हक्की र फुटबल खेलमा रूचि रहेको थियो।[८]उनी पछि, उच्च विद्यालयमा उनी एक साङ्गीतिक दलमा सम्मिलित भएका थिए। उनले अभिनय पाठहरू अन्तर्गत मञ्चमा आफ्नो उपस्थिति बढाउन थालेका थिए भने उनले एक बिन्दुमा प्रिन्स चार्मिङको रूपमा पनि प्रदर्शन गरेका थिए।[९] उनी टोरोन्टोमा डिज्नी च्यानलको लागि परिक्षण प्रस्तुतिमा समावेश भएका थिए। मेन्डेनले जुन २०१६ मा, उच्च विद्यालयबाट स्नातक हासिल गरेका थिए।[१०]

जीवनवृत्ति[सम्पादन गर्नुहोस्]

सन् २०१३—२०१५: ह्यान्डरिटन[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा, मेन्डेज

मेन्डेजले सन् २०१२ मा १४ वर्षको उमेरमा युट्युबमा कार्य गर्न सिकाउने भिडिओहरू हेरेर गितार बजाउन सिकेका थिए।[११] एक वर्ष भन्दा कम अवधिमै उनले युट्युबमा गितार बजाएको भिडिओहरू सार्वजनिक गरेका थिए जसमा उनले गीतको कभर संस्करणहरू यसमा हाल्ने गरेका थिए। मेन्डेजले भाइन मार्फत जस्टिन बिबरको गीत "एज लङ एज यु लभ मी" सार्वजनिक गरेका थिए जस मार्फत उनले दर्शकहरूको ध्यानाकर्षण गर्न सफल भएका थिए।[१२] यस दृश्यलाई उक्त अनुप्रयोगमा १० हजार भन्दा बढीले मनपराएका थिए भने यस मार्फत उजले थुप्रै समर्थकहरू हासिल गर्न सफल भएका थिए। त्यस पछि उसले केहि महिनामा लाखौँ अवलोकन र अनुयायीहरू प्राप्त गरेका थिए र उनी कभर गीतहरू सार्वजनिक गर्नेहरूकम माझ लोकप्रिय बन्न पुगेका थिए।[१३] मेन्डेजले क्यानडेली गायक जस्टिन बिबरलाई आफ्नो गुरुको रूपमा लिएका थिए।[१४] अगस्त २०१४ सम्म, उनी भाइनमा तेस्रो सर्वाधिक अनुसरण गरिएका सङ्गीतकार बन्न पुगेका थिए। कलाकार प्रबन्धक एन्ड्र्यू गर्टलरले नोभेम्बर २०१३ मा मेन्डेजलाई अनलाइन भेट्टाएका थिए जसले उनलाई जनवरी २०१४ मा आइसल्यान्ड रेकर्ड्ससँग हस्ताक्षर गराएका थिए।[१५] अप्रिलमा उनले रायन सिक्रेस्टको "उत्कृष्ट कभर गीत प्रतियोगिता"मा अ ग्रेट बिग वर्ल्डको "से सम्थिङ" नामक गीतको साथ प्रतियोगिता जितेका थिए। उनले मे २०१४ मा, आधिकारिक रूपमा आइसल्यान्ड रेकर्ड्ससँग हस्ताक्षर गरेका थिए।[१६]

उनले २६ जुन २०१४ मा आफ्नो पहिलो गीत "लाइफ अफ पार्टी" सार्वजनिक गरेका थिए। २६ जुन २०१४ मा, अमेरिकाको बिलबोर्ड हट १००को शीर्ष २५ मा प्रदापण गर्ने उनी सबैभन्दा कान्छो कलाकार बन्न पुगेका थिए भने उनले जारी गरेको गीत १२ जुलाई २०१४ मा, तालिकाको २४औँ स्थानमा आएको थियो।[१७] उनले जुलाईमा आफ्नो पहिलो प्रमुख विस्तृत गिती सङ्ग्रह जारी गरेका थिए। यो बिलबोर्ड २०० मा पाँचौँ स्थानमा पुगेको थियो जहाँ यसले पहिलो हप्तामै ४८,००० प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो। सङ्गीतमा वेबस्टारका लागि उनले सन् २०१४ मा उनले एउटा टिन च्वाइस पुरस्कार जितेका थिए।[१८] ५ सेप्टेम्बर २०१४ मा, "ओ सेसिलिया (ब्रेकिङ माई हर्ट) मा "मेन्डेजलाई प्रस्तुत गर्दै साङ्गीतिक समूह "द भेम्प्स"को पहिलो गिती सङ्ग्रह, मिट द भ्याम्प्सबाट यसलाई पाँचौँ गीतको रूपमा सार्वजनिक गरिएको थियो। ६ नोभेम्बर २०१३ मा, " सम्थिङ बिग " दोस्रो गीतको रूपमा सार्वजनिक गरिएको थियो।[१९]

१४ अप्रिल २०१५ मा, मेन्डेजले आफ्नो पूर्ण-लम्बाइ सहितको गिती सङ्ग्रह ह्यान्डरिटन सार्वजनिक गरेका थिए जुन बिलबोर्ड २००को शीर्ष स्थानमा पुगेको थियो भने यसले पहिलो हप्तामै १०६,००० प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।[२०] यसलाई पछि, प्लेटिनम प्रमाणित गरिएको थियो।[२१] जस्टिन बिबरको माइ वर्ल्ड २.० जारी भएपछि मेन्डेन शीर्ष स्थान हात पार्ने कान्छो कलाकार बनेका थिए। उक्त गिती सङ्ग्रहमा समावेश तेस्रो गीत "स्टिचेस" अमेरिकाको बिलबोर्ड हट १०० मा चौथो नम्बरमा पुगेको थियो जुन गीत अमेरिकामा उनको पहिलो शीर्ष १० गीतहरू मध्ये एक थियो।[२२] वयस्क पप गीतहरूकम माझ यसले शीर्ष स्थान ओगट्न सफल भएको थियो भने यसले पछि वयस्क समकालीन सङ्गीत तालिकामा पनि शीर्ष स्थान कायम गर्दै बेलायतमा पनि यसलाई कायम गरेको थियो।[२३] साथै सन् २०१५ मा, मेन्डेजले टेलर स्विफ्टको १९८९ विश्व भ्रमणको बेलामा, "बिलिभ" नामक गीत जारी गरेका थिए जुन गीत डिज्नी च्यानलको मूल चलचित्र डिसेन्डेन्ट्सका लागि रहेको थियो।[२४] सन् २०१५ को अन्तमा, मेन्डेजले त्यस समयमा समूह हिप्थ हार्मोनीको सदस्यको रूपमा रहेकी क्युबाली गायिका कमिला कबेयोकको सहकार्यमा "आइ नो ह्वाट यु डिड लास्ट समर" (अनुवादित शीर्षक:"मलाई थाहा छ तिमीले अन्तिम गर्मीमा के गर्‍यौ") जारी गरेका थिए। गीतलाई मेन्डेजको ह्यान्डरिटनको पुनर्प्रकाशितमा समावेश गरिएको थियो।[२५][२६]

बिलबोर्ड हट १००को इतिहास मै सबैभन्दा कम उमेरमा तालिकाको शीर्ष २५ म गीत पुगेको हुनाले, मेन्डेजलाई टाइम पत्रिकाले सन् २०१४ को "२५ सबैभन्दा प्रभावशाली किशोर"हरूको सूचीमा नामकरण गरेको थियो।[२७] सार्वजनिक गरिएको गिती सङ्ग्रह बिलबोर्ड २०० को शीर्ष स्थानमा पुग्नु र उनको गीत "स्टिचेस"ले विभिन्न देशहरूमा शीर्ष स्थान हासिल गरेका हुनाले, उनलाई टाइमले पुन: सन् २०१५ को "सबैभन्दा प्रभावशाली ३० किशोरहरू"को सूचीमा पनि सूचीबद्ध गरेको थियो।[२८]

सन् २०१६—२०१७: इलुमिनेट[सम्पादन गर्नुहोस्]

२१ जनवरी २०१६ मा, मेन्डेजले अभिनयमा प्रदमपण गरेका थिए गरेका थिए। उनले पछि दोस्रो विश्व भ्रमणको घोषणा गरेका थिए जुन मार्च २०१६ मा सुरु भएको थियो। विश्व भ्रमणको रूपमा उनको ३८ साङ्गीतिक कार्यक्रमहरू उत्तर अमेरिका र युरोपमा प्रदर्शन हुने भनेर केही मिनेटमै तय गरिएको थियो।

मेन्डेजले आफ्नो दोस्रो गिती सङ्ग्रहमा समावेश गीत, "ट्रिट यु बेटर"फाई जुन २०१६ मा, सार्वजनिक गरेका थिए। गीत अमेरिकाको बिलबोर्ड हट १०० तालिकाको शीर्ष १० मा, पुगेको थियो भने यस गीत वयस्क समकालीन र वयस्क पप गीतको तालिकामा भने शीर्ष स्थानमा पुगेको थियो जसलाई पछि, तेब्बर प्लेटिनम प्रमाणित गरिएको थियो। गीत बेलायतमा शीर्ष १० मा पुगेको थियो। गिती सङ्ग्रह इलुमिनेट २३ सेप्टेम्बर २०१६ मा, सार्वजनिक गरिएको थियो जुन बिलबोर्ड २००मा शीर्ष स्थानमा आएको थियो। यसका १,२१,००० प्रतिलिपीहरू बिक्री भएका थिए भने यसलाई पछि, प्लेटिनम प्रमाणित गरिएको थियो। यसले क्यानडेली साङ्गीतिक तालिकाको शीर्ष स्थानमा कदम राखेको थियो जुन उनको गृह देशमा शीर्ष स्थानमा पुग्ने यो उनको दोस्रो गिती सङ्ग्रह हो। "मर्सी" नामक गीत १८ अगस्त २०१६ मा, सार्वजनिक गरिएको थियो जुन अमेरिका, बेलायतमा शीर्ष २० मा, प्रविष्ट भएको थियो र यसले पछि, दोब्बर प्लेटिनक प्रमाणपत्र प्राप्त गरेको थियो। डिसेम्बर २०१६ मा, मेन्डेजले मेडिसन स्क्वायर गार्डेनमा प्रत्यक्ष रूपमा प्रदर्शन गरेका थिए। ३ डिसेम्बर २०१६ मा, उनी सटर्डे नाइट लाइभान साङ्गीतिक अतिथिको रूपमा देखा परेका थिए।

अप्रिल २०१७ मा, मेन्डेजले आफ्नो इल्युमिनेट विश्व भ्रमणमा काम सुरु गरेका थिए, जसले लस एन्जलसको स्टेपल्स सेन्टर र लन्डनको द ओ २ एरिना जस्ता रङ्गमञ्चहरूमा प्रभाव पार्न सफल भएको थियो। २० अप्रिल २०१७ मा, उनले आफ्नो इल्युमिनेटको विस्तृत संस्करणमा समावेश भएको गीत "दियर्ज नथिङ होल्डिङ मि ब्याक" जारी गरेका थिए। अमेरिकामा शीर्ष १० मा पुग्ने यो उनको तेस्रो गीत थियो। दुबै वयस्क समकालीन र वयस्क पप गीतहरूको तालिकामा शीर्ष स्थानमा पुग्ने यो उनले तेस्रो गीत पनि हो। अगस्त २०१७ मा, बिलबोर्ड वयस्क पप सङ्गीत तालिकामा शीर्ष स्थानमा पुग्ने तीन गीतहरू सार्वजनिक गर्ने उनी २० वर्ष भन्दा कम उमेरको पहिलो कलाकार भएका थिए भने नोभेम्बर २०१७ मा, बिलबोर्ड समकालीन पप सङ्गीत तालिकामा शीर्ष स्थानमा पुग्ने तीन गीतहरू सार्वजनिक गर्ने उनी २० वर्ष भन्दा कम उमेरको पहिलो कलाकार समेत हुन्।

मेन्डेज टाइम पत्रिकाको ३० सबैभन्दा प्रभावशाली किशोरहरूको सूचीमा पनि परिसकेका छन् भने उनी सन् २०१६ मा, फोर्ब्सको ३० वर्ष भन्दा कम उमेरको प्रभावशाली व्यक्तिहरूको सूचीमा समेत देखा परेका छन्। उनको गीत "दियर्ज नथिङ होल्डिङ मि ब्याक" बिलबोर्ड १०० को २०औँ स्थानमा आएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. रूबिन, रेबेक्का; हाल्पेरिन, सिर्ले (१५ अगस्ट २०१७), "Shawn Mendes' 'There's Nothing Holdin' Me Back' Hits No. 1 on Top 40", भेराइटी, अन्तिम पहुँच ३१ मार्च २०१९ 
  2. https://www.billboard.com/articles/business/7767524/universal-music-canada-relocating-rock-star-building-toronto
  3. "Bravo: Shawn Mendes"। सङ्ग्रह मिति २०१९-०२-१६ 
  4. "En intervju med Shawn Mendes - Popmuzik", popmuzik.se, २०१६-११-२३। 
  5. "Shawn Mendes: o rapaz do momento", noticiasmagazine.pt, अक्टोबर २३, २०१५, अन्तिम पहुँच फेब्रुअरी २, २०१६ 
  6. "Who Is Shawn Mendes's Sister Aaliyah Mendes and Is She Famous?", सेभेन्टिन, जुन २१, २०१९, अन्तिम पहुँच जुलाई २४, २०१९ 
  7. मारिन, ब्रुक (८ मे २०१८), Shawn Mendes Opens Up Before His First Met Gala About His Friend Hailey Baldwin, Being a Romantic at Heart, and His New Music, अन्तिम पहुँच ६ नोभेम्बर २०१८ 
  8. "Shawn Mendes: How a six-second video launched the next Justin Bieber", टेलिग्राफ, जनवरी १६, २०१५, अन्तिम पहुँच जनवरी २७, २०१५ 
  9. "Shawn Mendes Was Nearly A Disney Kid", आई हर्ट रेडियो (क्यानडा), जुलाई १०, २०१७, अन्तिम पहुँच नोभेम्बर ९, २०१८ 
  10. "Shawn Mendes Finally Graduated High School Yesterday", टिन भोग, जुन २९, २०१६, अन्तिम पहुँच अक्टोबर १८, २०१८ 
  11. "Shawn Mendes: 5 Things You Need To Know About The Vine Star Turned Chart-Topping Singer (PHOTOS)", Headlines & Global News, अक्टोबर २१, २०१५, अन्तिम पहुँच २०१५-११-१४ 
  12. "How Shawn Mendes Is Turning Vine Fame into A Music Career", बिलबोर्ड, जुलाई १८, २०१४, अन्तिम पहुँच जुलाई १८, २०१४ 
  13. "Shawn Mendes, 15-Year-Old Vine Celebrity, Makes Record-Breaking Debut on Billboard Hot 100", इडोलेटर, जुलाई २, २०१४, अन्तिम पहुँच जुलाई १३, २०१४ 
  14. "Girls go gaga for Vine video boys at Itasca meet and greet DailyHerald.com", डेली हेरल्ड, मार्च ३, २०१४। 
  15. "Viners' meet and greet fosters teen idol frenzy Boys encounter stardom as popular producers of Twitter app's 6-second videos", सिकागो ट्रिब्युन, फेब्रुअरी २१, २०१४। 
  16. "'Secret' is out: Austin Mahone announces album, tour", युएसए टुडे, अप्रिल ४, २०१४। 
  17. क्लाउफिल्ड, केइथ (अप्रिल १५, २०१५), "Shawn Mendes Album on Course for No. 1 Debut on Billboard 200 Chart", Billboard, अन्तिम पहुँच अक्टोबर २, २०१५ 
  18. Brown, Harley (जुन ४, २०१४), "Vine Superstar Shawn Mendes Signed to Island Records (Exclusive)", बिलबोर्ड 
  19. "The Vamps Release Remix of 'Oh Cecilia (Breaking My Heart)' Feat. Shawn Mendes [LISTEN]", पपक्रस। 
  20. "The 30 Most Influential Teens of 2015", टाइम, अक्टोबर २७, २०१५, अन्तिम पहुँच नोभेम्बर १६, २०१५ 
  21. "The 25 Most Influential Teens of 2014", टाइम कर्मचारी (टाइम), अक्टोबर १३, २०१४, अन्तिम पहुँच नोभेम्बर १६, २०१५ 
  22. "The Vamps Release Remix of 'Oh Cecilia (Breaking My Heart)' Feat. Shawn Mendes [LISTEN]", पपक्रस। 
  23. "Shawn Mendes & Camila Cabello Announce 'I Know What You Did Last Summer' Duet: Hear a Preview", बिलबोर्ड, अन्तिम पहुँच २०१५-११-१४ 
  24. "Shawn Mendes' New Single 'Something Big' Is Actually Something Huge", एमटिभी। 
  25. क्लाउफिल्ड, केइथ (अप्रिल २२, २०१५), "Shawn Mendes' 'Handwritten' Debuts at No. 1 on Billboard 200 Chart", बिलबोर्ड, अन्तिम पहुँच अगस्ट ३१, २०१५ 
  26. "You searched for shawn mendes — RIAA", रिया, अन्तिम पहुँच २२ अगस्ट २०१७ 
  27. ट्रस्ट, ग्यारी (नोभेम्बर १५, २०१५), "Shawn Mendes Is the First Artist to Land Four No. 1s on the Adult Pop Songs Chart Before Age 20", बिलबोर्ड), अन्तिम पहुँच २३ सेप्टेम्बर २०१८ 
  28. ट्रस्ट, ग्यारी, "Shawn Mendes Is First Artist in AC Chart's History to Notch Three No. 1s Before Age 20", बिलबोर्ड, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:सन मेन्डेज